कुनैपनि चुनाव निष्पक्ष र निर्विवाद कहींपनि हुँदैन

  • विष्णु प्रसाद थापा / स्विजरल्याण्ड

Bishnu-thapa-bern-switzerlandप्रजातान्त्रिक मूल्य र मान्यता अनुअसार चुनावी प्रकृयाबाट चुनिएको व्यक्ति नै सर्वमान्य र सर्व स्विकारित्तो हुन्छ । हामीले पनि यसैको अनुशरण गर्यौं । तर कुनैपनि चुनाव निष्पक्ष र निर्विवाद कहींपनि हुँदैन । यो ध्रुव सत्य जस्तै छ । त्यसैले, हालै सम्पन्न गैर आवासीय राष्ट्रिय समन्वय परिषद स्वित्जरल्याण्डको २०१५ – २०१७ नयाँ कार्य समितिको चुनाबमा पनि सुझ-बुझको कारणले कहीं कतै हाम्रोपनि कमि कमजोरी भएकै होला । यसै सन्दर्भमा पत्रकार साथीहरुले मेडिया मार्फत निर्वाचन समिति तथा समितिलाई सहयोग गर्ने साथिहरुमाथि रोश प्रकट गर्नु अश्वाभाविक मान्दिन । म निर्वाचन समितिको संयोजकको हैसियतले यसको सम्पुर्ण जिम्मा लिन तयार छु । पत्रकार मित्रहरुबाट हामीमाथि गरेको टिका, टिप्पणी र प्रतिक्रियाहरुलाई आत्मसात गर्दै आउने दिनहरुमा अझ सवाल र सक्षम भै काम गर्ने प्रतिबद्दता जाहेर गर्दछु ।

मेडिया समाजको “ऐना” हो । मेडियाले जे लेख्छ र जस्तो सूचना सन्स्प्रेशण गर्छ त्यही समाजले आत्मसात गर्छ । त्यसैले समाजलाई कता लैजाने कसरि ऐक्यबद्दता गराउने भन्ने मेडियाको अहम भूमिका हुन्छ । त्यसमाथिपनि हामी यति थोरै स्विसवासी नेपालीहरु यसबाट अछुतो रहने कुरै भएन । पत्रकार मित्रहरु विदेशमा बसेर पनि तपाईंहरु रातदिन नभनी अहोरात्री खटिरहनु भएको छ । लेखिरहनु भएको छ । त्यसैले, यो समाज बाट तपाईंहरु कदरका पात्र हुनुहुन्छ ।

आज मैले उठान गर्नैपर्ने देखिएको चाहिं पत्रकार साथीहरुलाई स्वतन्त्र रुपमा लेख्न र समाजलाइ सुचित गर्न पुरा अधिकार हुँदाहुँदैपनि कहिलेकाहीँ साना तिना आग्रह -पूर्वाग्रहले गर्दा कसैको अत्यन्तै निजि व्यक्तिगत जीवनमा आँच आउने खालको “लेख ” सामग्री संप्रेशण गर्नुपूर्व एकपटक सोचेर सामाजिक संजाल तथा पत्रिकामा राख्न बिनम्र आग्रह मात्र होइन अनुरोध पनि गर्दछु । जो साथिहरुपनि समाजको लागि धेर थोर निश्वार्थ काम गरेकै जस्तो लाग्छ । “मेडिया” तपाईं हामी सबैको होस् । कुनै एक व्यक्ति वा संस्थाको मुखपत्र जस्तो नहोस । मेरो यो कुनै पत्रिकामाथि लगाएको लान्छना नभएर समग्र रुपमा एउटा सुझाव मात्र  हो ।

(एन आर एन स्विजरल्याण्डको निर्वाचन कमिटिका संयोजक हुन् थापा)

तपाइँको प्रतिक्रिया