“मेरो मुख्य दायित्व खाडीका नेपालीको दुखलाई कम गराउने हुने छ” श्रेष्ठ

प्रमुख दायित्वमा राखेर खाडीमा नेपालीहरुले पाएको दुखलाई ब्यबस्थित गर्नेछु । नेपालको विकास गर्नको लागि नीति निर्माण तहमा बिशेष भूमिका निर्वाह गरेर कार्य गर्नेछु‘ –एन आर एन केन्द्रिय सचिव उम्मेदवार सुरेन्द्र श्रेष्ठ ।

गैर आवासीय नेपाली संघ अर्थात् एन आर एन ए को केन्द्रिय अधिवेसन यहि आउँदो अक्टोबरमा नेपालमा हुन् गैरहेको छ । सातौ अधिवेसनले आगामी दुइ बर्षको लागि नयाँ नेतृत्व चयन गर्दैछ । बिभिन्न देशहरुबाट उम्मेदवारी घोषणाको क्रम जारी रहेको छ । 

 यसैक्रममा बिगत १८ बर्षदेखी  बेलायत निवासी कानुन ब्यबसायी  तथा नेपाली ब्यबसायी सुरेन्द्र श्रेस्ठले आगामी दुइ बर्षको लागि सचिब पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल केन्द्रिय समितिमा रहेर कार्यरत श्रेष्ठ बिगत एक दशक अघि देखि नै एन आर ऐनमा आबद्द रहेर काम गरिरहनुभएको छ ।

भर्खरै नेपालको संबिधानमा गैर आवासीय नेपालीहरुलाई दोहोरो नागरिकता दिने ब्यबस्था लागु गर्यो । एन आर ऐनको नागरिकता टास्क फोर्स कमिटीमा श्रेष्ठले आफूले भ्याएसम्म लागि परिरहनुभयो जसको फलस्वरूप उहाँको टास्क फोर्सले अहिले सफलता हाँसिल गरेको छ । 

सिन्धुपाल्चोक चौतारा घर भएका श्रेष्ठको बिभिन्न संघ सस्थाहरुमा रहेर कार्य गरेको अनुभब छ । अरु उम्मेदवार भन्दा पाका उम्मेदवारको रुपमा चिनिनु भएको छ । आज उहासँग उहाँको उम्मेदवारीको बारेमा केहि कुरा गरेका छौ । प्रस्तुत छ कानुन तथा रेस्टुरेन्ट ब्यबसायी श्रेष्ठ संग बेल्जियमका पत्रकार सन्तोस न्यौपानेले गरेको अडियो अन्तर्वार्ता

तपाइँको प्रतिक्रिया