एन आर एन बेल्जियममा अध्यक्षका तिन प्रत्यासी, को कस्तो ?
- कमल जोशी / बेल्जियम
एन आर एन बेल्जियमको निर्वाचन नजिकिदै गर्दा बेल्जियममाचर्चा बढेको च । नेत्रित्वका लगि साझा प्रयास भन्दै दिनदिनै बैठक र सहमतिको लागि प्रयास गरिरहेका छन । अहिले सम्म भएका पंजीकृत सदस्य र त्यसमा आबद्दहरुको हरुको राजनैतिक बाँडफाँड भैरहेको छ ।
प्रत्यक दुइ बर्षमा हुने निर्बाचनले बेल्जियममा साँच्चै एन आर एन रहेछ भन्ने पनि देखाएको छ । तर जब नेतृत्वले आफ्नो अधिकार जमाउँछ तब यी सबै हौवा हरु बिस्तारै हावामा बिलाएर जान्छ । जसरी सदस्यता बनाउन लागि पर्छन त्यसरी नि बिस्तारै सबै पंजीकृत स्दसय्हरु उनीहरुको मानसपटलबाट हट्दै जान्छन । यो नियम नै बनेको छ । निर्वाचनकालागि हुने दैनिक बैठक, क्रियाशीलता हुने हो भने बेल्जियमको नेपाली समाजले दिन दुइ गुना रात चौगुना कोल्टो फेर्ने निस्चित नै हुने थियो । तर यो स्वार्थको लडाई केवल हात्तीको देखाउने दाँत बाहेक केहि हुनसकेको छैन ।
आगामी अगस्त ३१ तारिखका दिनमा बेल्जियममा एन आर एनको निर्वाचन हुन्गैरहेको छ । यसकालागि अहिले बिशेष गरेर ३ जना उम्मेद्वारहरु मुख्य नेतृत्व लिनको लागि चुनावी मैदानमा देखापरेका छन । नेपाली कांग्रेसबाट गंगाधर गौतम, नेकपा एमालेबाट सरु चापागाई र नेपाली कांग्रेस निकट रहेका सिपि भट्ट । आउनुहोस यी उम्मेद्वारहरु सबल र दुर्बल पक्षबारे केहि चर्चा गरौ जसले गर्दा तपाईहरुलाई निर्वाचन भएमा मत हाल्न सहज हुनेछ ।
सरु चापागाई
सरु अर्थात् सरस्वती चापागाई नेकपा एमालेको भात्री संगठन प्रवासी नेपाली मंच बेल्जियमकी उम्मेदवार हुन् । मंचले पूर्ब सहमति अनुसार उनलाई अध्यक्ष चलाउ भनेर एन आर एन मा उठाएको छ । तर उनको क्षमता एन आर एन मा गएर सशक्त तरिकाले चलाउने खालको तहमा पुगिनसकेको बताउने धेरै छन् । उनको बोलीमा मिठास त छ । तर मिठास अनुसार कार्य गर्न भने गाह्रो पर्ने धेरैले बताएका छन । उनको सबल पक्ष भनेकै मिठो बोली हो । त्यस्तै, उनको कमजोरी या दुर्बल पक्ष भनेको उनले बेल्जियम समाजमै रहेका एक दम्पति तथा एक नेपालीलाई सार्है दुख दिएको भन्ने आरोप छ । ब्यबसायिक झगडा हुँदा उनका श्रीमानले कुनै नेपाली नारी माथि घरमै गएर हातपात गरेको खबरले उनलाई आलोचना गर्न मसला बनिरहेको छ । त्यति मात्र नभएर बेल्जियामको नागरिक भैसकेका नेपालीलाई व्यक्तिगत रिसिबिको कारण नेपालमै गएर मुद्धा मामिला गर्ने र बेल्जियम बसेर सखाप पर्ने प्रक्रियामा पनि लागेको आरोप छ । तर अर्को पक्ष शशक्त हुँदा चापागाई परिवार असफल बन्यो । आन्त्रप शहरमा एन आर एन र समाज बसेर यो कुराको टुंगो लागाएपनि संचार माध्यममा यो कुरा गुप् चुप मै राखिएको थियो । ‘जो व्यक्तिले आफ्नो परिवार सम्हाल्न सकिरहेको छैन उसले कसरि एन आर एन सम्हाल्ने ?’ भनेर उठेका प्रश्नको जवाफ उनले कसरि दिन्छिन् ? त्यो भने अझै बेल्जियमवासीले प्रतिक्षा गरिरहेका छन् ।
सिपि भट्ट
सी पी अर्थात् चेत प्रसाद भट्ट बेल्जियममा खासै चिनियाको नाम भने होइन । यिनले पछिल्लो समयमा युवाहरुको लागि बिशेष सहयोग गर्दै आएका छन् । युवा पंक्तिलाई अगाडी बढाउनुपर्छ भन्ने यिनको मान्यता हो । उनीहरुलाई आर्थिक सहयोग देखि हरेक हौसला प्रदान गर्दै आएका छन । अलि स्वतन्त्र विचार धारका देखिएपनि भट्ट कांग्रेस निकटका हुन् । यिनलाई साथ दिने र पछाडिबाट चलाउने भने युबराज गुरुङ लगायतको टोलि रहेको बुझाई धेरैको छ । यिनले निर्वाचन जितेको खण्डमा यिनलाई पछाडीबाट चलाउने भनेकै युबराज गुरुङको भित्रि टिम हुनेछ । आलोचना गरेपनि यि हत्तपत्त आक्रोशित भएर उत्रिँदैनन् । आलोचना गर्नेलाई निकट बनाउन खोज्ने यिनको सकारात्मक पाटोपनि छ ।
यिनको खराब पक्ष हेर्ने हो भने बिगतमा नेपालीहरुलाई पोर्चुगल लैजाने र कागज बनाइदिने भन्दै धेरैको रकम दुरुपयोग गरेको आरोप लागेको छ । कतिपयको रकम अझै सम्म नदिएको भन्ने टिकाटिप्पणीपनि हुने गरेको छ । तर उनले यसको स्पष्ठ तरिकाले कतै ब्याख्या गरेका छैनन् । बिगतमा मान्छे ओसारपसार गरेका भनेर बेल्जियममा आरोप लाग्ने गरेका यिनी अहिले पूर्णत त्यो पेस बाट अलग्गिएर समाज सेवामा निस्केका छन् । बिगतको यिनको क्रियाकलापले अहिलेको निर्वाचनमा पक्का पनि असर गर्ने देखिएको छ । तर नेपाली समाज हो, बिगतका कमजोरीहरु बर्तमानमा नहेर्नपनि सक्छन् । उठाएका सबै उम्मेदवारमाथि कुनै न कुनै आरोप लाग्ने गरेकालेपनि यहि कमजोरी मुख्य नबन्नपनि उनकालागिपनि ।
गंगाधर गौतम
नेपाली कांग्रेस यूरोपको महामन्त्री तथा जनसम्पर्क समिति बेल्जियमको अध्यक्ष भैसकेका गंगाधर गौतमलाइ बेल्जियममा नचिन्ने सायद कम छन् । गौतमलाइ संस्थागत अनुभब निकै देखिन्छ । साम, दाम, दण्ड, भेद अपनाएर कसरि बढ्नुपर्छ भन्ने प्रशस्त ज्ञान छ उनलाई । यिनको सबल पक्ष भनेकै संस्था चलाउन सक्ने खुबी भएको र खटेर लाग्न सक्ने छ । यिनको प्रमुख कमजोरी भनेकै मदिरा सेवन गरेर बादबिबाद र कुटपिटमा उत्रनु रहेको छ । पछिल्लो समयमा इप्परको मुद्दामा राजदुतसंग मिलेर धेरै नेपालीहरुलाई चिढाएका छन् । नेपाल आदिबासी जनजाती महासंग बेल्जियम त् पुरै आक्रोशित छ यिनिसित । इप्पर मुद्दामा आर्थिक हिनामिनामा गौतमको हात रहेको भन्ने चर्चापनि भित्रिरुपमा चलिरहेको छ बेल्जियममा । संचार माध्यमप्रति आफ्नो गुणागान नगाए पुरै नकारात्मक रुपमा उत्रने यिनको बिगतको छबी छ । आफ्नो संस्था हाँक्न नसक्दापनि अरुका संस्थामा गएर उपदेश दिने उनको बानी धेरैले रुचाउँदैनन् । भूकम्प पिडित र बाढी पिडितलाई राहत दिने भनेर उठाएको रकम दुरुपयोग गरेको नेपाली जनसंपर्क समितिकै सार्वजनिक सूचीले स्पष्ठ देखाउँदापनि यिनले त्यसको जवाफ दिन सकेका छैनन् । त्यसैले चन्दा उठेको रकम फेरि दुरुपयोग हुन्न यिनको नेत्रित्वमा भन्ने पत्याउन धेरै तयार देखिँदैनन् ।
कांग्रेस भित्रपनि देउवा पक्षधर मानिने यिनलाई नरुचाउने कांग्रेसमा धेरै छन् । संस्थापन पक्षकी सिता सापकोटाले अध्यक्ष पदको उम्मेदवारीबाट हात झिकेपछि गौतमप्रति असन्तुस्ट देखिने धेरैनै छन् । सकभर गौतमलाई एन आर एन बेल्जियम हाँक्न नदिनुपर्ने धेरैको आवाज देखिएपनि नतिजा के हुन्छ त्यो हेर्न बाँकी नै रहेको छ ।




