ग्रीसमा भेटियो “एभरेस्ट”

– जिवा लामिछाने

1934388_460821414126464_8434846000361959282_n

ग्रीसमा जताततै “एभरेस्ट” नामको फास्टफुड चेन रेस्टुरेन्ट देख्दा खुशी र आश्चर्य दुवै लाग्यो ! खुशी यस अर्थमा कि यहि फूड चेन रेस्टुरेन्टका कारण नेपालको नाम यहाँ प्राय: सबैले सुनेका रहेछन ! हामी नेपाली हौँ भन्दा अरु युरोपेली मुलुकमा झैं नेपल्स (?) भन्दै लेघ्रो तानेको यहाँ हामीले कतै देखेनौं ! आश्चर्य यस अर्थमा कि हामी सबैले सान र गौरब महशुस गर्ने यो नाम बिदेशी नागरिकले यहाँ ५० बर्ष अघि नै प्याटेन्ट गरिसकेका रहेछन ! जर्ज नाम गरेका एकजना ब्रिटिश सर्वेयर जनरलको यो थर हामीले आफ्नै पेवा मात्रै हो भन्न पनि सायद नमिल्ने होला ! ( न्युजिल्यान्डका एक नागरिकले प्याटेन्ट गरेको काठमांडू नामको सिड्नीको एउटा प्रसिद्द कपडा पसलमा केहि बर्ष अघि बिन्दिताले शपींग गरेकी थिईन )

71801_460821230793149_8125128281612015398_n

1935851_460821270793145_3954689270382031632_nसन् १९६५ मा सुरु भएको यो फास्टफुड चेन रेस्टुरेन्टका शाखाहरु ग्रीसका प्राय: सबै प्रमुख शहरहरुमा छन भन्ने सुनियो ! ठ्याक्कै संख्या यकिन गरेर भन्न नसके पनि ग्रीसभरी एभरेस्ट फास्टफुडका सयौं फ्रेंचाईज छन् भन्ने कुरा यहीं घरजम गरेर बसेका एनआरएन मित्र कृष्ण पोखरेल भन्दै थिए ! यहाँका कतिपय मानिसहरुले त म्याकडोनाल्डस् र गुड्डी फास्टफुड भन्दा पनि आफुलाई मन पर्ने एभरेस्ट फास्टफुड हो भनेको सुन्दा खुशी पनि लाग्यो ! हुन पनि हामी कफी पिउन दिउसो डाउनटाउन सिन्टाग्माको एभरेस्ट फास्टफुड रेस्टुरेन्ट पस्दा संगै जोडिएको म्याकडोनाल्ड्समा भन्दा त्यहाँ बढी मानिसको भिड देखियो ! सिट नपाएर केहि बेर कुरेरै भए पनि हामीले कफी पियौं !

10603994_460821337459805_383039544507490641_o

नाम एभरेस्ट भए पनि सगरमाथा क्षेत्रतिर खाने वा अन्य नेपाली खानासंग भने यसको कुनै साइनो छैन है ! एभरेस्ट फास्टफुड रेस्टुरेन्टमा स्याण्डविच, पिजा, सालाद, पाईज, टोस्ट, केक आदि खाना सर्व हुन्छन ! प्रसिद्द ग्रीक कफी त हुने नै भयो ! त्यसैगरी थरिथरिका जुस र अन्य अन्य पेय पदार्थ पनि रिजनेवल मुल्यमा पाइन्छ ! प्राय: सबै ठाउँमा ग्राहकहरुलाई फ्री वाईफाई सेवा उपलब्ध हुँदो रहेछ !
कतिपय एभरेस्ट फास्टफुड रेस्टुरेन्टहरु त चौबिसै घण्टा पनि खुल्दा रहेछन !

(स्रोत- जिवा लामिछानेको फेसबूक)

तपाइँको प्रतिक्रिया