जति लसपस उति धेरै फाइदा

ददिराम सापकोटा

wildlife-of-nepal-nepal-monkeys-1.jpg

थुप्रै महिलाहरुसँग यौन संसर्ग राख्ने पुरुषको हालत के हुन्छ हाम्रो समाजमा ? उ यौन दुराचारिकारुपमा गनिन्छ। कारवाहीको भागी त हुन्छ नै। समाजमा बेईज्जत भएर नाकै देखाउन मुश्किल। समाजिक बेईज्ज्त छँदै छ, थुप्रै महिलाबाट जन्मिएका बालबचेरालाई कसरी पाल्ने तर हाम्रै समाज वरिपरि यस्ता पनि जीव छन तिनलाइ जति धेरै पोथीसँग लसपस गर्‍यो उति फाइदै फाइदा। उतिनै तिनको सान र मान उच्च। उतिनै तिनको हैकम चर्को। हाम्रै पुर्खा भनेर चिनिएका बाँदर जाती ऋतुकालका बेला सके जति र भेटिएसम्म पोथीहरु खोज्दै डुल्छन। बाँदरका धेरै प्रजातीहरु मध्ये तिनका बानी र कृयाकलापहरु भिन्न हुन्छन । तर धेरै बानी र कृयाकलापहरु मिल्दा जुल्दा हुन्छन। यौनको कृयाकलाप ठ्याक्कै समान नभएतापनि प्राय अधिकाशको मिल्दोजुल्दो हुन्छ।

  

जति धेरै पोथीसँग यौन संसर्ग राख्न सक्यो उति सफल। जति धेरैलाई गर्भिणी बनाउन सक्यो उति राम्रो। सामाजिक जिम्मेवारि केहि छैन। यौनको स्वाद लियो, गर्भिणी पार्यो अनी छोडिदियो। यस्तो कुनै जिम्मेवारी लिनु नपर्ने भएपछि wildlife-of-nepal-rhesus-monkeys-nepalplus-2.jpgकिन टास्सिएर बस्ने सधै एउटै पोथीसँग हुन त भालेहरुले कुनैपनि याममा यौनकार्य गर्न सक्छन। तर प्राय शरदकालमा ऋतुकाल बढि हुन्छ। यो बेला बाँदरहरुको अनुहार बढि रातो हुन्छ। यौनाकांक्षाका बेला पोथीको अनुहारपनि रातो हुन्छ। अधिकांश बाँदर जातीमा शारिरिक गर गहना वा सुन्दरताले थोरै भूमिका खेल्छ। संभावित जोडीका बारेमा तिनमा अग्रीम जानकारी हुन्छ। बरु उच्च सामाजिक चलाखी र ज्ञानले महत्वपूर्ण भूमिका खेल्छ। लिंगको वरिपरिको चम्किलो छाला , गर्धनको रौं, टाउकाको रौं, गालाको उठेको भाग लगायत शारिरिक अंगलाई यौन छनौटकारुपमा प्रयोग गर्छन। अपरिचितसँगको भेटमा आँखाले देखिने संकेतहरु महत्वपूर्ण हुन्छन। भालेहरु प्राय ऋतुकाल नभएका बेला छुट्टै समूहमा बस्ने हुनाले ऋतुकालमा भालेले बढि तातेकी पोथी कुन हो पत्ता लगाउन खोज्छन । यदि पोथीलाईपनि यौनको चाख छ भने उसले झन बढि चाख दिन्छे।

  wildlife-of-nepal-langur-monkey-nepalplus-3.jpg यौन इच्छा जागेका बेला रातो बाँदर (Rhesus monkey) को पोथीको पुठ्ठाको दुबैतिरका रौं बिहिन छाला रातो हुने बताएका थिए बैज्ञानिक चार्ल्स डार्बीनले। यौन चाहना भएका बेला भाले कराउँदै हिंड्ने त्यो रातो छाला (buttock) देखाएर उफ्रने, त्यसलाई औंलाले चलाउँदा आनन्द मान्ने गरेको अवलोकनपनि गरिएको छ चिडियाखाना र पार्कहरुमा। त्यस्तोबेला लिंगलाई जुरुक्कै उचालेकोपनि पाइएको छ। पोथीहरुकोपनि समान ब्यवहार देखिएको छ (*१)। यस्तो अनुहारले टेस्टोस्टेरोन हर्मोनको संकेत गर्छ। यो हर्मोन बढि हुने जनावर सुन्दर, बलिया र निरोगी हुन्छन। यिनमा प्रतिरोध क्षमता बढि हुन्छ।  

छनौटले स्वस्थ बच्चा जन्मिन्छन। हुन त पोथीहरुलेपनि केहि भालेहरुसंग सभोग गराउन सक्छन। त्यसपछि ति भालेका विर्यमध्ये छानेर उपयूक्त विर्यलाईमात्रै भित्र गर्भाशयमा पठाउने र अन्यलाई बाहिर फालीदिन सक्छन। त्यसैले संभोग पछाडी पोथीले गर्ने छनौट पद्दती बढि सफल मानिन्छ संभोग अगाडीको भन्दा। किनकी संभोग पछाडी आफ्नो वास्तबिक परिचय लुकाउन भालेलाई सजिलो हुदैन (*) प्राय एक हप्ता सँगै बसेपछि भाले र पोथीले खासै वास्ता गर्दैनन। पछि पोथीले बच्चा हुर्काउँछे। भालेलाई कुनै वास्ता हुन्न। आफ्नो बच्चापनि सायद चिन्दैनन। वसन्तकालमा धेरै चिसो, nepal-wildlife-rhesus-monkey-sex-nepalplus-4.jpgजंगलमा कम खाना भएको बेला बच्चा हुर्काउन अप्ठेरो नपरोस भनेर उपयूक्त मौसम मिलाएर प्रजनन गर्छन। हनुमान लंगुर (बोलीचालीको भाषामा ढेडुवा भनिन्छ ) एउटा भाले धेरै पोथी, धेरै भाले धेरै पोथी वा मिश्रीत समूहमा बस्छन। भालेहरु यौनाकांक्षीत पोथीका निम्ति लडाई गर्छन। भालेहरु एक अर्कासँगको लडाईमा बंगारा प्रयोग गर्छन। लडाईमा चोटपटक लाग्ने, रगत बग्ने र मृत्यु समेत हुन्छ। यो उच्च जोखिम उच्च फाईदा रणनीति हो।

  लडाइमा हारेका छेरुवा र पोथीहरुले नपत्याएका लुतेहरुमध्ये कुनैकुनै भाले त कहिलेकाहि बस्तितिर पस्छन। ऋतुकालभरि आफ्नो समूहबाट अलग्गिएर बस्तितिर आतंक मच्चाउँछन मानिसहरुलाई चिथोर्ने र टोक्ने गरेर। बलिया भालेहरुबाट लघारिनुपरेको रिस बस्तिका मानिसहरुमाथि पोख्छन। मुख्य ऋतुकाल सकिएपछि ति फेरि आफ्नै समूहमा फर्कन्छन।  उक्त पोथीछेउ आउने मौका नदिनका निम्ति र लगातार रुपमा आफुले संभोग गरिरहेको देखाउनकानिम्ति हुनुपर्छ। अफ्रीकाको जंगलमा पाइने बबुन भनिने बाँदरका भालेले त झन पोथीहरुलाई नियन्त्रणमा राख्न आफ्ना बलिया दाह्राले टोक्छ। त्यसैले यो जातीमा अन्य भालेबाट लुकिचोरी हुने संभोगबाट बच्चा जन्मिने घटना लगभग सुनिंदैन।   आफ्नै पोथीलाई टोकेर, घाइते पारेर संभोग गर्ने प्रकृया झट्ट सुन्दा प्रतिगामी जस्तो लाग्छ। आफ्नै पोथीलाई तड्पाएर भालेले के फाइदा पाउँछ ? प्रश्न उठ्छ। तर भाले र पोथीको बिकासक्रमको चाखनै मेल खाँदैन। भालेले यसो गर्दा पोथीले उसको बिजबाट बच्चा जन्माउँछे भाले मर्नु अगावै। जसले त्यस्ता भालेका वंश धेरै फैलिन्छन। यो त्यति सहज र राम्रो तरिका जस्तो त लाग्दैन तर प्राकृतिक बिकासक्रमको तर्क र सिद्दान्तले त्यहि भन्छ।

सन्दर्भ सूची:

(*१) (sexual Dimorphism in the animal kingdom, a Theory of the evolution of secondary sexual characters by J. T. Cunningham, M. A., Adam and Charles Black 1900)

(*) (Females Are Dominant Sex, Primate study suggests, James Owen, National Geographic News, November, 25, 2003)

तपाइँको प्रतिक्रिया