सडकमा उभिएर भूकम्प पीडितलाई सहयोग बटुल्दै माल्टाका बिद्यार्थी
- सन्तोष न्यौपाने
यूरोपियन देश माल्टामा धेरै नेपाली बिद्यार्थीहरु आउने गरेका छन । तर केहि मात्र माल्टा बसेर अरु अन्य देशमा स्थाई बसोबासको लागि जाने गरेका छन । माल्टाको मोस्टा सहरमा केहि समय अघि ४ सयको हाराहारीमा नेपाली बिद्यार्थी हरु अध्ययन गर्ने भन्दै नेपाल देखि आयका थिय । अहिले उक्त संख्या घटेर ११मा पुगेको छ । उनीहरु अहिले अध्ययनको साथसाथै काम पनि गरिरहेका छन । नेपालमा भूकम्प पिडितहरुको सहयोगार्थ उनीहरुले अहिले बाटोमा बसेर सहयोग उठाइरहेका छन ।
नेपाली झन्डा सहितको भूकम्प आय पछिका तस्बिरहरु राखेर डोनेसन बक्स बन्यार रकम उठेको माल्टाबाट प्रकाश न्यौपानेले बताउनुभयो । त्यस्तै गरेर झापा घर भएका लक्ष्मन पुरीले अहिले सम्म २२ सय यूरो उठिसकेको र एस ओं एस मार्फत नेपाल पठाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।
माल्टा यूरोपियन मुलुकको सानो र टापू भएको देश हो । माल्टाबाट अहिले नेपालमा सहयोगार्थ २० जनाको टोलि खटिरहेको छ । डोमेन एकेडेमी मोस्टा माल्टामा अहिले न्यौपाने र पुरी लगायत सुमिता पराजुली, धिरन शाक्य, मुना बोम्जन, प्रियंका लामा, मुना बोम्जन .धिरन अछामी .मनिषा मल्ल.र संजय लिम्बु मात्र रहेका छन । यही समुह बाटोमा बसेर देशकै लागि भय पनि केहि गर्न सकिन्छ कि भनेर आर्थिक संकलनमा लागिपरेको छ ।











