शेष घले बिरुद्द केन्द्रिय पदाधिकारीहरुको हस्ताक्षर अभियान

  • बिनोद शर्मा / टोकियो, जापान

sheh-ghale

गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) का केन्द्रिय अध्यक्ष शेष घले बिरुद्द केन्द्रिय पदाधिकारीहरुलेनै हस्ताक्षर अभियान चलाएका छन् । केन्द्रिय बिधनलाईनै लत्याएर मनपरि ढंगले पदाधिकारीहरु मनोनयन गरेको भन्दै तिनले बिरोध अभियान चलाएका हुन् । यो अभियानमा केन्द्रिय तहकै बहुमत पदधिकारीहरु लागेका छन् । दोस्रो कार्यकालको लागि निर्बाचित भएर आएको एक महिने हनिमुन कार्यकाल सकिन नपाउँदै घलेले बिधाननै मिचेर मनपरि गर्न लागेपछि  पहिलो गासमै ढुंगा परेको छ।  यसले उनको अहिलेसम्मको छबीलैऐ धमिलाउने संभावना छ । उनी यहि बिधानबिपरित कामले गर्दा एन आर एनको केन्द्रिय तहमा अल्पमतमापनि पर्ने छन् ।

२३ कार्यालय पदाधिकारी रहको मध्ये १८ जनाले अध्यक्ष घलेको एकाधिकारवादी कार्यशैलीको बिरोधमा हस्ताक्षर गरेर केन्द्रमा बुझाएका छन् (पत्र अन्तिममा हेर्नुस्) ।

आइसीसीमा १५ सदस्य, प्रवक्ता तथा सल्लाहकार मनोनित गर्दा घलेले मनोनयन सम्बन्धिको विनियम –२०१३ बिपरित रहेर एकल निर्णय गरेकोमा आफूहरुले बिरोध र असहमती जनाएको महासचिब डा बद्रि के।सी ले जनाएका छन् ।

संघको विनियम अनुसार राष्ट्रिय अधिबेशनको निर्बाचनमा पराजित र अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्य वा पदाधिकारी पदमा पराजित व्यक्ति सोहि पदमा सोहि कार्यकालका लागि मनोनित हुन नसक्ने व्यवस्था छ । साथै, अन्तराष्ट्रिय समन्वय परीषद अध्यक्षले सदस्यहरुको मनोनयनलाई पारदर्शी बनाउन प्रस्तावित सदस्यको व्यक्तिगत विवरण, अनुभब, बिशेषज्ञता र परिषद्मा पुर्‍याउन सक्ने योगदानको विवरण बैठकभन्दा कम्तिमा ७ दिनपूर्व अन्तराष्ट्रिय समन्वय परिषद्मा पेश गर्नु पर्ने प्रावधान पनि रहेको छ । तर, घलेले गत साता आइसीसी कार्यसमितिमा आफ्नै श्रीमती जमुना घलेलगायत आधा दर्जन ‘हारुवा उम्मेद्वार’ लाई मनोनयन गरेका थिए ।

एनआरएन विधान र परम्पराविपरीत हरुवा पात्रहरुलाई नियुक्त गरेकोबारे एक क्षेत्रीय संयोजकले सरोकार उठाएकोमा घलेले जवाफ दिदै ‘बिधान राम्रोसंग पढ्नु, मैले जे गरे ठिक गरे’ भन्दै ठाडो प्रतिवाद जनाएको एक सहभागी सदस्यले बताए । अघिल्लो बैठकमा सहभागी महिला संयोजक सपिला राजभण्डारीले घलेले एनआरएन पदाधिकारीसँग परामर्शबिनै ‘मनोमानी निर्णय’ बाहिर ल्याएका कारणले बिरोधमा हस्ताक्षर संकलन गर्दै एकतर्फी मनोनयन रद्द गर्न र बिधानसम्मत तवरबाट मनोनयन प्रक्रिया अगाडी बढाउन सचेत गराइएको जानकारी दिइन् ।

गत नोभेम्बर १५ मा बसेको संघको अन्तराष्ट्रिय समन्वय परिषद्को विस्तारित बैठकमा परिषद्का लागि १५ जना सदस्य तथा सल्लाहकार मनोनित गर्न अध्यक्षले राखेको प्रस्ताव मनोनयनसम्बन्धी विनियम २०१३ बिपरित रहेकाले पदाधिकारीहरु बिरोध हस्ताक्षरमा एकजुट भएका हुन् । यसरी हस्ताक्षर गर्नेमा संघको अन्र्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्री के. सी., सचिव अर्जुनकुमार श्रेष्ठ, कोषाध्यक्ष हिक्मत थापा, महिला संयोजक सपिला राजभण्डारी, युवा संयोजक विजय पोखरेल, महिला उपसंयोजक रजनी प्रधान र युवा उपसंयोजक लोकराज शर्मा छन् ।

यसैगरी, अफ्रिका संयोजक सुनिल कार्की, युरोप संयोजक कुल आचार्य, एशिया प्यासिफिक संयोजक किरणबिक्रम थापा, मध्यपूर्व संयोजक डी.बी. क्षेत्री, उपसंयोजक एशिया प्यासिफिक कृष्णप्रसाद पाण्डे र उपसंयोजक मध्यपूर्व उमेश अधिकारी लगायत छन् ।

बिरोध पत्र

आदरणीय अध्यक्षज्यु,

गैरआवासीय नेपाली संघ, अन्तरास्ट्रीय समन्वय परिषद|

यही नोभेम्बर १५ तारिख आइतबार बसेको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को विस्तारित बैठकमा अन्तराष्ट्रिय समन्वय परिषद्का लागि १५ जना सदस्य तथा सल्लाहकार मनोनित गर्न अध्यक्षले राख्नुभएको प्रस्तावमा मनोनयन सम्बन्धी विनियम २०१३ बिपरित रहेकोले हाम्रो असहमति रहेको जानकारी गराउन चाहन्छौं । नियमले तोकेको परिधि भन्दा बाहिर गएर सदस्य तथा सल्लाहकार मनोनयन गर्न खोजिएकोले हामीले यसमा असहमति जनाएका हौं|

(विनियममा यस्तो मनोनयन प्रकृया र योग्यता रहेको छ|)

३.४ (रास्ट्रिय अधिबेशनको निर्बाचनमा पराजीत, अन्तरास्ट्रिय समन्वय परिषद्को सदस्य वा पदाधिकारी पदमा पराजीत व्यक्ति सोहि पदमा सोहि कार्यकालको लागी मनोनित हुन सक्ने छैन ।)

३.५ (अन्तरास्ट्रिय समन्वय परीषद अध्यक्षले मनोनयनका लागी सदस्यहरुको प्रस्ताब अन्तरास्ट्रिय समन्वय परीषद को बैठकमा प्रस्तावित गर्ने छ, मनोनयनलाई पारदर्शी बनाउन प्रस्तावित सदस्यहरुको व्यक्तिगत विवरण, अनुभब, बिशेषज्ञता र उनीहरुले अन्तरास्ट्रिय समन्वय परिषद मा पुराउन सक्ने योगदानको विवरण बैठक भन्दा कम्तिमा सात दिन पूर्व अन्तरास्ट्रिय समन्वय परिषद्मा पेश गर्नु पर्नेछ)

संघको केन्द्रीय तहमा रहेर काम गर्न सक्ने पञ्जिकृत सदस्य रहेको व्यक्तिलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्मा मनोनय गर्न पाउने व्यवस्था विनियममा छ । तर मनोनयन गर्दा प्रस्तावित सदस्यहरुको व्यक्तिगत विवरण, अनुभव, विशेषज्ञता जस्ता विषयमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बस्नुभन्दा कम्तिमा सात दिन अघि नै परिषदमा पेश गर्नुपर्ने स्पष्ट प्रावधान विनियममा छ । तर बैठकभन्दा अघि  कार्यसमितिका पदाधिकारीहरुसंग समेत छलफल नगरी अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्यहरु मनोनयन गर्न खोजियो। यो सरासर नियम विपरित छ । हामी नियम-कानुन विपरित जान सक्दैनौं ।

मनोनित हुने व्यक्ति सोही कार्यकालकालागि निर्वाचनमा भाग लिई पराजित भएको हुन नहुने प्रावधान पनि विनियममा छ । यो प्रावधानको पनि वेवास्ता गर्दै पराजित व्यक्तिलाई सोही कार्यकालका लागि मनोनित गर्न खोजिएको छ ।

गैरआवासीय नेपाली संघ एउटा सम्मानित संस्था हो । यो संस्थामा हालसम्म गरिएका प्रत्येक निर्णयहरु सर्वसम्मत तवरले पारित हुने गरेका छन् । तर यसपटक विनियमको समेत वेवास्ता गर्दै संस्थालाई स्वेच्छाचारी रुपमा सञ्चालन गर्न खोजेको हामीले महशुस गरेका छौं । यस्तो प्रक्रियाले संस्थालाई अघि बढाउनुको सट्टा अधोगतितिर लैजानेछ । अध्यक्षको काम पधाधिकारी साथीहरुलाई बिस्वासमा लिई बिधिसम्मत तवरबाट नेतृत्व प्रदान गर्नु हो ! हामी यस गलत प्रक्रियामा गम्भिर असहमति जनाउँदै गत बैठकमा गरिएको एकतर्फी मनोनयन प्रक्रिया रद्द गरि बिधिसम्मत तबरबाट मनोनयन प्रक्रिया अघि बढाउनु हुन हार्दिक अनुरोध गर्दछौं ।

भवदीय

१. कुमार पन्त, उपाध्यक्ष, अन्तरास्ट्रिय समन्वय परीषद

२. डा. बद्री के. सी. महासचिव, अन्तरास्ट्रिय समन्वय परीषद

३. अर्जुन कुमार श्रेष्ठ, सचिव, अन्तरास्ट्रिय समन्वय परीषद

४. हिक्मत थापा, कोषाध्यक्ष, अन्तरास्ट्रिय समन्वय परीषद

५. सपिला राजभण्डारी महिला संयोजक अन्तरास्ट्रिय समन्वय परीषद

६. विजय पोखरेल, युवा संयोजक अन्तरास्ट्रिय समन्वय परीषद

७. रजनी प्रधान, महिला उपसंयोजक अन्तरास्ट्रिय समन्वय परीषद

८. लोकराज शर्मा,युवा उपसंयोजक अन्तरास्ट्रिय समन्वय परीषद

९. सुनिल कार्की, संयोजक अफ्रीका

१०.कुल आचार्य, संयोजक युरोप

११.किरण बिक्रम थापा, संयोजक एशिया प्यासिफिक

१२.डी. बी. क्षेत्री, संयोजक मध्य पूर्व

१३.कृष्ण. प्र.पाण्डे, उपसंयोजक एशिया प्यासिफिक

१४.उमेश अधिकारी, उपसंयोजक, मध्य पूर्व

With best regards,

Dr. Badri K.C.

General Secretary

Non Resident Nepali Association

E mail:[email protected]

Cell:+7 926 522 7148

Cell, Nepal:+977 98511 50612

___________________________________

NRNA Secretariat

FNCCI Building
Pachali Shahid Shukra, Milan Marg, Teku
P.O.Box :269, Kathmandu, Nepal
Tel. : (977-1) 4215247, 4262255
Fax : (977-1) 4262255
Email : [email protected]
Website : www.nrn.org.np

तपाइँको प्रतिक्रिया