अझै छन् बाटो देखाउने नातिनी
आजकालका वालवालिका हजुरबा हजुर आमासित खेल्ने, काखमा बस्ने, तिनका कुरा सुन्ने गर्दैनन् । पहिलेझैं हजुरबा हजुर आमासित डुल्ने, तिनक अकुरा सुनेर सिक्ने र रमाउने चलनपनि अब घट्दै गएको छ । वालवालिकाका लागि हजुरबा र हजुर आमा अब कम्प्युटर, मोबाईल फोन, भिडियो गेम भएका छन् । कि त टिभी हेरेर बस्छन् । वालवालिका एकातिर कम्प्युटर वा मोबाईलमा झुम्म्मिएर बस्छन् । उता हजुरबा हजुर आमा एक्लै पुराना दिन सम्झेर झोक्राउँछन् ।
कठिन बन्दै गएका छन् तिनका तिन । पढौं आँखा देखिन्न । धेरैलाई पढ्नपनि आउन्न । घरमा पाकाहरु सबै कि त जागिरमा गएका हुन्छन् । या त खेतबारीको काम वा अन्य काममा । नातिनातिना आजकाल झ्याम्मिने गर्दैनन् । त्यसैले आजकालका बुढाबुढीहरुका दिन मुस्किल बन्दै गएका हुन् । तिनलाई दिन कटाउनै गाह्रो हुन्छ ।
आधुनिक वालवालिकाको लवाइ खवाई, चालढाल र सोचाईपनि बदलिएको छ । तिनले झुत्रेझाम्रे, थोत्रा लुगा लगाएका बुढा हजुरबा हजुर आमासित देखिनपनि चाहन्नन् । किनकि तिनलाई बुढाबुढीहरु पुराना, उबेलाका, खुइलिसकेका कुरा गर्छन् । तिनका कुरा चाखलाग्दा हुन्नन् भन्ने लाग्छ । त्यसैले ति परै बस्न रुचाउँछन् । तिनलाई बुढाबुढीहरुले देखे भोगेको समय, ज्ञान र अनुभव महत्वपूर्ण हुन्छ, ज्ञानबर्दक हुन्छ भन्ने लाग्दैन, सिकाउनेपनि गरिन्न ।
तर गाउँघरमा केहि अपवाद भने अझै बाँकी छ । तर चितवन सौराहाका काशिनाथ रिजाललाई आफ्नी नातिनीले आफन्तकहाँ भेटघाट गराएर घर फर्काउँदै गरेको यो तस्विरले मन छुन्छ । कम्तिमा यो तस्विरले के देखाउँछ भने गाउँघरमा जहाँ अझै भिडियो, मोबाईल फोन, टिभी र इन्टरनेटले एकछत्र रजाई गरिसकेको छैन त्यहाँका वालवालिका आफ्ना हजुरबा हजुर आमासित अझैपनि रमाईरहेका छन् । ब्रिद्दहरुले बुढेसकालमा आफ्ना नातिनातिनाको साथ, माया र सहारा पाइरहेका छन् । यो तस्विर हरि रिजालको फेसबुकबाट लिएको हो र तस्विरका दुबै उनैका आफन्त हुन् ।






