भाषण सुन्ने भन्दा भाषण ठोक्ने धेरै, संयोजकमाथि मानव तस्करको आरोप
● तस्विरहरु- बिनोद पौडेल / बेल्जियम
बेल्जियम ! कान ठाडा भए ? आज फेरि अर्को कान ठाडा हुने खबर छ । एन आर एन बेल्जियमको वार्षिक साधारण सभामा सुन्ने भन्दा भाषण ठोक्नेको संख्या धेरै । आइतवार एन आर एन बेल्जियमले आफ्नो साधारण सभा मनायो । एन आर एनका केन्द्रिय महासचिव र नेपाली दुतावास बेल्जियमा सचिव लक्ष्मण खनालको उपस्थितिमा । भयंकरको हल लिईयो । तामझाम पारियो, सिँगार पटार भयो हलको । तर कार्यक्रम शुरु हुँदा त हल रित्तै । कुर्सीहरु आफ्ना ठाडा कान लगाएर कार्यक्रममा सहभागि हुन आउनेको प्रतिक्षामा बसे । त्यहाँ भाषण गर्ने मध्येपनि कोहि एन आर एनकै सल्लाहकारले मञ्च बहिस्कार गरे । एन आर एन संयोजक अर्जुन श्रेष्ठमाथि हाकाहाकी मानव तस्करीको आरोप लाग्यो । त्यस्तो आरोप अलग्दा दुतावाका सचिव र एन आर एन का महासचिव पन्त चुपचाप सुनेर बसिरहे ।
कार्यक्रममा आफ्नो मन्तब्य दिने क्रममा एन आर एनटास्क फोर्सका सदस्य गंगाधर गौतमले सन् २०१३ सेप्टेम्बर १४ देखि २२ सम्म बेल्जियमको गेन्ट शहरमा भएको १४५ औं फ्लेन्डर्स अन्तर्राष्ट्रिय ट्रेड फेयर (एसेन्टा) मा नेपालीहरूसित चर्को रकम लिएर गरिएको मानव तस्करी र ठगीको प्रसंग उठाए । उनले एसेन्टा ब्यापारिक मेला आयोजना गर्दा मानव तस्करी भएको भन्दै चर्को बिरोध गरे । त्यो एसेन्टा मेला आयोजना गर्दा नेपालीको तर्फबाट संयोजक एन आर एन का युरोप संयोजक अर्जुन श्रेष्ठ थिए । उनले नाम लिएनन् तर अर्जुन श्रेष्ठलाई त्यो दोष लगाइन् । कार्यक्रममा उपस्थित भएपनि अर्जुन श्रेष्ठले कुनै दह्रो आपत्ती जनाउन सकेनन् ।
एन आर एन बेल्जियमले आफ्नो वार्षिक साधारण सभामा बेल्जियमका सबै संस्थालाई निम्तो गरेको थियो । बेल्जियममा करिब ५० नेपाली संस्था छन् । त्यसमा २० संस्थाका मुख्य पदाधिकारीपनि उपस्थित भएनन् । एन आर एनका सल्लाहकार, मुख्य कार्यकारी समितिका सदस्य र टास्कफोर्स सबै गर्दा तिस जनाको उपस्थिति मुश्किलले थियो । हल भने कम्तिमा दुई सय पचास जना अटाउने लिईएको थियो । कार्यक्रम शुरु त भयो, तर हलमा कुर्सी खाली देखिए । उपस्थित संस्थाका अध्यक्षहरु मध्येपनि धेरैले आआफ्नो तर्फबाट भाषण ठोकेर सक्नासाथ बाटो लागे । यसो गर्दा भाषण ठोक्नेको संख्या भन्दा सुन्नेको कम देखियो ।
एन आर एनका अर्का केन्द्रिय सल्लाहकार युवराज गुरुङले फेरि मञ्चमा जानै अस्विकार गरिदिए । उनलाई मञ्चमा बोलाइएको थियो । पटक पटक मञ्चमा नित्याउँदापनि उनले ‘हैन मलाई यहिँ ठिक छ’ भन्दै अन्य सहभागि बस्ने हलमै बसेका थिए । धेरैले उनी र एन आर एन बेल्जियमका अध्यक्ष प्रेम गुरुङबिच संबन्ध राम्रो नभएकाले त्यसो गरेको भन्ने गाइँगुइँ गरेका थिए । एन आर एनको टास्क फोर्सका गंगाधर गौतमले त झन आफ्नो सदस्यतानै ‘ल फिर्ता लिनुस्, मलाईपनि चाहिन्न’ भन्दै मिल्काइदिएका थिए । किनभने उनले थुप्रै नेपालीको सदस्यताकालागि आब्देन दिएका थिए । आबेदन दिएका अन्य नेपालीको परिचयपत्र एन आर एनले नदिएकाले उनले ‘मलाईपनि चाहिन्न यो’ भन्दै मिल्काइदिएका हुन् ।
भएको के हो? किन आएनन् सहभागि ?
आजको एन आर एन कार्यक्रममा सुन्ने भन्दा भाषण ठोक्नेको संख्या बढि हुनुको कारण १७ जुलाई बिहिबारका दिन बेल्जियमको आन्तर्पेन शहरमा बिभिन्न सात पार्टीका जनवर्गिय संगठनहरुले निर्वाचन आयुक्त इला शर्मासित छलफल कार्यक्रम राख्ने भनेर निधो गरेका थिए । बिदेशमा रहेका नेपालीहरुको मतदाता नामावली नाम दर्ता, ओभरसिज भोटिङलगायत प्रवाशी नेपालीको अधिकारलाई प्रभावकारि बनाउन ति विषयमा सुझाव संकलनार्थ निर्वाचन आयोगका निर्वाचन आयुक्त इला शर्माको उपस्थितिमा छलफल गर्न लागेका थिए । तर एन आर एन बेल्जियमले त्यसलाई उछिनेर अघिल्लो दिननै करिब तिस जनाको उपस्थितिमा ईला शर्मासित छलफल कार्यक्रम राखिदियो । ईला शर्मालाई ‘बिरामी भएकोले उपस्थित हुन नसक्ने’ भन्ने बहान बनाएर सात जनवर्गिय संगठनको कार्यक्रम रद्द गराउन लगाइयो भन्ने सार्वजनिक भयो । सात जन वर्गिय संगठनले त्यो कार्यक्रम रद्द गर्नुपर्यो । जे होस सात जनवर्गिय संगठनलाई बाईपास गरेको, धोका दिएको भनेर एन आर एन बेल्जियमसित क्रुद्द बने ।
त्यो कार्यक्रमलाई बाईपास गरेर किन एन आर एन अगाडि सर्यो ? आखिर नेपालमा एन आर एन निर्वाचनमा जाने त होइन, जाने राजनितिक दल हुन् । राजनितिक दलहरुनै मिलेर गर्न लागेको राजनितिक कार्यक्रमलाई किन भाँजो हाल्यो त एन आर एनले ? कि एन आर एनले हामीपनि निर्वाचनमा जाँदै छौं भन्नुपर्छ, हैन भने त्यो गल्ति हो भनेर स्विकार्नुपर्छ भनेर अड्डि कसे । छलफल गर्दा एन आर एन अध्यक्ष प्रेम गुरुङ र आ इ सिसी सदस्य शिव बरुवालले तत्यसरि बाईपास गरेर जानु गल्ति थियो भन्दै स्विकारे । अध्यक्ष प्रेम गुरुङलाई उसो भए गल्ति भएको भनेर बिज्ञप्ती निकाल्नुस् भनियो । तर उनले आलटाल गरे । उनले आलटाल गरेपछि अब एन आर एनलाईपनि कहिँ न कहिँ पाठ सिकाउनु पर्छ, त्यसको बदला लिनुपर्छ भन्ने आक्रोश राजनितिक दलका सात जनवर्गिय संगठनलाई परेको हुनुपर्छ । स्रोतका नुसार आज त्यसैको बदला लिएका हुन् ।
नेपालप्लस स्रोतका अनुसार खास भएको के भने सात राजनितिक दलका जन वर्गिय संगठनहरुले एन आर एन निम्तो ग्रहण गरे । त्यसपछि आआफ्ना कार्यकर्ता, सदस्य र शुभचिन्तकहरुलाई सकुलर गरिदिए ‘एन आर एनको वार्षिक साधारण सभामा अनुपस्थित हुनु’ भन्दै । सर्कुलर, फोन र मेलबाट पुर्याइयो । संगठनका अध्यक्ष र केहि मुख्य हर्ताकर्ताले सहभागि जनाउने तर कार्यकर्ता र सदस्यहरुलाई अनुपस्थित गराउने रणनिति बनाए । कार्यक्रममा जनवर्गिय संगठनका अध्यक्षहरु आए । पालै पालो भटाभट आफ्नो मन्तब्य दिए र ति आआफ्नो बाटो लागे । कार्यक्रम अवधिभरपनि बसेनन् । त्यसैले गर्दा कार्यक्रममा पूर्ण सहभागि त के तिनले एक अर्काको पूर्ण मन्तब्यपनि सुनेनन् । कोकोले सम्बोधन गर्छन्, के बोल्छन् भन्ने मतलव पनि राखेनन् ।
सात जनवर्गिय संअगठन मध्येका एक समर्थकले आज नेपालप्लसलाई बताए अनुसार सात राजनितिक दलका जनवर्गिय संगठनले राखेको राजनितिक भेटघाटमा एन आर एनले भाँजो हालेकालेनै उसलाई पाठ सिकाउन एन आर एनको कार्यक्रम असफल पारिएको हो । यसको मुख्य दोषेपनि प्रेम गुरुङनै हुन् । कुनैपनि कार्यक्रम आयोजना हुँदा आफूलाई अतिथि बनाउनु पर्ने, त्यो नबनाए अनुपस्थित हुने गर्छन् उनी । नेकपा-माओवादीका अध्यक्ष मोहन बैध्य किरण र देव गुरुङ आएर सहभागि भएको जनप्रगतिशिल मोर्चाको कार्यक्रममा पनि अतिथिका रुपमा निम्ता गरेपछि आफूलाई भाषण गर्न दिनुपर्ने भन्दै प्रेम गुरुङले गुनासो गरेका थिए ।
जनवर्गिय संगठनहरु मिलेरै कार्यक्रम गर्ने, मिलेर जाने भन्ने सहमति हुँदाहुँदै प्रेम गुरुङले त्यो सहमतीलाई भाँडेको भन्दै नेपालीहरु आक्रोशित भएको स्रोतले बतायो । ‘यदि यहि हठ रह्यो भने एन आर एनलाईपनि बाईपास गरेर, एक्लो पारेर गइन्छ” स्रोतले भन्यो । यसका बारेमा एन आर एन बेल्जियमको धारणा भने आउन बाँकिनै छ । जेहोस आजको अकर्यक्रमले एन आर एनका करिब दुई हजार एक सय सदस्यहरुको सदस्यता र एन आर एन आस्थामाथि प्रश्न उठेको छ ।
तलका लेख, रिपोर्टपनि हेर्ने की ?
अन्तर्राष्ट्रिय मेलामा आएका नेपाली बिमानस्थलबाटै फरार
एसेन्टा मेलामा गरिएको मानव तस्करीको थप भण्डाफोर (अडियो सहित)
एसेन्टा मेलामा दुतावासलाई मुछ्ने झुठको फेरि पर्दाफास
यि मध्ये को को हुन् त दलालको फन्दामा परेका नेपाली ?
अर्थमन्त्रीलाई साक्षी राखेर दाजुभाईका झगडा छताछुल्ल
एसेन्टा मेलामा दुतावासलाई मुछ्ने झुठको फेरि पर्दाफास
बेल्जियमका महामहिम परक्क बाउँठिँदा अन्तर्राष्ट्रिय मेलामा नेपालको बेईज्जत







