स्विस अपांगले हिमाली क्षेत्रमा चलाएको अस्पत्ताल १० वर्षमा
हाम्रा नेता सामान्य उपचार गर्न बिदेश जानेगरेपनि बिकट हिमाली क्षेत्रकालागि बिदेशी मनकारीहरुले सेवा गर्दै आएका छन् । नेपालको खुम्बु क्षेत्रमा पर्ने लुक्लामा यस्तो आधिनिक सुबिधा सम्पन्न अस्पत्ताल चलिरहेको छ कि त्यो झट्ट सुन्दापनि पत्यार लाग्दैन । प्रथम अन्तर्राष्ट्रिय महिला स्विस गाईड निकोल निकीले गएको दश वर्षदेखि लुक्लामा सुबिधा सम्पन्न अस्पत्ताल चलाऊँदै आएकी छन् । अस्पत्तालले यही अप्रिल १५ मा दशक जयन्ती मनाएको छ । निकोल निकी आँफैंपनी अपांग महिला हुन् । उनैले लुक्लामा पासाङल्हामु निकोलनिकी अस्पत्ताल खडा गरेकी हुन् ।
अस्पत्तालल स्थापनाको दशक जयन्ती मनाउन निकी, उनका स्विस मित्र, अस्पत्तालका सहयोगी लगायत नेपालस्थित स्विस राजादूतावासका उच्च अधिकारीहरु पुगेका थिए । यो अस्पत्ताल निकोल निकीको नाममा स्थापना गरिएको निकोल निकी फाउण्डेशनका नामबाट स्थापित गरिएको हो । सन् १९८७ मा पर्यटकहरुलाई गाईड गर्न नेपाल लिएर गएकी उनी नेपालप्रती आकर्षित भईन् । त्यसपछि उनी निरन्तर नेपाल गैरहिन । पछि लुक्लामा सामान्य झाडा पखालालेपनि मनिसहरुको मृत्यु भएको देखेपछि उनैका शेर्पा साथीहरुको अनुरोधमा उनले यो अस्पत्ताल बनाइदिएकी हुन् ।
तस्विर सौजन्य- कथामाडौं स्थित स्विस राजदुतावास










