एन आर एन युरोपेली भेलामा मानव तस्करी गरेको विषयले फेरि बिबाद, एन आर एन स्पेनलाई बहिस्कार गर्ने निर्णय !
एन आर एनको युरोपस्तरिय सम्मेलन गत जुन सात र आठमा भएको थियो । अपेक्षित रुपमा सफल हुन नसकेको त्यो सम्मेलनमा सहभागि गराउन निम्ता पठाउने नममा सिफारिस गर्दा मानव तस्करी गरेको आरोप लागेको थियो । बिवद त्यहि बेला चुलिएको थियो । तर त्यसलाई तथ्यगत र उचित ढंगले समाधान गरिएको थिएन । त्यो मुद्दा पटक पटक उठेको थियो । त्यो सम्मेलनमा भए गरेका क्रियाकलापबारे पूर्ण रुपमा जानकारि मागेका थिए, त्यो सम्मेलन सफल पार्न अहोरात्र खटेका स्पेनका संघ संस्थाहरुले । तर एन आर एन स्पेन र एन आर एन युरोप समितिमार्फत सत्यतथ्य सार्वजनिक नगरेपछि त्यहाँ संस्थाहरु चिढिएका थिए । उनीहरुले माग गरे अनुसारका तथ्यहरु बाहिर नल्याएको भन्दै हाल एन आर एन स्पेनलाई बहिस्कार गर्ने त्यहाँका संघ संस्थाले निर्णय गरेका छन् ।
स्पेन स्थित सात संगठनको सामूहिक बैठकले एन आर एन ए स्पेनले भोली मंगलबार अगस्ट २६ तारिक आयोजना गरेको बनभोज कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ । साथै एन आर एन स्पेनले आयोजना गर्ने अरु सबै कार्यक्रमसमेत बहिस्कार गर्ने निर्णय पनि गरेका छन् । यसको अर्थ एन आर एन स्पेनलाईनै बहिस्कार गर्ने निर्णय हो । त्यसरि बहिस्कारको निर्णय गर्ने संस्थाहरुमा नेपाली जन सम्पर्क समिती, प्रबासी नेपाली मन्च, नेपाली जन प्रगतिशील मंच, (एमाओवादी), नेपाली जनप्रगतिशील मंच(ड्यास माओबादी), तमु समाज, चितवन समाज र मगर समाज छन् । आजै बसेको सात संगठनको संयुक्त बैठकले यो निर्णय गरेको हो ।
(बहिस्कार गर्नु अघि एन आर एन स्पेनालाई अग्रिम पठाइएको चिठी)
ति संस्थाहरुले युरोपेली भेलामा भए गरेका काम र गतिबिधीबारे पटक पटक जानाकरि माग्दापनि नदिई संस्थाहरुलाई अनादार गरेकाले एन आर एन स्पेनलाइनै बहिस्कार गर्नुपरेको सार्वजनिक गरेका छन् ।
(बहिस्कार गर्नु अघि एन आर एन स्पेनलाई पठाइएको दोस्रो चिठी, यो पत्रकोपनि बेवास्ता गरेको आरोप)
उनीहरुले स्पेनका संघ संस्थालाई पठाएको आव्हानमा लेखिएको छ “एर्म् २०१४ तथा हालसम्म भए गरेका बिबिध बिषयमा हामीले सामूहिक रुपमा दुई पटक सम्म पत्राचार गरी सत्य तथ्य बाहिर ल्याउन माग गर्दा ब्यवास्था गरेकाले हामी यो निर्णय लिन बाध्य भएका छौं ।”
राष्ट्रिय समन्वय परिषदले मिलाउन नसक्ने यस्ता बिवादहरु मिलाउनुपर्ने एन आर एन युरोपेली समितिले हो । तर एन आर एन युरोपका संयोजक अर्जुन श्रेष्ठ आफैं मानव तस्करीमा मुछिएका ब्यक्ति हुनाले उनको नैतिक धरातल गिरेको छ । उनमाथि धेरैले शंकाको नजरले हेर्छन् । उता समन्यव परिषदका अध्यक्ष एकराज गिरीस्वयं एन आर एन स्पेनमा बिवादित छन् । नेपाली कांग्रेसका कार्यकर्त भएपनि उनलाई धेरैले नरुचाएको बताइन्छ । युरोपेली सम्मेलन स्पेनवासीका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भन्ने उखान झैं भएकाले उनी सफल मानिँदैनन् ।
(यसको बिबादका भित्रि पाटाहरु फेरि आउने छ नेपालप्लसमा हेर्दै गर्नुहोला)
यसैसित संवन्धित तलका समाचार र लेखपनि हेर्नुस्
संयोजकलाई कुट्ने भन्दै हलबाहिर मोर्चाबन्दि
एन आर एन युरोपेली भेलमा नेपालप्लसको बिरोध गर्नासात समर्थनमा चर्काचर्की
एन आर एन युरोपेली भेलामा हल रित्तै, बाहिर आआफ्नै बैठक
एन आर एन युरोपेली भेला, आयोजक देशनै जानकारि बिहिन
एन आर एनको युरोपेली भेला र युरोपका नेपालीको अपेक्षा







