खुला चौरमा नेपाल राष्ट्र बैंकको कार्यालय
धेरै पहिलेको कुरो होईन । सन् १९५३ को । त्यो बेला आजको नेपाल राष्ट्र बैंकको कार्यालय यसरी खुल्ला चौरमा रहेछ । यो तस्विरले नेपाल रष्ट्र बैंक कसरी बदलियो भन्ने मात्रै देखाउँदैन । बितेका ६० वर्षमा नेपाल कति बदलियो भन्नेपनि देखाउँछ । डनी बेर्तोले यस्ता स्विस फोटोग्रफर हुन् जो नेपाल खुला भएपछि नेपाल पुग्ने थोरै पश्चिमेली मध्येका एक हुन् । उनी पहिलो स्विस फोटोग्राफर पनि हुन्, नेपाल गएर त्यो बेलाको तस्विर खिच्ने ।
उनी त्यो बेला स्विस पर्वतारोहीको टोलीसित नेपाल गएका थिए । तस्विर खिच्नकालागि । त्यो बेला उनीहरूले करिब सय जना भरिया लिएको र तिनका लागि ज्याला तिर्न यहि ठाउँमा पैसा साट्न जाँदा यो तस्विर लिएको उनले बताए । त्यो बेला विमानस्थलमा कुनै सटही काउन्टर थिएन । बरु खुला चौरमा दुई वटा टेण्ट गाडेर पैसा साट्ने गरेको र त्यसको सुरक्षा नेपाली सेनाले लिएकोपनि उनले बताए ।






