स्विजरल्याण्डका तुलिप देख्दा फ्रान्सका हिमाल मुसुक्क

7

विश्वभरि चर्चा हुन्छ नेदरल्याण्डको तुलिप फूलवारीको । त्यो बिछट्टैको छ । अति धेरै क्षेत्रमा फैलिएको छ । त्यहाँको फूल विश्वका धेरै मुलुकमा पुग्छ । विश्वका धेरै देशका मानिस त्यहाँको फूलवारी हेर्न पुग्छन् । तर सानै भएपनि यस्ता तुलिप फूलवारी अन्य देशमापनि छन् । तुलिप फूलको आकर्षण युरोपेलीमा गज्जबको छ । कमै चर्चा हुने गरेपनि तुलिप फूलवारी स्विजरल्याण्डको मर्ज शहरमापनि छ । आकर्षक छ । यहाँका तुलिप फूल देखेर फ्रान्सका हिमाल हाँस्छन् । फ्रान्सका हिमाल हेर्दै यता स्विजरल्याण्डका फूलहरु  मुस्कुराउँछन् ।

8

8

2

3

जेनेभा शहरबाट एक घण्टाको रेल यात्रा गरेपछि फुत्तै पुगिन्छ यो मर्ज शहर । लेमेन लेक भनिने ताल (धेरैले जेनेभा लेक भनेरपनि चिन्छन्) को किनार । जेनेभा ताल लमतन्न तन्केर पहाडका छेउछेवै सलल बग्छ । कन्चन छ पानी । यति कन्चन की पानी धेरै सफा भएर त्यहाँका माछा मरेछन् । पानीमा ढुंगा, माटो, बालुवा, गेगर, लेउ, झारपात, बिरुवा सबै हुनुपर्छ । तर यो तालको पानीमा ति सबै मिश्रणहरुको कमी भएछ । माछालाई रमाउन, खेल्न चाहिने तत्वहरुको कमी भएकाले माछा मरेछन्, हराएछन् । लेमेन लेकको छेवैमा रेस्टुरेन्ट चलाएर बसेका एक भलाद्मीले यस्तो सुनाउँदा त छक्कै परियो ।

1

लेमेन लेकको किनारैमा बनाएका छन् यो तुलिप फूलवारी । यसो गर्दा ताल हेर्नेको मनपनि तानिन्छ । यो तालको पारीपट्टी फ्रान्सका हिमालहरु सेताम्मे ठडिएका छन् । तिनको द्रिष्य कहिले तालको पानीमा तैरिन्छ । कहिले चुचुरो परेर परपरसम्म देखाइदिन्छन् आफ्नो अनुहार । यताबाट राता, पहेंला, सेता, निला, गुलावी, चमेली अनेक रङका तुलिपहरु लेमेन तालको डँडाल्नो नाघेर पारीका हिमालसित मुस्कुराउँछन् । उताबाट फ्रान्सका सेता हिमालहरुले त्यहि तालको शरिर नाघेर यताका फूल हेर्दै मुसुमुसु हाँस्छन् । यो प्राक्रितिक द्रिष्य हेरेर मानिसहरु बहकिन्छन्, लहसिन्छन् । असाध्यै मनमोहक छ यहाँको द्रिष्य । हरिया डाँडा, सेताम्मे हिमाल, निलो कन्चन पानीको ताल र अनेक रङका तुलिप फूलहरुको बिचित्रको यो संगम  अन्यत्र कति होला ?

4

स्विस सरकार बाठो छ । कमाउन सिपालु छ । भिसा कार्ड बोकेर हिँड्नेका पैसा कसरि फुत्काउन सकिन्छ । गोजीमा बिदेशी पैसो बोकेर घुम्न आउनेलाई लोभ्याएर कसरि तिनको गोजीको पैसो थुत्न सकिन्छ ? यसको ज्ञान छ स्विस सरकारलाई । त्यसैले यस्तो द्रिष्य हेर्न आउनेलाई ब्यवस्थित चर्पी, पार्कमै मासु पोलेर खान पाइने ब्यवस्थित चुला । गाडी पार्किङ गर्ने थलो । हरर पानी परे ओत लाग्ने घर । सबैको ब्यवस्था गरिदिएको छ । तुलिप फूलवारी र हिमाल एक अर्कातिर फर्किफर्की मुस्कुराएको हेर्दै तालको किनारमा बसेर मिठा परिकारको स्वाद लिन पाइन्छ । गर्मी चरक्क भए चिसो आइसक्रिम यहि द्रिष्य हेर्दै चाट्न पाइन्छ ।

6

तपाइँको प्रतिक्रिया