स्विजरल्याण्डको फिल्म सूटिङ गर्ने प्रसिद्द ठाउँ यस्तो पो रैछ

thumb_IMG_0231_1024 copy

“स्विजरल्याण्डमा एउटा ठाउँ छ जहाँ असाध्यै धेरै फिल्म सुटिङ हुन्छ । त्यो त हेर्नै पर्छ ।” साथीहरुले धेरै पटक सुनाएका थिए । कोहि भन्थे ‘भारतीय कलाकारहरुले स्विजरल्याण्डमा फिल्म सुटिङ गरेर भुट्छन् दर्शकलाई ।’ यो पटक मित्रहरु शिव रिजाल र राज शर्माले त्यो क्षेत्र हेर्ने मेसो मिलाए । स्विजरल्याण्डको इन्टरलाकन रहेछ त्यस्तो प्रसिद्द ठाउँ । यहाँ अति धेरै फिल्म सुटिङ हुने रहेछ ।

thumb_IMG_0195_1024 copy

स्विजरल्याण्डको इन्टरलाकन कताकता जोमसोम, मुक्तिनाथ पुगेजस्तो । चारैतिर अग्ला पहाड । चुचुरामा चुस्स चुस्स हिमका धब्बा । कतै सेताम्मे चुचुरा । कहिले ईलामतिर गए जस्तो । हरिया डाँडा । ति डाँडाहरु हरियो छर्दै हिम चुचुराका कम्मरकम्मरसम्म पुगे जस्ता । सौन्दर्य भर्न सिपालु स्विसहरुले ति डाँडाडाँडै पर्यटक हिँड्न सहज गोरेटा बनाइदिएका । सतहमा अनेक थरी फूल फूलाईदिएका । कचौरामापनि थरीथरीका फूलहरु मुस्कुराएको देख्न पाइने । घरका बार्दलीपनि फूलका साना बगैंचा जस्तो लाग्ने । सडकका दुबै छेउमा हरिया रुख, तिनका पैतालामा राता, पहेंला, हरिया, गुलावी, कलेजी रङका अनेक थरी फूलहरु । प्रक्रितिलेनै दुलही जसरि सिँगारिदिएको इन्टरलाकनलाई स्विसहरुले फूल, रुख र अनेक थरी कला हालिदिएर अझ सुन्दर दुलही झैं सिँगारिदिएका रहेछन् ।

thumb_IMG_0215_1024 copy

स्विसहरु आफ्नो सम्पन्नता बुझ्छन् । प्रक्रितिले सित्तिमा दिएको बरदानलाई उच्च महत्व दिन्छन् । बिदेशीका फिरन्ते आँखाले के खोज्छ ? पर्यटकहरुको भ्रमणको तिर्खा के हो ? स्विसहरु यो जान्न चलाख छन् । त्यसैले यिनले आफ्नो शहरका सडक र पेटीलाई खाना पस्केर खाउँखाउँ जस्तो बनाएका छन्, सफा । अनेक डाँडा र पहाडलाई विकासको नथ्थी लगाएर ति नथ्थीहरुमा रेल दगुर्ने, बस कुद्ने र केवलकार हल्लिने पारेका छन् । साहसीहरुकालागि प्यारासुटमा चरा झैं उडेर यो शहर नियाल्न पाउने सुविधा दिएका छन् । डराउने, थैली कमजोर भएकाकालागि केवलकार तयार छ जसले पहाडको टुप्पोमा लगेर पारी पट्टीको हिमालसित आम्नेसाम्ने बनाइदिन्छ । त्यसपछि जति हेरेपनि भयो ति हिमाल । जति चाखेपनि भयो उचाईबाट मुन्तिरको गाउँ, द्रिष्य ।

thumb_IMG_0249_1024 copy

विश्वप्रसिद्द अनेक सुविधा भएका होटेल यहिँ छन् । भट्टीहरु यतै पाइन्छन् । स्विसहरु कति बाठा छन् अरुको मन तान्न भने जाडोका बेला हिउँले जब यि पहाडहरु सेताम्मे बन्छन् तब हिम चिप्लेटीको आकर्षण देखाएर पर्यटक सोहोर्छन् । जब ति हिमहरु बिस्तारै पग्लिन थाल्छन् तब स्विसहरु फेरि गर्मी यामको योजना देखाइहाल्छन् । सेताम्मे हिमालमा हिम चिप्लेटी खेलेको, हिउँमा पल्टेको, हेलिकोप्टरबाट नियालेको र केबरकारबाट चिप्लेको द्रिष्य हट्न नपाउँदै स्विसहरु गर्मी यामका बेला रंगी बिरंगी फूलले शहर ढाकेको देखाइहाल्छन् । फूलैफूलको बिचमा बसेर सुस्ताएको, खाना खाएको देखाउन थाल्छन् । हरिया डाँडाहरु पैदलले नापेर चुचुरोमा पुग्नु र त्यहाँबाट बस्ति नियाल्नु कति सुन्दर हुन्छ, आनन्द लाग्छ भनेर स्विसहरुले पर्यटकका मन लोभ्याउने योजना ल्याइहाल्छन् ।

thumb_IMG_0240_1024 copy

विश्वप्रसिद्द अनेक सुविधा भएका होटेल यहिँ छन् । भट्टीहरु यतै पाइन्छन् । स्विसहरु कति बाठा छन् अरुको मन तान्न भने जाडोका बेला हिउँले जब यि पहाडहरु सेताम्मे बन्छन् तब हिम चिप्लेटीको आकर्षण देखाएर पर्यटक सोहोर्छन् । जब ति हिमहरु बिस्तारै पग्लिन थाल्छन् तब स्विसहरुको मनपनि पग्लिन्छ हिमका लप्का सँगै, कसरि गर्मी याममा पर्यटक तान्ने ? फेरि गर्मी यामको योजना देखाइहाल्छन् । सेताम्मे हिमालमा हिम चिप्लेटी खेलेको, हिउँमा पल्टेको, हेलिकोप्टरबाट नियालेको र केबरकारबाट चिप्लेको द्रिष्य हट्न नपाउँदै स्विसहरु गर्मी यामका बेला रंगी बिरंगी फूलले शहर ढाकेको देखाइहाल्छन् । फूलैफूलको बिचमा बसेर सुस्ताएको, खाना खाएको देखाउन थाल्छन् । हरिया डाँडाहरु पैदलले नापेर चुचुरोमा पुग्नु र त्यहाँबाट बस्ति नियाल्नु कति सुन्दर हुन्छ, आनन्द लाग्छ भनेर स्विसहरुले पर्यटकका मन लोभ्याउने योजना ल्याइहाल्छन् ।

thumb_IMG_0013_1024 2 copy

स्विसहरु धनी छन् । सम्पन्न छन् । मुलुक सानो छ । तर बिचारमा उच्च पनि छन् । सम्पन्न भएर मनकारीपनि छन् । विश्वका गरिब मुलुक बनाउन स्विस सरकारले गरेको सहयोग स्तुत्य त छँदै छ यहि मुलुकमा उसले कम सम्पन्नहरुकालागि दिएको सुविधापनि प्रशंसनिय छ । इन्टरलाकन धनी मुलुकको धनी क्षेत्र हो । तर यहाँ कम पैसा हुने नागरिकपनि घुम्न, रमाउन जान सक्छ । स्विसहरुले आर्थिक थैली दुप्लो हुनेलाई बसको ब्यवस्था मिलाइदिएका छन् । ति बसका भाडा सस्ता छन् । प्रान्तले रेल राखिदिएको छ । त्योपनि स्विजरल्याण्ड छिरिसकेकालागि उति महँगो छैन । केहि रकम तिरेर विशेष सुविधायुक्त परिच्यपत्र बनाए आधा खर्चमा ति बस र रेल, केबलकार चढ्न पाइन्छ । पर्यटकिय स्थल कसरि बनाउने, विकास गर्ने भन्ने यो क्षेत्र धेरैकालागि सिक्नयोग्य थलो बन्न सक्छ ।

पर्यटककालागि आवश्यक वस्तु र सुविधा दिन ठूलो क्षेत्र हुनुपर्छ भन्ने भ्रम हो । यो सानो गाउँ जस्तो छ । सबै अटाएको छ । यहाँ युरोपका अन्य मुलुकमा पाइने कुनै चिज नभएको भन्ने समुद्र मात्रै हो । बाँकी सबै छ । हिमालबाट रिसाउँदै, हल्ला गर्दै झरेका झरनापनि यहिँ छन् । ति झरनाबाट झरेको मूल जति सफा छ त्यसको पानी नदीसम्म पुग्दापनि उस्तै सफा छ । ति खोलाका किनारैकिनार स्विसले हजारौं गाडी दगुर्ने आधुनिक सडक बनाएका छन् । तर त्यो पानी उस्तै कञ्चन छ ।

जाडोमा हिउँसित मिल्ने अनेक खेल, द्रिष्य । चढ्न सकिने साना पहाड । छानी छानी लिन सकिने सुविधा । गर्मीमा फुल्दै गरेका दाह्री जस्ता चुस्स चुस्स हिम चुचुरा । हरियो डाँडो । फूलै फूलका वगैंचा । सुविधा सम्पन्न सानो क्षेत्र । हिमालको कञ्चन पानीसित सामिप्यता गाँस्न सकिने सुगम क्षेत्र । फूलका बगैंचा । यति भएपछि कसको मन लोभिन्न ? भारतीयहरुलाई झन किन नलोभ्याओस ? यहाँ भारतीय कलाकारको मेला जस्तो लाग्ने रहेछ फिल्म सुटिङका लागि । भारतीय फिल्ममा यो क्षेत्र देखेकाले असाध्यै धेरै भारतीय पर्यटक आउने रहेछन् इन्टरलाकन हेर्न । शिव रिजाल, राज शर्मा र म त्यहाँ पुग्दापनि भारतीयहरुको भिड थियो । यो ठाउँमा विश्वका अन्य मुलुकबाटपनि फिल्म सुटिङकालागि आउने रहेछन् ।

तपाइँको प्रतिक्रिया