घाँटीमा पेटी बाँधेर नयाँ घरमा गैंडा

4320

चितवनको गैंडा लामो यात्रा गरेर नयाँ घरमा सरेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट यो गैंडा पश्चिमको बर्दिया राष्ट्रिय निकुञ्ज सरेको हो । गैंडालाई हात्तीमा गएर लठ्याउने सुई हालेपछि बेहोस बनाएर ट्रकमा हालियो । ट्रकमा बन्द कोठा जस्तो बनाएर लगिएको गैंडालाई बर्दिया राष्ट्रिय निकुञ्जमा छोडियो । यो गैंडाको आनीबानी बुझ्न, पहिचान र निगरानी गर्न सजिलो होस भनेर घाँटीमा पेटी (रेडियो कलर) बाँधिएको छ ।

चितवनबाट आगामी दुई वर्षभित्रमा ३० वटा गैंडा बर्दिया स्थानान्तरण गरिने योजना सरकारको छ । यो कार्यक्रमलाई विश्व वन्यजन्तु कोषले सहयोग गरिरहेको छ । बिगतमा बर्दिया राष्ट्रिय निकुञजमा धेरै गैंडा थिए । पछि तिनको संरक्षण, निगरानी हुन नसक्दा, चोर शिकारीहरुले मारिदिएकाले संख्या घटेर नगण्य बनेको थियो । अब बर्दियामापनि गैंडा स्थानान्तरण गरेर तिनको संख्या ऐतिहासिक अवस्थामै पुर्‍याउने लक्ष्य सरकारको छ । चितवन्बाट बिगतमापनि केहि गैंडा अघिल्ला वर्षहरुमा बर्दिया सारिएको हो । अब सारिने ३० गैंडा मध्ये यो पहिलो हो ।

8387_1242779949072160_3246328621915903505_n

तर चितवन राष्ट्रिय निकुञज वरिपरिका खासगरि पर्यटन ब्यवशायिहरुले भने चितवनका गैंडा अन्यत्र सारिन हुन्न भन्दै अभियाननै चलाएका थिए । तर तिनको अभियानले गैंडा स्थानान्तरण गर्ने योजनालाई प्रभाव पार्न सकेन ।
फोटो – हरियाली वन कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपाल

तपाइँको प्रतिक्रिया