नाम जस्तै कामका धनी ‘दिल’ को अमेरिकामा कत्रो शान
- बिरेस दहाल / अमेरिका
अमेरिकाको क्यालिफोर्निया लस एन्जल्समा बसोबास गर्छन् उनी । आफ्नो मुलुकबाट टाढा भएपनि नेपालीबिच सामाजिक परिचय बनाएका छन् दिल श्रेष्ठले । त्यसो त, उनको परिचय ब्यवशायीको रुपमा समेत स्थापित छ । कटुन्जे -१ धुर्पू पौवा धादिंग नेपालको बास्तविक जन्मथलो । पिपुल्स क्याम्पस काठमाडौँबाट बि.कम. सम्मको अध्यन पुरा गरि ब्यवशाय गर्ने भिसामा १४ बर्ष अगाडी अमेरिका आइपुगेका हुन् उनी । नेपाल रहँदा २०४८ साल देखि खाते, गंगा, फुटपात टेली चलचित्र निर्माणबाट कलाकारिता शुरु गरि हलिउडसम्म आइपुग्दा निर्माता, निर्देशकको रुपमा आफ्नो परिचय दिन सफल भएका छन् ।
फिल्मी क्षेत्रमा सफलता पाउन कलिउड हुँदै हलिउडसम्म आइपुग्दा न्युयोर्क फिल्म एकडेमी र लस एन्जल्स सिटि कलेजबाट आफ्नो अध्यन पुरा गरे । चार महिनामै आफ्नी आमाको निधन भएकाले आमाको संझना हुँदा अनुहारपनि याद हुन्न । यसले उनलाई दुखि बनाउँछ । दुखका, अझ वाल्यकालका दुखका कुरा गर्ने हो भने उनको मन अहिलेपनि आक्रोश, पीडा र आँधीले होँडल्छ । काखबाट आमा खोसिएर टुहुरो बनेको वालकले माया खोजेका बेला उनलाई सानोमा ‘आमा टोकुवा’ भनेर समेत छरछिमेकीले घ्रिणा गरेका शब्द अहिलेपनि उनको कानमा झन्झनाउँछन् । त्यसले मन कोक्याउँछ । आक्रोशित बनाउँछ । सफलताको भर्याङ उक्लिँदै जाँदा अहिले ब्युटी पार्लर र इम्पोर्ट एक्सपोर्टको ब्यबसाय गरेर राम्रो आम्दानी गरेका श्रेष्ठ मनकारी समाजसेवीपनि हुन् ।
मलाई ‘आमा टोकुवा’ भन्दै घ्रिणा गर्नेलाई घ्रिणानै गर्नुपर्छ भन्ने प्रतिशोधी भावना आउन्न उनको । किनभने नामै उनको दिल । मनै दिलदार । ‘बैगुनीलाई गुनले मार्नु पर्छ, गुनैले सताउनुपर्छ’ दिल श्रेष्ठको मनको भाका हो यो । त्यसैले उनले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा पाँच वटा स्कुल बनाएका छन् । गाउँ-गाउँमा कम्प्युटर वितरण, आफ्नो जन्म स्थानमा स्कुल निर्माणका लागि दुई रोपनी जग्गा उपलब्ध गराएका छन् । क्यान्सर पिडित, अनाथ बच्चाहरूलाईसमेत थुप्रै सहयोग गरिसके उनले । हाल स्वास्थ चौकी र एम्बुलेन्स उपलब्ध गराउन लागि परेका छन् । दिल श्रेष्ठले नाम अनुरुप काम गर्दै गएकालेनै समाजमा उदाहरणिय व्यक्तिको रुपमा परिचित भएका हुन् ।
कति ब्यस्त र सक्रिय छन् यी श्रेष्ठ भने गैर आवाशिय नेपाली संघ (एन।आर।एन.)अमेरिका सह-सचिव त हुन् नै, हिमालय फाउन्डेसन,पशुपति फाउन्डेसन, एकता समाज, अन्तरास्ट्रिय साहित्य समाज, अमेरिका नेपाल सोसाइटी, रेडक्रस जस्ता सामाजिक सस्थामा रहेर उल्लेखनिय सामाजिक कार्य गर्दै आएका छन् । यति धेरै काम गर्न कसरी भ्याएका ? “समाजसेवा गर्ने भित्रि मन र भावना भए सकिन्छ’ उनी मुस्कुराउँछन । उनले हलिउडमा निर्माण गरिएको ”द ट्रेजन”फिल्म ले तिन विधामा अवार्ड जित्न सफल रह्यो । उनी नेपालीका बिचमा मात्रै होईन स्थानिय अमेरिकी र फिल्मी क्षेत्रमापनि नेपाली भनेर चिनिन सफल छन् । नेपाल र नेपालीको नामलाई उँचो पारेरै उनी रमाएका छन् । उनको सफलता सानो तिनो तहल्कानै मच्चाएर अगाडि बढिरहेको छ ।
त्यति मात्रै हो र ? धादिङको पहाडी क्षेत्रमा लर्बराउँदै चार वर्षमै आमा बित्दापनि हुर्केका यिनको सफलताको चर्चा गर्दा जिब्रो टोक्छन धेरैले । न्युयोर्क फिल्म फेस्टिभल र विल्स फिल्म फेस्टिभलमा बेस्ट एक्टर जितेरपनि यिनले धेरैलाई चकित पारिदिए । अडियन्स अवार्ड जित्न सफल भएपछि त झन् यिनको सफलताको उचाई अझै अग्लियो । चलचित्र क्षेत्रको सबैभन्दा ठूलो आइ एम डिबी डट कम (IMDb.com) को कलाकार श्रेष्ठ क्वालिफाइड सदस्य समेत रहेका छन् । अहिले हलिउडको सबैभन्दा ठूलो साईटनै यहि हो मानिन्छ ।
हाल दोस्रो फिल्म सिलसिलाका क्रममा स्क्रिप्ट माथि अध्यन भईरहेको छ । जुनकिसिमले पहिलो सफलता मिल्यो त्यसमा अझै उत्कृस्ट निर्माण गर्नु आफ्नो लक्ष्य रहेको उनी बताउँछन् । बिश्वभर प्रदर्शनका लागि तयारीकासाथ त्यस काममा ध्यान दिएका छन् । ‘मलाई लाग्छ नेपालीको छोराले विश्व फिल्मी बजारमा परिचय गराउन सक्नुनै राष्ट्रको गौरव हो’ मुसुक्क हाँसे । अन्तरास्ट्रिय बजारमा नेपाली निर्देशकको परिचयले नेपाली फिल्म क्षेत्रको विकासमासमेत राम्रो सफलता मिल्ने छ ।
हामीलाई फेसबुक र ट्विटरमा पछ्याउनुस्
https://www.facebook.com/nepalplus
https://twitter.com/nepalplus
फ्रान्सेली भाषा बोल्ने साथीहरु छन् भने फ्रान्सेली भाषाको लागि सिफारिस गर्नुस्
https://www.facebook.com/nepalplusenfr
https://twitter.com/nepalplus











