एन . आर .एन. ए मा शेष घलेको दादागिरी
- सुबाश पोखरेल / जेनेभा, स्विट्जरल्याण्ड
आज नोभेम्बर १५ मा एन .आर .एन. ए अन्तराष्ट्रिय समन्वय परिसदको बैठकमा केन्द्रीय अध्यक्ष शेष घलेले अत्यन्त निरङ्कुश ढंगले बिधान बिपरित र भर्खरै सम्पन्न महाधिवेशनको म्याण्डेट बिपरित चुनाब हारेका व्यक्तिहरुमध्ये कसैलाई प्रवक्ता र कसैलाई सल्लाहकारमा मनोनित गरेका छन् । संसारभरि छरिएर रहेका नेपालीहरुको शाझा संस्थालाई आफूले अंशमा पाएको सम्पती झैँ सम्झेर अति निम्न र घृणित कार्य गर्न उद्दत भएका छन् उनी । सुन्नेलाईपनि लाज लाग्नेगरि आफ्नै श्रीमतीलाई ICC सदस्यमा मनोनित गरि व्यक्तिवादी चरित्र र परिवारवादको प्रदर्शन गरेका छन् ।
चुनाब हारेकाले जिम्मेवारी पाउने हो भने अब हामीले एन . आर. एन .एको अध्यक्ष शेष घले किन मान्ने ? टि. बी कार्कीलाई अध्यक्ष किन नमान्ने ? यसको चित्तबुझ्दो जवाफ घलेले दिनैपर्ने भएको छ । संसारभरिका एन.आर. एन. ए हरुसंग पैसा उठाएर चलिरहेको संस्था व्यक्तिवादी कसरि हुन सक्छ ? जुन संस्थामा आफु आबद्द छन्, त्यै संस्थाको संस्थापक अध्यक्षलाई सम्मान नगर्ने व्यक्तिले आउने पिढीलाइ कसरि नेत्रित्व गर्न सक्छ ? जो हामी विश्वभरि छरिएर रहेका नेपाली छौं, जो यसलाई हामी हाम्रो शाझा संस्था हो भनेर गर्व गर्न सक्छौं, अब घलेले त्यसको अन्त्य गरिदिएका छन् ।
असक्षम एउटै व्यक्तिलाई पटक पटक ICC सदस्यमा मनोनित गरेर आफ्ना भन्दा बाहेक कोहि छैन भन्ने संदेश घलेले दिएका छन् । भूकम्पको बेलाज्यानको बाजी लगाएर महिनौसम्म जिल्ला जिल्लामा काम गर्ने सन्तोष भट्टराइ जस्ता व्यक्ति घलेको एन. आर. एन. ए मा अटाउन सकेनन । तर उता कुल आचार्य जस्तो द्द्वेद चरित्र भएका असक्षम व्यक्तिलाई यूरोप संयोजक बनाएर यूरोपले ठुलो मूल्य चुकाउनु परेको छ । त्यसको प्रत्यक्ष प्रभाव हाल यूरोपबाट मनोनित ICC सदस्यलाई हेरे पुग्छ । शेष घले देख्ने बित्तिकै खुट्टा कमाउने र आदेशको पालना गर्ने यी र यस्ता प्रबित्तिका व्यक्तिहरुले एन .आर. एन. ए लाई कदापी साझा संस्था हुन दिने छैनन् ।
यदि यो साझा संस्थालाई यस्तै असक्षम र व्यक्तिवादी चरित्र भएकाले यसको अस्तित्वहरण गर्छन भने अब इमान्दार एन .आर. एन .ए का सदस्यहरु चुप लागेर बस्छन भन्ने सोच्नु यिनीहरुको महाभूल हुनेछ । हामी के भन्छौं भने सक्छौ तिमीहरुको सामन्तवादी सोचलाई परीवर्तन गर । यदि त्यो सम्भब छैन भने एन .आर. एन .ए का इमान्दार सदस्यहरुको कठघरामा उभिन तयार होउ । सामाजिक संस्थामा कुनै पनि व्यक्तिको दादागिरी सह्य हुने छैन ।




