महोत्सवको फोहोर कसले उठाउने (फोटो कथा) ?
तस्विरहरू- रमेश चालिसे / सौराहा
सोमबार सौरहामा हात्ती महोत्सव सकियो । हात्ती सुन्दरी प्रतियोगिता, गाडा र टाँगा लगायतका प्रतियोगिता गरियो । हजारौं मानिस सौराहाको खुला चौरमा उपस्थित भए । हेरे, रमाए । सानातिना पसलेले फुटपाथमा सामान बेचे । तर सौराहाको प्राकृतिक वातावरणमा आयोजना गरिएको महोत्सवमा त्यहाँको प्रक्रितिलाईनै असर पार्ने गरि यत्रतत्र फोहोर मिल्काइयो । त्यो सफा गर्ने कसले ? फोहोर मैला ब्यवस्थापनको पाटो कमजोर देखियो ।
महोत्सव भएको ठाउँमा फोहोर राख्ने भाँडापनि नराखिएको भने होईन । थिए । तर धेरैले त्यसमा नमिल्काएर चौरमै मिल्काएका थिए । चौरमा फोहोर भाँडा रित्ता देखिए । त्यसलाई नियन्त्रण गर्नतिर महोत्सव आयोजकहरूको कमजोरी देखियो । ती फोहोरहरू मिल्काउँदै हिँड्ने गरेको देखियो । चौरमा मिल्काएका फोहोरले महित्सवस्थल कुरुप देखियो । यसमा ब्यवस्थापन पक्षको मात्रै कमजोरी भएन । नेपालीहरू जसले सानातिना सामान बिक्री गरेर आर्थिक लाभ लिए तिनलेपनि आफ्नो पसलबाट मिल्काउने फोहोर ब्यवस्थापन गर्नुपर्थ्यो ।
अर्को कुरा प्राकृतिक स्थलमा मेला हेर्न गएका नेपालीहरू आफैंपनि सचेत भएर फोहोर गर्नुहुँदैनथ्यो । यसरी मिल्काइएका फोहोरले स्थानिय वातावरणलाई कुरुप र प्रदुषित पार्छ । पर्यटक आकर्षण गर्न यस्ता कार्यक्रम गर्ने तर फोहोर उचित ब्यवस्थापन गर्न नसक्दा त्यसले पर्यटकहरुकै माझ हाम्रो पर्यटकिय स्थललाई बदनाम गराउँछ । यस्तो फोहोर जंगलमा पुग्दा त्यसले जिवजन्तुलाई असर पार्छ भन्ने सतर्कता कहिले अपनाउने ? कसले ध्यान् दिने ?











