नेपाली विश्व साईकलयात्री आईपुगे पेरिस
हाम्रा विश्व साईकल यात्री पुष्कर शाह ११७ देशको भ्रमण गरेर अहिले पेरिस आइपुगेका छन। उनी अहिले नेपाली तथा बिदेशी साथीभाई र जिज्ञासुहरु भेट्दै छन। विश्व प्रसिद्द आईफल टावर हेरेर आनन्दपनि लिए अस्ति उनले। हिजो नेपालीहरुसँग केहि बेर भलिबल मुक्क्याएछन। उनलाई नआउनेपनि केहि रहेनछ फेरि। भलीबल खेल्छन। फुटबल उडाउँछन। दोहोरी त झन मजाले बत्ताउँछन रे भन्ने पढिएको हो। केहो तपाई त खुब खेल्नु हुन्छ रे नी दोहोरी भनेको त उनले “आ गाउँमा हुर्केको मान्छे अली अली त गाईहालिन्छ नी” पो भने।
आज फ्रान्सको एन आर एन यूवा समितीले उनलाई स्वागत कार्यक्रम राखेको छ साभ दिमालय भन्ने नेपाली रेस्टुरेन्टमा। आज यहाँ उनले आफ्ना यात्राकालमा देखे भोगेका अनुभवहरु नेपाली दालभात गोदेर सुनाउने छन। उनसँग हामी अस्ति आईफल टावर घुम्न गएका थियौ। सँगै हुँदा थुप्रै विषयमा गफगाफ गरियो। उनीसँग जहिले जतिखेर जुन कुरा गर्दापनि थुप्रै चाखलाग्दा प्रसंगहरु सुन्न पाइने रहेछ। ति प्रसंगहरुका बारेमा विस्तारै नेपाल प्लसमा पाठकहरुसित साझेदारी गरिनेनै छ। अझ उनले त आफ्नो यात्राकालको दैनिकी नेपाल प्लसकालागि नियैत पठाउने छु समेत भनेका छन। आजको कार्यक्रममा उनका अनुभवहरु भोलीको ब्लगमा राखिने छ।





