नारी अपमानको पराकाष्टा : कुकुरसिते बिहे

abhi1

जतिसुकै मानवाधिकार र नारी स्वतन्त्रताको जति कुरा गरेपनि दक्षिण एशियालीहरुको अवस्था हेर्नुस् त । भारतमा एक युवतीलाई कुकुरसित बिहे गरिदिएर अपमान गरेका छन् । १८ वर्षकी एक महिलालाई कुकुरसित बिहे गराइदिएर गाउँलेहरुले उत्सव मनाए । यस्तो घटना भारतमा निकै पटक भएको छ । 

भारतबाट प्रकाशित हिन्दी भाषाको दैनिक भाष्कर पत्रीकाले त्यसको नालीबेली सार्वजनिक गरेको छ । राँचीको झारखण्ड गाउँमा हालसालै १८ वर्षकी युवती मांगलीको कुकुरसित धुमधामले बिहे गरिदिएका छन् । यो अन्धविश्वासका कारणले हो ।

marriage-with-dog

कुकुरसित बिहे गराइदिन मण्डप झकिझकाउ थियो । चिटिक्क सिँगारिएको थियो  कुकुर बेहुलो र बेहुली दुबैलाई । गाउँलेहरुको भोड लागेको थियो, त्यो हेर्न । मण्डपमा नयाँ पहिरनमा सजिएकि दुलही  मुस्कुराएको देखेपछि गाउँलेहरुपनि रमाएका थिए । दुलाहा बनाइएको ‘शेरु’ नामको कुकुरलाई कारमा हालेर दुलहीको घरमा ल्याएपछि दुलही मुस्कुराएकि थिई । पुरै गाउँले ‘कुकुर बेहुला’ को स्वागतमा जुटेका थिए ।

भास्कर दैनिकका अनुसार  राँचीको झारखण्ड स्थित एक गाउँमा मांगली मुडा नामक एक युवती बस्छिन् । त्यो गाउँका एक बाबाले ति युवतीमा प्रेतले वास गरेको बताइदिए । त्यो प्रेत मांगलीबाट सारा गाउँलेमा सर्न सक्ने खतरा छ । उनको परिवार र सारा गाउँलेलाई यो बिपत्ती बाट बचाउन कुनै पुरुषसित बिहे गर्नु पहिले मांगलीको बिहे कुकुरसित गरिदिनु पर्छ । त्यहि अन्धविश्वासमा परेर परिवारले कुकुरसित बिहे गरिदिए । यो विवाहबाट मांगलीको परिवार र सारा गाउँले खुशि देखिएका छन् ।

स्कूलमा एक पाइलोसम्म नटेकेकि मांगली भन्छिन् ‘त्यो कुकुरसित विहे गर्नुपरेकामा खुशि छैन म । तर आफ्नो परिवार र गाउँलेको भविष्यकालागि यसो गर्नु जरुरी थियो । मैले कुकुरसित किन बिहे गरेपछि त्यो प्रेत कुकुरमा सर्छ भन्ने गाउँलेहरु विश्वास गर्छन् । यति गरेपछि कुनैपनि पुरुषसित बिहे गरेर सुखि जिवन बिताउन पाउने छु ।’

1856_102

49603

त्यसो त यसरि कुकुरसित बिहे गराइदिएको यो नै पहिलो घटना भने होइन । यो गाउँमा यस अघिपनि निकै पटक युवतीहरुको बिहे कुकुरसित भैसकेको छ । गाउँलेहरु यस अघिपनि गाउँमा यस्ता विवाह भएको र त्यसपछि गाउँमा खुशियाली छाएको बताउँछन् ।

तपाइँको प्रतिक्रिया