हेलिकोप्टरबाट खसालेको चामल बारीमा टिप्दै धादिङका पीडित
भूकम्पबाट असाध्यै प्रभावित धादिङमा सरकारले राहत त लाग्यो । तर हेला गरेर चामल बाँडेको देखियो । राहतका नाममा झार टार्ने तरिकाले । धादिङको अली बिकटमा पर्ने तिप्लिङमा सरकारले हेलिकोप्टरबाट चामल लाग्यो । तर बारीमा खसालेर छोडिदियो । चामलअका बोरा बोरा फुटे । बारीमा पोखियो चामल । स्वाभिमान हेर्ने बेला भैदिएको भए, राहत नपाएर नछट्पटिएको भए शायद यसरी बारीमा मिलाएको अन्न स्थानियले टिप्ने थिएनन् । तर तिप्लिङका जनताले टिपे ।
भूकम्प गएको यती लामो समयसम्म राहत नपाएर, दु:ख र पीडामा परेर छट्पटिएका लिप्लिङवासीले हेलिकोप्टरबाट चामलका बोरा खसाल्दा फुटेको चामलपनि बारेमा दाना दाना गरेर टिपे । यो द्रिष्य देख्दा सरकार पिडितहरुप्रति गम्भिर देखिन्न । राहत बाँड्ने नाममा झारा टारेको देखिन्छ । भलै सरकारका धेरै अंगले सकेसम्म राम्रो काम गरेकोपनि देखिएको छ । खासगरी नेपाली सेना र प्रहरीले ।
(फोटोहरु सबै महिन्दो वाईवाको फेसबूकबाट लिएको हो)








