वास्तबिक समाजसेवीलाई लत्याएर चाकरी गर्न दोसल्ला, , दर्शक भन्दा स्टेजमा धेरै
नेपालीमा एउटा उखान छ ‘जसको बिहे उसैलाई अघि नले’ । ठ्याक्कै यस्तै गरि स्विजरल्याण्डमा खादा ओअढाउने र ओढ्ने कार्यक्रम शानदरले भयो । कार्यक्रम मेडियाले आफ्नै वार्षिकोत्सव मनाउन भन्दै फैलाइएको थियो । तर कार्यक्रम आयोजक को हो ? कसले चलाएको हो ? मुख्य भूमिका कसको हुनुपर्ने हो ? केहि अत्तोपत्तो भएन । खादा ओढ्नुपर्ने वा सम्मान गरिनुपर्ने बास्तविक समाजसेवीहरु सम्झिएनन् । नेपालमा भूकम्प जाँदा ज्यान दिएर चन्दा उठाउनेहरुलाई देखाइएन । तर स्पेन, बेल्जियम र यो समाजसेवामा कतै साईनोपनि नभएका अन्य देशकालाई खादा ओढाइयो । सम्मान गरियो । यतिसम्म कि छोरीले दश हजार स्विस फ्र्यांक उठाएकाले बाउ आमासमेतलाई खादा ओढाइयो । ६०, ७० हजार स्विस फ्र्यांक उठाएर सिंगो गाउँ बनाउनेको नमपनि उच्चारण गरिएन । खादाको राजनिति, पत्रकारिता पेशाको बेइज्जति कति भो कति
खादाभित्रको राजनिति र रहस्य
नेपालस्विस डतकक्स्मले छैठौं वार्षिकोत्सव मनाउन भनेर सार्वजनिक गरेको थियो । एन आर एन स्विजरल्याण्डले कार्यक्रम आयोजना गर्नुभन्दा मेडियाको नाम लिए सबैतिरबाट हाम्फाल्दै आउँछन् । मेडियाको कार्यक्रम भनेपछि पत्रकारपनि ओइरिने भए । पत्रकार ओइरिएपछि मेडियामा छाउन सजिलो भयो । हो यहि निति अपनाए एन आर एन स्विजरल्याण्डकर्ताले । तर यो निति एन् आर एन कर्ताले अपनाएको हो की स्विसनेपाल भूकम्प पिडित अभियानले अपनाएको हो खुट्ट्याउन मुस्किल देखियो । किनभने यो कार्यक्रमको हर्ताकर्ता तिनै देखिए । मेडियाको वार्षिकोत्सव भनिएपनि स्विस नेपाल भूकम्प पिडित अभियानकै संयोजकले सभापतित्व गरे । ति दुई संस्थाका ब्यक्तिहरुलेनै निर्णय गरे । उनीहरुकै हाउभाउ र सक्रियता देखियो । त्यसैले एन आर एन स्विजरल्याण्ड र स्विस नेपाल भूकम्प पिडित अभियानले मेडियालाई मोहोरा बनाएर यो कार्यक्रम आन्तरिक रुपमा उनीहरुले आयोजना गरेको देखियो ।
एन आर एन स्विजरल्याण्डले मेडियाको यो कार्यक्रम गर्न भन्दै आर्थिक सहयोग दिने प्रस्ताव बैठकमा लगेको थियो । तर केहि सदस्यहरुले चर्को बिरोध गरेपछि संस्थागत रुपमा रकम दिने निर्णय असफल भएको थियो । एन आर एन स्विजरल्याण्डलेनै यो कार्यक्रममा उपस्थित हुन आफ्ना सदस्यहरुलाई व्हिप जारी गरेको खबरपनि स्विस नेपाल डटकममा सार्वजनिक भएको थियो । तर मेडिया आफैंले भने यो कार्यक्रममा उपस्थित हुन आग्रह गर्दै पत्राचार गरेको थिएन ।
दर्शक भन्दा स्टेजमा धेरै
(लौ हेर्नुस् दर्शक)
लाजमर्दो पक्ष त के थियो भने युरोपका धेरै मुलुकबाट एन आर एन अभियानकर्ताहरुलाई निम्तो दिएपनि हलमा लाजमर्दो उपस्थिति रहेको केहि सहभागिले बताए । स्टेजमा करिब ३२ जनालाई आमन्त्रित गरिएको थियो । स्टेजको वारपार ‘वरिष्ठ’ हरु देखिएपनि हलमा भने मकैको थुप्रोमा राता मकै छुट्टिए जस्तो देखिन्थ्यो । सहभागिहरु मध्येपनि दोसल्ला ओढाएका, सम्मानित गरिएकाकै बाउ, आमा, छोराछोरी, पत्नी र पती उपस्थित हुँदा त्यति जम्मा देखिएका थिए । सिंगो एन आर एन स्विजरल्याण्ड यो कार्यक्रम सफल पार्न व्हिप जारी गर्दै कस्सिएपनि स्विजरल्याण्डका १० प्रतिशत नेपालीपनि सहभागि भएनन् । एन आर एन स्विजरल्याण्डका संस्थापक अध्यक्ष संजय मुडभरी, निवर्तमान अध्यक्ष धर्म गुरुङ र आइसिसि सदस्य शिव रिजालसमेत उपस्थित भएनन् । आफू एन आर एन स्विजरल्याण्डको निवर्तमान आइसिसि सदस्य भएपनि नेपाल स्विसले निमन्त्रणा नगरेकाले आफू उपस्थित नभएको रिजालले नेपालप्लसलाई बताए ।
दोसल्ला, खाता र सम्मानकै बेइज्जत
दोसल्ला ओधाउने कसले ? कसलाई ओढाउने ? कसले ओढ्ने ? किन दिईने ? दोसल्लाको मर्म र महत्व के हो ? यो नत लिनेले ख्याल गरे न दिनेले । भेडा बाख्रालाई धपाएर खोरमा हुले जसरि दोसल्ला बाँडियो, सम्मान गरियो । सम्मानित हुने र खादा ओढ्ने यति थिए कि दोसल्ल्ला कोकोले ओढे ? कोको रैछन् यस्तो धेरै सामाजिक काम गर्ने समाजसेवी भनेर नेपालप्लसले प्रश्न गर्दा दोसल्ला ओढ्नेकै संख्या समेत सहभागिले बताउन सकेनन् । राम्रा र असल होइन आफ्ना बनाउन छानी छानी दोसल्ल्ला ओढाइएको थियो । गायककार नवराज घिमिरे, भूकम्प पिडितलाई ३० लाख रुपियाँ भन्दाबढि उठाएर सहयोग गर्ने शुभ एल्मर लामा, स्थानिय केहि कलाकर लगायत करिब छ जना जतिलाई दिएको सम्मान उचित देखिएपनि बाँकीलाई आफ्ना बनाउन दिएका थिए । वा एन आर एन स्विस र भूकपपिडित अभियानले लगानी गरिदिएकाले उनैको निर्णयमा भएको थियो ।
छोरीले चन्दा उठाउँदा बाउ आमालाई सम्मान
भूकम्प जाँदा धेरै रोए । भोग्ने त रोएनै । देख्ने र सुन्नेपनि रोए । तर यहि मेसोमा धेरैले राजनिति गर्ने, खादा ओढ्ने, सममनित हुने र नाम कमाउने मेसोपनि मिलाए । त्यसैले कतिले उठाएको रकम गुपचुप पारे । कतिले थन्क्याएर राखे । कतिपयको यस्तोपनि देखियो, पिडितका नाममा रकम उठाउने एउटा । तर सम्मानित हुने, दोसल्ला ओढ्ने अरुनै । स्विजरल्याण्डबाट भूकम्प पिडितका नाममा सगुन भट्टलेपनि पैसा उठाईन । तर यो कार्यक्रमका दिन सगुन भट्टका बाउ आमा प्रमोद भट्ट र बिजय भट्टलाई दोसल्ला ओढाएर सम्मानित गरियो । यो देखेपछि धेरैले जिब्रो टोके “ए बाबै दोसल्ला ओढ्न नपाउन्जेल सार्वजनिक गर्दिन भन्ने सोच रैछ की के हो ? दोसल्ला ओढाएकै दिन फ्याट्टै सार्वजनिक गरियो त’ दोसल्ला ओढिसकेपछि उनले उक्त रकम स्विस नेपाल भूकम्प पिडित अभियानलाइ दिएको घोषणा गरेकि थिईन ।
पत्रकारलाई होच्याउन खोज्दा गरे जिवाले प्रतिवाद
कार्यक्रममा मेरो जिल्ला डटकमका सञ्चालक बिजय शर्मा दर्पणले तस्विर खिच्दै थिए । सबै सहभागिकै अगाडि तस्विर लिन लागेकै बेला एन आर एन स्विजरल्याण्डका आइ सिसि सदस्य बिनय श्रेष्ठले बिजयलाई ‘फेरि फोटो खिचेर गलत तरिकाले प्रयोग गर्नुहोला नी’ भनेर होच्याएका थिए । त्यसपछि एन आर एन केन्द्रका मुख्य संरक्षक जिवा लामिछानेले त्यसको कूटनितिक शैलीमा प्रतिवाद गरे । उनले आफ्नो मन्तब्यको क्रममा एन आर एनलाई यहाँसम्म ल्याउनुमा पत्रकारहरुको ठूलो भूमिका र योगदान रहेको चर्चा गर्दै पत्रकारलाई होच्याउन खोज्नेको कूटनितिक शैलीमा प्रतिवाद गरेका थिए । उनले आफू दुई चिजसित सतर्क रहने उल्लेख गर्दै भने “म इश्वर र पत्रकारसित सजक रहन्छु । आफूले गलत काम गरियो भने इश्वरले जहाँ गएपनि हेरिरहेका हुन्छन् । कतै कार्यक्रममा केहि गलत बोलियो, गलत काम गरियो भने पत्रकारले सार्वजनिक गरिदिन्छन् भनेर म सकेसम्म त्यस्तो गलत काम गर्नु नपरोस् भनेर सजक रहन्छु ।”
यिनले सम्मान लिन चाकरी गर्नुपर्ने ?
नेपालस्विस जेजसरि चलेको छ टिमकै योगदान सानोतिनो भैहाल्छ । वर्षौं देखि फोटो खिचेर योगदान गर्दै आएका थिए शुक्र श्रेष्ठले । जंघम खड्कापनि त्यसैमा लागेका थिए । तर आफ्नै कार्यक्रममा यिनको योगदानको खासै कदर गरिएन । मेडियाको कार्यक्रम भनियो तर स्विजरल्याण्डबाट चल्ने स्विस नेपाल डटकमका प्रमुख सञ्चालक निराजन श्रेष्ठलाई निम्तासम्म गरिएन । त्यति मात्रै हो र ? दश हजार स्विस फ्र्यांक उठाउने सगुन भट्टका बाउ आमासमेत दोसल्ल्ला ओढेर दंग परे । तर गोरखा र धादिङका स्कूलहरु, घरहरु पूनर्निर्माण गर्न ज्यान फालेर लागेका कमल भट्टलाई यिनले सम्झेनन् । कम भट्ट एक्लैले चालिस लाख रुपियाँ जति उठाएर गोरखा र धादिङको भूकम्पले खण्डहर बनाएका घर र स्कूल निर्माण गरेका छन् ।
उनी एक्लैले ४७ लाख रुपियाँ उठाएका थिए । त्यसपछि स्विजरल्याण्डकै भालिस निवासी धन अधिकारीसित मिलेर भट्टले थप रकम उठाए । उनले सहयोग गरेको ४७ लाख जति रुपियाँ र यि दुई मिलेर जम्माजम्मी ६६ लाख रुपियाँ उठ्यो । अहिले यिनले केहि घर र दुई वटा स्कूल निर्माण गर्दै छन् । १० लाख उठाउनेका बाउ आमासम्मलाई सम्मान गर्दा यत्रो रकम उठाउनेको नाम सम्म नलिँदा कार्यक्रम आयोजकलाई लाजसम्म त लाग्नुपर्ने हो । तर बुङ्गै हिँड्न आँट गर्नेलाई कट्टु फुत्किँदा लाजको के हेक्का ?
त्यसैगरि एन आर एन स्विजरल्याण्डको निवर्तमान समितिले बिभिन्न संघ संस्थाले दिएकोसमेत गरि करिब तिस लाख रुपियाँ भूकम्प पिडितलाई तत्कालै राहत दिएको थियो । दश लाख दिनेलाई दोसल्ला ओढाउँदा यिनले एन आर एनको निवर्तमान समितिको कामलाई उच्चारणसम्म गरेनन् ।
त्यसो त स्विस नेपाल डटकमका मुख्य सञ्चालक निराजन श्रेष्ठ भूकम्प पिडितलाइ सहयोग गर्न स्विजरल्याण्डबाट बिदा मिलाएर नेपाल गएका थिए । उनले उपत्यकाका बिभिन्न ठाउँमा बसेर भूपम्प पिडितको उद्दार र राहत बितरण गरेका थिए । उनलाई त आयोजकले कार्यक्रममा निम्तासम्म दिएनन् ।
प्रेम भारती त्यस्तै मनकारि हुन् । आफू र आफ्नी छोरीको जन्मदिनमा लाग्ने खर्चसमेत नगरि यिनले बरु थपथाप गरेर दुई लाख ६० हजार रुपियाँ निकाले । त्यो रकमले भूकम्प पिडित स्कूलमा कलम, कापी, झोला, काजाको ब्यवस्था गरिदिए । यिनको नाम त झन आयोजकले के पत्तो पाउँथे । यि ‘बबुरा’ हरु चाकरिमा नखटिएपछि ।
स्विजरल्याण्ड निवासी नस्मा श्रेष्ठको त झन के नाम लिनु ? नेवारी मसाज भनेर उनले भर्खरै जन्मिएका बच्चालाई दिने मालिस युरोपभरि फैलिएको छ । उनले नेपाल र नेवारी अनि नेपालीको नाम फैलाएकि छन् युरोपका धेरै अस्पत्तालमा । साँच्चिकै सम्मान गर्ने हो भने यिनि अग्र पंक्तिमा हुनुपर्थ्यो । तर चाकरी गरेर खादा ओढाउनेले कर्म देख्दैन । चाकरीको भाषा मात्रै बुझ्छ ।
राकेश खड्की अर्का मनकारि पात्र हुन् जसले भूकप जानासाथ हतार हतारमा रात दिन खटिएर लाखौं जम्मा गरे । त्यो रकमले पिडितका दैलैमा पुगेर सहयोग दिए । तर यिनै खड्कीको योगदानलाईपनि कुनै महत्व दिएनन् चाकरीबाजहरुले । उनका बारेमा जानकारि भएन भन्ने ठाउँपनि छैन । सबै स्विसबासी जानकार छन् र उनको सहयोगका बारेमा मेडियामा खबरपनि आएका हुन् ।
आशा शान्ति छत्कौली एक्लैबाट गोरखा लगायतका ठाउँमा साढे सात टन चामल बाँडियो । जुलाई महिनामा ६१ वटा घर निर्माण गरियो । यो तथ्य द काठमाण्दु पोष्लेटपनि पत्ता लगाएर ठूलो समाचार बनायो । तर चाकरी गर्नेले यस्तो तथ्य हेर्ने कुरै भएन । काठमाडौं पोष्कोट समाचार यहाँ क्लिक गरेर पढ्नुस । उनीहरुले ति घर गत जुलाई महिनामा वर्षाद शुरु हुनु अघिनै निर्माण गरेर पिडितको सेवा गरेका थिए ।
नेपाली एक्यबद्दता मंच स्विटजरल्याण्ड (नेसोफ स्विस) ले रसुवा जिल्लाका बिभिन्न बिद्यालयलाइ सहयोग प्रदान गरेको थियो । गत बैसाख १२ गते गएको विनासकारी भूकम्प पश्चात दयनीय बनि कार्यालय संचालनमा कठिनाइ व्यहोरिरहेका स्कुलहरुलाई उक्त सहयोग वितरण एन आर एन स्विजरल्याण्डका उपाध्यक्ष श्याम घलेको एकल नेत्रित्वमा प्रदान गरिएको हो ।
नेसोफ स्विसले स्विटजरल्याण्डबाट उठेको सहयोग रु दुइ लाख पचास हजार श्याम घले मार्फत रसुवामा पठाएको थियो । घलेले उक्त रकम बराबरको १७ वटा स्टिल दराज खरिद गरि आफ्नै उपस्थितिमा एक कार्यक्रम मार्फत ति स्कुलहरुमा वितरण गरेका थिए । तर भूकम्प पिडितको नाम लिएर स्विजरल्याण्डमा मस्ति गर्दै, ऐसको आराम बिताएर दुखिका फोटो देखाउँदै रकम उठाउनेका दिमाखले बिदा लिएर कार्यक्षेत्रमै पुगि सहयोग दिने यि जस्तालाई सम्झिएनन् ।
सरोकारै नहुनेको जिवनी देखाइयो सेवा गर्नेहरुलाइ अपमान
कार्यक्रममा आफ्ना, छानिएका, चाकरि गर्ने र गरिनेकोलागिछुट्टै ब्यवस्था थियो । एन आर एन स्पेनका आ इसिसि सदस्य एकराज गिरिको जिवनी देखाइयो । उनको नेपालकालागि स्विजरल्याण्डका नेपालीका तर्फबाट के लगानि र योगदान थियो त ? केहि थिएन । तर आफन्त र निकटताकै आधारमा, स्विस नेपाली भूकम्प पिडित अभियानका केहिको योजनामा जिवनी देखाइयो । तर एन आर एन युरोपकका तर्फबाट पहिलो पटक युरोप संयोजक बनेका कूल आचार्यको बारेमा भने चर्चा गरिएन । एन आर एन स्विजरल्याण्ड, नेपालस्विस डटकम र स्विस नेपाल भूकम्प पिडितकालागि के एकराज गिरि माथि हुन् कूल आचार्य भन्दा ?
कार्यक्रममा सबैलाई भाग पुर्याउन, खुशि पार्न र आफ्नो बनाउन दोसल्ला ओढाउनेको लागि फरक फरक ब्यक्ति चुनिएको थियो। नेपाल स्विस डटकमका प्रमुख सम्पादकलाई दोसल्ला ओढाउने काममा खटाइएको थियो । यो देखेपछि वास्तबिक रुपले कलम चलाउनेहरुले शिर झुकाए ‘आफ्नै कार्यक्रममा प्रधान सम्पादकलाई खादा ओढाउन लगाउने ?’
बिबादास्पद भनेर बाठाहरु आएनन्
एन और एनका सचिव अर्जुन श्रेष्ठ, समाजसेवी सिता सापकोटा र एन आर एन युरोपका निवर्तमान सहसंयोजक सोम सापकोटा बाठा रहेछन् । यि तिनै जना यो कार्यक्रममा उपस्थित हुन्छन् भन्ने सार्वजनिक कार्यक्रम आयोजकले गरेका थिए । तर अन्तिम चरणमा यिनले अकस्मात रद्द गरेर आएनन् । स्रोतका अनुसार यो कार्यक्रम बिवादस्पद हुन्छ भन्ने जानेपछि अन्तिम अवस्थामा यिनले रद्द गरेको यिनका निकटले नेपालप्लसलाई बताए । तर सहभागि हुन बोलाएका यि किन उपस्थित भएनन् भन्ने जानकारि कार्यक्रममा आयोजकले नदिएरै टारे ।
मेडियामय होइन एन आरएनमय रे कार्यक्रम
यो कार्यक्रम एन आर एनमय वा स्विस नेपाल भूकम्प पिडित अभियानमय थियो भन्ने कुरो नेपालप्लसले मात्रै जानेको होइन । युरोपका अन्य मेडियालेपनि जानेका, बुझेका रहेछन् । त्यसैले मेडियाको कार्यक्रम भनिएपनि नेपाली नेपाली डटकमले आर एनमय बन्दै गएको समाचार लेखेको थियो । त्यसैलेपनि यो कार्यक्रम मेडियाको भनिएपनि छद्म रुपमा एन आर एन स्विस र स्विस नेपाल भूकम्प पिडित अभियानको भनेर बुझ्न गाह्रो पर्दैन ।
(अबको समाचार – कसरि कुन कुन पत्रकारले खादा ओढे र प्रशंसाको समाचार लेखे, सम्मानित हुनुपर्नेका कथा खोजेनन् बरु दबाए । अबको अंकमा आउने छ, प्रतिक्षा गर्नुहोला)














