टोनी हेगनको घरमा नेपाली
म हिजो टोनी हेगनको घरमा आइ पुगें । रोमान्च (ग्रिक भाषाकै रुप) भाषा बोलिने लेन्जरहाईड भन्ने गाउँमा रहेछ उनको घर । डाँडामा पर्दो रहेछ । साँझ उनका दुई छोरी कात्रिन र मोनिका र उनका ज्वाइँसित बसें । टोनी हेगनकै कार्यालय कोठामा सुतें । नेपालका बिबिध पक्षबारे गफ गरें । एकदमै रमाईला, किताबमा कहिँ कतै नलेखिएका कुराहरू सुनें ।
टोनी हेगनले आगो ताप्न बस्ने कुर्सीमा राखे । खाना खाने बेला हेगन जहाँ बस्थे त्यहि ठाउँ र कुर्सीमा राखे । नेपालका धेरै सामाग्री, फोटा, मानचित्रहरू हेरें । आज हेगनकी कान्छी छोरिसित फेरि कुरा गरेर कुर भन्ने ठाउँमा अर्का नेपाल प्रेमी, नेपालमा चीज उत्पादनमा सहयोग गरेका स्विससित भेट्नु छ !
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक






