भब्य भयो फ्रान्सको लियों शहरमा नेपाली कार्यक्रम
फ्रान्सको लियों शहरमा आयोजना भएको नेपाली कार्यक्रमले धेरै फ्रान्सेलीलाई मोहित पारेको छ । नेपाली बाँसुरी, झु र् रा, मादल, गित, न्रित्य र नेपालमा भूकम्प जाँदाको अवस्था र एक वर्ष पछिको अवस्थाबारे गरिएको प्रस्तुतिले फ्रान्सेलीहरुलाई मोहित पारेको थियो । माओवादी द्वन्द कालमा पश्चिम नेपालको बाजुरामा नेपाली सेनाले माओवादी भन्ने आरोप लगाउँदै हत्या गरिएका गाउँलेका बारेमा बनाइएको मोहन मैनालीको ‘पुनेको ट्राउजर’ डकुमेन्ट्रीले केहि नेपाली र थुप्रै फ्रान्सेलीका आँखाबाट आँसु खसायो ।
बेल्जियमबाट आएर नेपाली न्रित्य प्रस्तुत गरेका वाल कलाकारहरु अदिना केसी, आचल श्रेष्ठ, प्रिया रोका, मेलिसा थापा र रस्मिता भुसालको प्रस्तुतिले दर्शकहरुलाई अचम्मित पार्यो । एन आर एन स्विजरल्याण्डका निवर्तमान अध्यक्ष धर्म गुरुङले बाँसुरीको धुनमा बजाएर मन जिते । राम परियारले मादल बजाएर धेरैलाई छक्क पारे । प्रेम भारतीले बजाएको झुर्राको आवाज धेरै फ्रान्सेलीको कानमा जमेर बसेको फ्रान्सेलीहरुलेनै बताए । निराजन श्रेष्ठले मादल, तबेला त बजाए । नेपाली गितमा नाचेर तालीपनि बेजोडको खाए । अनुराधा पौडेलले नेपाली रत्यौलीमा न्रित्य नाचेर दर्शकहरुलाई मैदानमा उतारिन् ।
नेपालमा भूकम्प गएका बेला नेपालका बिभिन्न जिल्ला घुमेर पिडितहरुलाई गरेको सहयोग र राहत बितरण गरेको ददि सापकोटाको फोटो सहितको अनुभव र प्रस्तुतिले धेरै फ्रान्सेलीहरु रमाए । उनीहरुले ठूला संस्था होइन कार्यक्षेत्रमै सिधा खटिएर सहयोग गर्ने साना संस्थाहरुमार्फत सहयोग गर्नुपर्ने महसुस गरे ।
कार्यक्रममा नेपालका ध्वजा पताकाहरुले सजाएर कार्यक्रमस्थललाई नेपालमय बनाएका थिए । नेपालमा भूकम्प गएपछि तत्कालै खिचिएका थुप्रै तस्विरहरुलाई भित्तामा सजाएर राखिएको थियो । कार्यक्रम ददि सापकोटाको सम्मानमा आयोजना गरिएको थियो ।
यो कार्यक्रमका बाँकी तस्विर र ब्रिहद रिपोर्ट र भिडियो प्रतिक्षा गर्नुहोला ।

















