दाम आउँछ कि बन्द बाक्सामा लास
मलेशिया, साउदी अरेबिया, कतार, अफ्गानिस्तान र इराक लगायतका खाडी मुलुकमा लाखौं नेपाली युवा युवतीहरू काम गर्छन् । ती मध्ये अधिकांशको काम मजदूरी गर्नु हो । हरेक दिन करिब आठ सय युवा कामको खोजीमा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने गरेको तथ्यांकले बताउँछ ।
पछिल्लो जानकारि अनुसार जति जति बैदेशिक रोजगारमा जाने क्रम बढेको छ उति नेपालीहरूको बेहाल भएको छ । खाडि मुलुकबाट मात्रै ८० नेपालीको लास नेपाल आउन बाँकि छ । केही महिना अघिको यो तथ्यांकमा केही आए होलान् । केही फेरि थपिए । खाडीमा काम गर्ने मध्ये हजारौं घाईते भएका छन । कामको पेलाई, सास्ती र मानसिक तनावले लाखौंको संख्यामा मानसिक रोगि बनेका छन् । हजारौं नेपाली चेली घरेलु कामदारकै नाममा लुटिएका छन् । कति नेपाली युवा युवतीले काम गरेको तलबसमेत पाएका छैनन् । पैसा कमाउन हिँडेका युवाहरूको लास बन्द बाक्सामा फर्किने गरेको छ, पैसाको साटो ।
(विमानस्थलबाट बाहिरिँदै युवा युवती)
पछिल्लो जानकारी अनुसार ओमानमा मात्रै ३०० भन्दा बढी नेपाली चेली पासपोटॅ नभएर अप्ठेरोमा परेका छन् । बिचल्लीमा परेपछि तिनले आफूहरूलाई नेपाल फिर्ता लैजान हारगुहार मागिरहेका छन् । त्यस्तै हजारौं नेपाली आफ्नो सोझोपनको कारण अन्य मुलुकका कामदारको फन्दामा परेर परदेशि जेलमा छटपटाईरहेका छन् ।
(अधिकांश मजदूर नेपालीले गर्ने काम र बस्ने थलो)
पछिल्लो समय कोरिया जाने कामदारको पनि हालत खराब भएको छ । साहुको चुटाईको यातना भोग्नुपर्छ । त्यसमाथि दैनिक १६ घन्टा कामको पेलाई सँगै कृषि र फामॅमा काम गर्नेहरुको हालत त नारकिय छ नै, महिला शोषण दिनानुदिन बढदो छ ।
(नेपाली कामदार बस्ने ठाउँको झलक)
(बिदेशमा दु:ख पाएपछि नेपाली दुतावास न हो, गारगुहार गर्ने थलो)
(सन्तानको लास उता बाक्सामा बन्द हुन्छ । यता आफन्तहरू फोटो देखाएर भक्कानो पर्छन्)
त्यसो त, मलेसियाको अवस्थापनी काम छैन् । थुप्रै नेपाली अबैध कामदारका रुपमा बसेका छन् । स्वदेश फर्किनखोज्दा हातमा कागज छैन् । कतिपय नेपाली जेलमा कोचिएका छन् । सरकार भने तिनैको रेमिट्यान्स खायर किर्नो बनेको छ । कामदार बिदेश पठाउनमा लालायित छ तर तिनको अधिकार र सुरक्षाकालागि कुनै वास्ता गर्दैन । यहि अवस्था बढ्दै गए भोलिको स्थिति के होला ? यसले हाम्रो समाज र परिवारमा ठुलो बिखण्डन ल्याइसकेको छा अहिलेनै । भविष्यमा झन् सम्हालीनसक्ने अवस्था स्रिजना गर्ने छ ।
(पैसा कमाउन गएका कतिपय युवाको लास यसरी बन्द बाक्सामा परिवारकहाँ आउँछ। आफन्तहरू भक्कानो पर्छन । गाउँलेहरू रमिते)
अहिलेका बुढा नेतालाई त के मतलब ? तीनलाई पद र कुर्सीनै प्यारो देखिन्छ । अब कमसेकम युवाहरूले त सोच्नुपर्ने हो । किनभने देशको भविष्य भनेकै अहिलेका युवा र तिनका सन्ततीको हो । सोच्नुपर्नेपनि तिनैले हो । अहिलेका युवाहरूले बेलैमा नसोचे तिनका सन्तती बाँच्ने भोलीको नेपाल झन अन्धकारमय हुने निश्चित छ । (फोटोहरू सेभ आँपपिपलबाट लिएको हो )




















