बिल बढाउँदै राहत बाँड्दै
हामी मकवानपुर जिल्लाको मनहरी बजार पुग्दा केही मानिसहरुको चहलपहल बढीसकेको थियो । राहत पाईन्छ कि भनेर पहाडी भेगबाट चेपाङहरु तल झरिसकेका थिए । चेपाङहरुलाई राहत दिन भनेर हामी योगेश अधिकारी, देवेन्द्र कुमार श्रेष्ठ र म त्यता लाग्यौं । मनहरीको सुबेदी किराना पसल एण्ड खाद्द भन्डारमा गएर हामीले चामल, नुन, तेल किन्यौं । उनैले ट्र्याक्टर खोजिदिए, त्यो सामान डाँडाको काखसम्म पुर्याठउन । बिल माग्यौं । साहुजीले यस्सो वरीपरी आँखा डुलाए । फेरी बिल बनाउन भन्यौं । त्यसपछी सोधे ‘कतिको बिल बनाइदिउँ ?’ ‘कस्तो कतिको ? कतिको चाहिन्छ ?’
जती तिरेको हो त्यतिको । थोरैको सामान किनेर धेरैको बिल बनाउने, सस्तो चामल किनेर महगो बिल बानाउनेपनी गर्नुहुन्छ ?
उनी अली अनौठो मानेजसरी हाँसे ।
हामीले भन्यौं ‘साहुजी, हामी स्वच्छ मनले राहत दिन आएको । पीडितहरुले खान पाउन भनेर । तिम्रा पिडामा हामी मात्रै होइन हामीलाई सहयोग गर्ने र हाम्रो सुरक्षा र सहजताकालागि कामना गर्ने, चिन्तित बन्ने बिदेशका बिदेशीको समर्थन पनि छ भनेर देखाउन खोजेको हो । असल कर्मले गर्न खोजेको हो । यस्तो बेलापनी ठगेर खाने, कमाउने हाम्रो मन छैन, गर्दैनौं त्यस्तो ।
साहुजी आश्चर्यमा परेछन । भने ‘ यो त अनौठोनै भयो । यसरी बिल नसच्याइ जती परेको हो त्यतीकै बिल बनाउने त तपाईंहरु र एन आरएनले मात्रै हो । बाँकी सबैले बढाएर बिल बनाउन लगाए ।’
हामीलाई अचम्म लागेन । यस्तो गर्छन् भन्ने जानकारी, अनुमान थियो ।
मैले सोधें ‘कतिले गरे त्यस्तो ?’
साहुजीले भने ‘मैले छु सय बोरा चामल मात्रै बेचे । त्यसमा एन आर एनले किनेको बाहेक सबैले बिल बढीबढी बनाउन लगाए ।’
‘बिदेशीलेपनी त बाँडेका छन नी राहत । तिनलेपनि बढि बढि बिल बनाउन लगाए ?’
‘नेपाली र बिदेशीबिच डिस्कस पर्थ्यो । बिदेशी नबढाम भन्ने । नेपाली बढाम भन्ने । अन्तिममा बढाएरै लगे ।’
साहुजी निकैबेर अचम्ममा परे । पछी आँफैंले भने ‘यो टिमको त प्रोमोट गर्नुपर्छ । फेसबूकमा प्रचार गर्नुपर्छ । यस्तो टोली त आज पहिला पटक हो देखेको ।’






