स्विजरल्याण्डको पहाडी बस्तिमा नेपाल साँझ
हिजो स्विजल्याण्डको पहाडी बस्ति भिलार बुक्याँमा नेपाली साँझ मनाए, थुप्रै स्विस नागरिकहरु भेला भएर । तिनवटा गाउँको साझा सामूदायिक भवनलाई झकिझकाउ बनाएर उनीहरुले नेपाली साँझ मनाए । अचम्म के लाग्यो भने स्विसहरुले यस्तो कार्यक्रम बनाउँदा आआफ्नै घरबाट थरी थरीका परिकार, भिन्न ब्यक्तिले भिन्न परिकार लिएर आउने रहेछन् । अनि कम खर्च गरेर सामाजिक कामकालागि जोगाउने रहेछन् । आफ्ना घर घरबाट सबैले भिन्न भिन्न परिकार पकाएर ल्याउने । कार्यक्रम आयोजना गर्ने । प्रवेश शुल्क हरेकके तिर्ने । आफैंले तयार पारेको परिकार सबैले पैसा तिरेर खाने र त्यो रकम जोगाएर सामाजिक काम गर्नेलाई सहयोगस्वरुप दिने । यो गाउँका स्विसहरुले त्यसै गरे ।
साँझ थियो कार्यक्रम । तर उनीहरु बिहानदेखि सामूहिक भवनमा भेला भएर हल सजाउन थाले । हललाई झकिझकाउ गराए । साँझ गाउँ भरिका सहयोगी हात, मनकारीहरु भेला भए ।
जन्मै देखि अपांगता भएका १० वर्षिय आन्त्वान बोदमेयरलाई नेपालको हिमालमा लैजाने योजना सार्वजणिक गरेका हामीलाई सहयोगका लागि यो कार्यक्रम आयोजना गरिएको थियो । उनी सँगै नेपालमा अपांगता भएका पत्रकार गजेन्द्र बुढाथोकीलाईपनि हामीले सँगै हिमाल लैजाने योजना बनाएका छौं । ति ब्यक्तिका पिडा, अनुभव र भोगाई मात्रै होइन कि तिनका परिवार र आफन्तजनले भोगेका अनुभवको कथापनि बाँकी संसारलाई देखाउने, सुनाउने योजना हो । अपांगता भएका अबय्क्तिकापनि सपन अपुरा हुन्छन्, नसोचेका अनुभब हुन्छन्, तिनले बाँकी संसारलाई उदाहरणिय काम देखाउन सक्छन् भनेर देखाउन सक्छन् भन्ने हाम्रो उद्देश्य हो । दुखका भोगाई फरक फरक हुन्छन् भन्नेपनि हो ।
सामाजिक काम गर्नु स्विसहरुको संस्क्रिति हो । आपांगता भएको दश वर्षको वालकले नेपाल पुगेर हिमालका चुचुराहरुलाई नाप्न खोज्नु आफैंमा अपत्यारिलो हो । साहशिलो आँट हो । त्यसमा फरक भाषा, संस्क्रिति, र परिवेशका अर्का आपंगता भएका गजेन्द्र बुढाथोकीलाईपनि मिसाएर लैजानु विशेष योजना, अपत्यारिलो त्यसैले आन्त्वानको त्यो साहसलाई साथ दिन यो कार्यक्रममा धेरै स्विसहरुले साथ दिए ।
जसले जे सक्यो त्यहि दियो । युवायुवतीले हाँस्य ब्यंग्य डेखाएर मुर्छा पर्नेगरि हँसाए । कसैले खाना ओसारे । कसैले हलको सफाई गरे । थोरै नेपाली संगित र न्रित्य हेर्ने र सुन्ने गरे । अन्नपूर्ण हिमालको ब्याख्या सुने । त्यताको जिवनशैली हेरे तस्विरमा । आन्त्वानले ताकेको, हिमालय पर्वत श्रीङ्खला हेर्दै ‘बाफ रे आन्त्वान त्यहाँ पुग्छ, ति हिमालको अघिल्तिर पुगेर उसले धेरैलाई बहादुर हो यो भन्ने सन्देश दिन्छ, अरुलाई उर्जा दिन्छ’ भन्दै खुशि भए ।
कोहि सहभागिहरु बटुल्नतिर लागे । यो कार्यक्रमलाई सफल पार्न सबैतिरबाट लागे । निकै टाढाबाट आए । नेपाल र नेपालीको माया, आकर्षण र सद्भाव देखेरपनि जर्मनी, फ्रान्सतिरका आफन्त र मित्रहरु आए । अक्टोबरमा हुन लागेको हाम्रो योजना, गन्तब्य, अपांगता भएका पात्रहरुलाई हिमाल लगेर देखाउने अपत्यारिलो, नसोचिएको योजनामा साथ दिए ।






