०१५ को अन्तिम सूर्यास्त, नयाँ वर्ष २०१६ को शुभकामना
यि तस्विरहरु सन् २०१५ मा लिएका हुन् । अर्थात् अब यि सूर्यास्त सन् २०१५ का अन्तिम हुने छन् । अब सूर्यले सन् २०१६ लाई प्रकाश छर्ने छ । तस्विर नवलपरासीको होमस्टे क्षेत्र अमलटारीमा लिएका हुन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बिलाउँदै गरेको सूर्य ।
सन् २०१५ नेपाल र नेपालीका लागि अति पिडादायक रहे । सुनकोशीले धेरै गाउँ बगायो । उठिबास धेरै मानिस। लगत्तै ठूलो भुकम्पले हजारौं मनिसको ज्यान लियो। खरबौंको क्षती भयो । त्यसको पिडा नपुरिँदै फेरि भारतीय दमनकारी, अत्याचारी शासकले आर्थिक नाकाबन्दि गरिदिएर हाम्रो जिवन कठिन बनेको छ । सरकार गतिलो बन्न सकेन । पार्टी र नेता विश्वासिला देखिएनन् । सफल बनेनन् ।
अब २०१६ मा त्यस्तो नहोस । जनता उठुन् । युवाहरु कर्मशिल र देशका लागि केहि गर्ने जागुरुक बनुन् । नेता र पार्टीहरुको बुद्दि पलाओस्। हाम्रा समस्या हामी नेपालीलेनै टार्न सक्ने बन्न सकौं । कम्तिमा त्यो दिशातिर सोच्ने बनौं । सबै दाजुभाई दिदी बहिनी, हरेक नेपालीका सुख, शान्ति र सबल बन्ने दिन तिर लम्कने मेसो, तत्परता देखियोस । नयाँ वर्ष २०१६ को सबैलाई शुभकामना ।
सबै तस्विर – ददि सापकोटा










