उल्टो साईकल यात्रीले सुनाए अनुभव अमेरिकामा

1921956_760082580713050_2174186085339205269_n

उल्टो साइकल चलाएर बिश्व यात्रामा निस्किएका बिरेश दाहाल र उनका साथमा रहेका बरुण अधिकारी, बजिन्द्र महराको टोलीलाइ अमेरिकाको टेक्सासस्थित अस्ट्रिन शहरमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन । बिश्वको ५८ देशमा उल्टो साइकल चलाएर नेपाललाइ चिनाएकोमा एभरेस्ट नेपाल ग्रुप अफ अस्ट्रिनले रात्रिभोज आयोजना तथा भेटघाट कार्यक्रम राखेको थियो ।

954837_760082577379717_7772950665043031915_n

1604838_760082217379753_8770829802840622531_n

अमेरिकाबाट क्यानडाको यात्रा गर्दै ब्राजिल जाने योजना स्थागित गर्दै टोलि केहि ठाउँको कार्येक्रम सकेर नेपाल फर्कने योजना रहेको बरुण अधिकारीले बताए । बिश्वका १५१ राष्ट्रमा शान्ति, भाइचारा, नेपाली भेष-भुषाको परिचय गराउँदै पर्यटन प्रबर्धन गर्दै आफ्नो मस्तिस्कले जति परिचय गराएको छ यसमा आम नेपालीको प्रेम रहेको हुँदा सबै सहयोगी नेपालीहरु लाइ हृदयता पुर्बक धन्यबाद बाहेक आफु ले केहि दिन नसक्ने दाहाल ले बताए । त्यहाँ बिरेशको टोलीले विश्व यात्राका आफ्ना रोचक अनुभव सुनाएका थियो ।

10550852_760082180713090_1301247885526324399_n

10640980_760082187379756_9083121191471903659_n

२०१९ सम्मको लक्ष्य बोकेर यात्रा गर्दै गरेका दाहाल नेपाल फर्किएर २००-५०० जना प्रतिभावान नेपालीहरुलाइ खोजि गरि प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने भएका छन् । आफुसँग काम गर्न एक रुपियाँ नभएपनी लाखौ नेपाली साथ् रहेकाले बिश्व उल्टो साइकल यात्री प्रतिस्ठान, नेपाल एक उदाहरनिय बन्ने बताउँछन । कार्येक्रममा कामना प्रकाशनका पूर्व चर्चित कार्टुनिस्ट रबिन पियाले एक्सटर्नल हार्डिस्क उपहार दिए भने सस्थाका तर्फ़ बाट ४५१ डलर सहयोग गरिएको थियो ।

10846446_760082220713086_3695792792664104023_n

10848063_760082574046384_2844688132051614723_n

त्यसैगरि एक भारतीय अमेरिकन नागरिक राम नाम गरेकाले २ थान आइफोंन, ऑस्ट्रिन-कोलोराडो प्लेन टिकट प्रायोजन गरेका थिए । कोलोराडो, केयालिफोर्निया हुँदै मौसमको प्रतिकुलतासँगै अमेरिकामा उल्टो साइकल चलाउन पुलिस प्रमिसन लिन ९० दिन लाग्ने भएकालेपनि अहिलेलाइ यात्रा स्थागित गर्दै टोली नेपाल फर्कने तयारीमा रहेको यात्री टोली प्रमुख बिरेशले बताए । हालसम्म एसिया, अफ्रीका, यूरोप, अमेरिका महादेश का ५८ देश उनीहरुले १० बर्ष लगाएर पुरा गरेका छन् ।

तपाइँको प्रतिक्रिया