संयोजकलाई कुट्ने भन्दै हलबाहिर मोर्चाबन्दि

ERM-spain-1

गत जुन ७ र ८ मा एन आर एन युरोपेली भेला त भयो । तर भेला सकिएपछि बल्ल त्यसका असन्तुस्टि, गुनासा र भित्रि पाटाहरु खोतलिँदै छन् । युरोपस्तरिय सम्मेलन सकिएपछि त्यसका बारेमा थप जिज्ञासा, आरोप, शंका र आक्रोस फैलिँदो छ । नेपालप्लसलाइ त्यहाँका बिभिन्न स्रोतले बिभिन्न जानकारि दिईरहेका छन् । आक्रोशित केहि युवाहरुले एन आर एन युरोप संयोजक अर्जुन श्रेष्ठलाई कुट्ने भन्दै हलबाहिर मोर्चाबन्दि गर्दै कुरेर बसेको जानकारिपनि दिएका छन् । त्यसैगरि युरोप समितीले यथार्था जनाकरि दिने भनेपनि भाग्ने र पन्छिने गरेको आरोपपनि सम्मेलन आयोजक समितिकै केहि सदस्यले लगाएका छन् । सम्मेलनमा सिफरिस गरिएको भनिएका ब्यक्तिहरुको सूचीपनि गलत भएको आरोप लागेको छ । केहिले पाएको प्रशंसा पत्रपनि अस्विकार गरिदिएका छन् । आज नेपालप्लसले यसैको बिबेचना गर्ने छ ।

जून ६  का दिन साँझ एन आर एन स्पेन र सम्मेलन सफल पार्न खटिएका अन्य संस्थाका ब्यक्तिहरु आक्रोशित भएर बसेका थिए । साँझ एन आर एन युरोप संयोजक अर्जुन श्रेष्ठ र उपसंयोजक सोम सापकोटा सहित अरु पुगे । एन आर एन सम्मेलनमा के के मुख्य विषयमा छलफल र बहस हुने हो एजेण्डा मागे । अनि भिसाका लागि सिफारिस गरेका ब्यक्तिहरुका बारेमा यथार्थता मागे । नेपालप्लसको समाचारलाई उल्लेख गर्दै सत्य तथ्य बाहिर ल्याउन माग गरे । अर्जुन श्रेष्ठले त्यस्तो नगरेको भनेर जवाफ दिए । त्यसो भए नेपालपलसमा यो सम्मेलनका लागि निम्ता गरेका ब्यक्तिका बारेमा उठाएको प्रश्नको जवाफ दिन, खण्डन सत्य तरिकाले गर्न र  सत्यता आफूहरुलाई दिन माग गरे । अर्जुन श्रेष्ठले यहाँ निम्ता गरिएकाहरु नेपाल फिर्ता नगए आफूले जिम्मेवारी लिने बताए । उनले नेपालप्लसले पहिलेपनि एन आर एन का बिरुद्द गलत समाचार लेखेको बताएर पन्छिन खोजेका थिए । उनले नेपालप्लसले सधैं गलत लेख्ने गरेको, पहिलेपनि आफुलाई मानव तस्करी गरेको भन्ने गलत लेखेको भन्दै आफ्ना पक्षमा जनमत बनाउन खोजेका थिए । तर उनले त्यसो भन्नासाथ एन आर एन स्पेनका सल्लाहकार गोपाल रेग्मी, सम्मेलन आयोजना गर्नेमा सहभागि इश्वर नास्तिक शर्मा, महेश कँडेल, रमेश पौडेल, विशाल ढुंगाना लगायतले प्रतिबाद गरेका थिए ।

सम्मेलनका क्रममा हुने गतिबिधी, निम्ता, भिसा सिफारिस र सबै खर्चको हिसाव किताब पारदर्शी गर्न कड्केर जवाफ मागेपछि अर्जुन श्रेष्ठ हच्किएका थिए । त्यसपछि उनीहरुले त्यसको सबै हिसाव किताब स्पष्ठसित दिने बताएका थिए । केहि बेरपछि नेपालप्लसलाई सूचना दिएको भन्दै आक्रोशित भएपछि अर्जुन श्रेष्ठ हलभित्र सम्मेलनको तयारिका लागि छलफलमा पसेका थिए । आफूहरुले रातदिन खटेर सम्मेलन सफल पार्न लाग्दापनि उल्टो आरोप लगाउने, सत्य तथ्य माग्दा आरोप नदिने र हेप्ने काम गरेको भन्दै केहि युवाहरु आक्रोशित भए । उनलाई हल बाहिर निस्किए राम धुलाई गर्ने भन्दै हल बाहिर मोर्चाबन्दि गरेका थिए । त्यहि आक्रोश देखेपछि सोम सापकोटासहितको पहलमा सबै सार्वजनिक गर्ने भनेर तिनलाई संझाउँदै थामथुम पारिएको थियो ।

संयोजकले बोलेको झुठ

बेल्जियममा भएको एसेन्टा ब्यापारिक मेलामा धेरै नेपालीसित १० लाख भन्दा बढि भिसाको दाम लिएर बेल्जियम छिराइएको थियो । त्यहि बेला अर्जुन श्रेष्ठमाथि मानव तस्करी गरेको आरोप लागाइयो । त्यो मुद्दालाई नेपालप्लसले गम्भिरताका साथ उठएको थियो । अर्जुन श्रेष्ठसित नेपालप्लसले अन्तर्वार्तानै लिएको थियो । उनले आफ्नो अन्तर्वार्तामा त्यस आरोपको चित्तबुझदो जवाफ दिनुभन्दा पन्छिने र आफ्नै बखान छाँट्ने तरिकाले दिएका थिए । उनको अन्तर्वार्ता यहाँ क्लिक गरेर हेर्नुस् । उनीमाथि लागेका आरोप यहाँ यहाँ यहाँ गएर हेर्नुस् । उनीमाथि मानव ओसारपसार गरेको आरोप त्यो बेला जनआस्था साप्ताहिकसाँघुलेपनि लगाएका थिए । एसेन्टा मेला आयोजक समितिकै सदस्य ओम शर्मालेपनि सत्य तथ्य बाहिर ल्याउन छानबिन गर्ने बताएका थिए । उनको अडियो सहितको रिपोर्ट यहाँ क्लिक गरेर सुन्नुस् ।

त्यो बेला उनले बिज्ञप्ती निकालेपनि सबैले पाउनेगरि सार्वजनिक गरेनन् । केहि ब्यक्तिका ईमेलमा पठाएर सिमित राखे । अर्थत् त्यसलाई उनले राम्रोसित प्रचारप्रसार गराउन चाहेनन् । नेपालप्लसलाईपनि पठाएनन् । तर एन आर एन सम्मेलनमा भने ‘आफुले बक्तब्य पठाएरपनि ददि सापकोटाले नेपालप्लसमा छापिदिएन’ भन्ने झुठ बोले । त्यति बेला एसेन्टा मेलामा भएको मानव ओसारपसारको छानबिन गरि सत्य तथ्य बाहिर ल्याउने भनेपनि उनले त्यो बाहिर ल्याउन सकेका छैनन् र ओम शर्मालेपनि त्यसलाई छानबिन गरेर बाहिर सार्वजनिक गर्न सकेका छैनन् । मेडियामा लागेको आरोपकोपनि उनले आजसम्म भरपर्दो तरिकाले प्रतिबाद गर्न सकेका छैनन् ।

हमलाका योजनाकार

जनजाति महासंघको कार्यक्रममा नेपालप्लसका मुख्य सञ्चालक म बेल्जियम गएका बेला नेपालप्लसमा निस्किएका समाचारका विषयमा गुनासो रहेकाले सौहार्दपूर्ण वातावरणमा छलफल गरौं न भन्ने प्रस्ताव राख्न पुगेका उनी साँझ हमला गर्ने रणनिति बनाउनेमा थिए । महिलाहरुले अग्र मोर्चामा बसेर बिबाद गर्ने, मलाई घेर्ने र कुट्ने गर्दा सजिलो हुन्छ भन्दै त्यो योजनामा सहमती माग्दै हिँडेका थिए । उनको उक्साहटमा अनुजा प्रधान, अनिता तामाङ जानकी गुरुङ लगायतले हमलाको प्रयास गरेका थिए । पछि अनिता तामाङ र अनुजा प्रधानले अर्जुन श्रेष्ठ र अर्का योजनाकार भनिएका गंगाधर गौतम, युवराज गुरुङसित ‘हामीलाई हमला गर्न उचालेर तपाईहरु चाहिँ बच्ने ? हाम्रो बेइज्जति गराउने’ भन्दै बिबाद गरेका थिए । अर्जुन श्रेष्ठले ‘यस्तो लेख्छ, यसलाई कारवाही गर्नुपर्छ, ल सहमती गरौं’ भन्दै सहमती खोज्दै हिँडेका थिए । एन आर एन बेल्जियमबाटै लिखित सहमती गरौने प्रयास गरेका थिए । त्यसैले नेपालीले नेपालीका लागि’ भन्ने नारा लिएर एन आर एनको संस्थागत जिम्मेवारीमा बसेका उनी मेडियाबिरोधी, हमलाकार, गुण्डा परिचालक, गुण्डागर्दीका संरक्षक र एन आर एनलाई बदनाम गराउने पात्र हुन् । नेपालीको हित भन्ने मुकुण्डो भिरेर नेपालीलानै कुटपिटमा उतार्न खोज्ने ब्यक्ति हुन् उनी । एन आर एन युरोपेली सम्मेलनमापनि धेरैले उनमाथि मान्छे ओसार्ने चर्चा गरिरहेका थिए । एन आर एन अभियन्तामाथि यत्रो आरोप लाग्दा, नेपालीमाथिनै हमलाको प्रयास गर्दापनि सिंगो एन आर एन अहिलेसम्म मुकदर्शक बनिरहेको छ ।

प्रशंसा पत्रनै अस्विकार

एन आर एन सम्मेलनमा दुख गरेका ब्यक्तिहरुलाई मानमर्दन गरेको तर कामै नगरेको ब्यक्तिलाई प्रशंसा गरेको भन्दै प्रशंसा पत्र बहिस्कार गरिदिएका छन् । त्यसरि अस्विकार गर्नेमा दिपा गुरुङ थिईन् । उनले “मलाई प्रशंसा पत्र प्रदान गरिएको रहेछ । महिला फोरमका सक्रिय कार्यकर्तालाई प्रशंसा पत्र नदिएको भन्ने सुनिएको छ । काम गर्नेको नामनिशान छैन, काम नगर्नेलाई प्रशंसा पत्र । यस्तो प्रव्रित्ति कहिलेसम्म रहने हो ? कार्यक्रममा खटिएर काम गर्नेको सहि मूल्यांकन समितिले किन गरेन ? मैले कुनै योगदान गर्न नपाएकाले त्यो लिनु मेरो नैतिकताले दिन्न” भन्दै सामाजिक सञ्जालमा लेखेकि छन् ।

हिसाब किताब नदिई भागे 

एन आर एन सम्मेलन आयोजक स्पेनका सदस्य मध्ये एक ईश्वर शर्माका अनुसार एन आर एन सम्मेलन सकिएपछि ८ जुनमा सम्मेलनको यथार्थता बारे सार्वजनिक गर्न र जानकारि दिन बैठक बस्ने निधो जुन छ को राति दुई बजे गरिएको थियो । तर सम्मेलन सकिएपछि भने त्यसलाई बेवास्ता गर्दै आफूहरुलाई गुमराहमा राखेर भागेको शर्माले आरोप लगाएका छन् ।

आआफ्ना मान्छे भित्र्याएको आरोप 

नेपालप्लस स्रोतका अनुसार देखाउनकालागि एन आर एनको सिफारिसमा आएका यि यि मानिस हुन् भनिएपनि त्यसबाहिरका मानिसपनि भित्रिएका छन् । त्यस्ता मानिसहरुको नाम खोलिएको छैन । कोहि कार्यक्रममा सरोकार नभएका आए त कोहि त्यसैका नाममा आएका मानिसपनि कार्यक्रममा छिरेनन् । एन आर एन स्पेनका उपाध्यक्ष निरज कुमार पोख्रेलका भाई निर्मल कुमार पोख्रेललाई त्यसैगरि भिसाको लागि सिफारिस गरिएको थियो । एन आर एन सम्मेलनमा भाग लिन भनेर भिसा सिफारिस गरिएका उनी सम्मेलनमै उपस्थित नभएको स्रोतले उल्लेख गर्यो । उनका बारेमा एन आर एन स्पेनका सल्लाहकार गोपाल रेग्मीले स्पष्ठिकरण मागेका थिए । रेग्मीले स्पष्ठिकरण माग्दा दुबाईमा ब्यापार गर्ने निर्मल कुमार पोख्रेललाई आफूले बोलाएको तर उनी फर्केर जाने निरज कुमार पोख्रेलले बताएको नेपालप्लसलाई स्रोतले जानकारि दियो । उनीहरु एन आर एन स्पेनको संस्थागत गरिमालाई दुरुपयोग गरेको भन्दै आक्रोशित भएका छन् ।

सम्मेलनमा भिसा सिफारिस गरिएकाहरुका बारेमा स्पष्ठ जानकारि नदिएको, लुकाएको भन्दै एन आर एन स्पेनकै प्रतिनिधीहरुले प्रतिक्रियाहरु दिइरहेका छन् । “हल्लै हल्लाका बिच शुरुदेखि अन्तसम्म फोस्रा बोलिमा सिमित राखी कार्यक्रममा जिम्मेबारी पाएकालाई समेत प्रस्ट जानकारी नगराउनु । बारम्बार जिम्मेबार पक्षसँग प्रस्ट डाटा सहित स्पेन भित्रिएकाहरुको जानाकारी माग्दा नदिनु र प्रसंग बिनाका मान्छे स्पेन भित्रिनुलाई नकारात्मक उपलब्धिका रुपमा लिन सकिन्छ” रेग्मीको भनाई छ ।

प्रमुख अतिथि भन्दा विशेष अतिथि ठूलो ?

सम्मेलनमा डा हेमराज शर्माको युरोपेली सम्मेलन घोषणा टोली थियो । त्यस टोलीले तयार पारेको घोषणा पत्रमा प्रमुख अतिथि भन्दा विशेष अतिथिलाई ठूलो बनाएको भन्दै बिरोध एन आर एन स्पेनका सल्लाहकार गोपाल रेग्मीले गरेका छन् । उनले एन आर एनमा राजनितिलाई अलग राख्ने भनेपनि डा शर्मालेनै राजनिति गरेको आरोप लगाएका छन् । “एक दिन अघि त्यहि सम्मलेन चलिरहँदा बिधानमा बिवादित विषय मिलाउने समितिका संयोजक समेत रहेका उनि भन्दै थिए ‘राजनितीबाट एन आर एन लाई मुक्त बनाउने ।’ सबैभन्दा अगाडी बढेर उनैले राजनीति गरे । एन आर एन ले राजनीति गर्यो ।” गोपाल रेग्मीले उठाएका विषयमा रमेश आसिक शर्मा, जगन्नाथ सिलवाल लगायत धेरैले समर्थन् जनाउँदै सम्मेलनका क्रियाकलाप पारदर्शी नभएको भनेर आरोप लगाएका छन् ।

एसेन्टा मेलामा कसरि पैसा भिसा सिफारिस गरियो तलका लिंक हेर्नुस्

मानव तस्करीमा महासंघका महारथी 

अन्तर्राष्ट्रिय मेलामा आएका नेपाली बिमानस्थलबाटै फरार 

एसेन्टा मेलामा गरिएको मानव तस्करीको थप भण्डाफोर (अडियो सहित) 

बेल्जियमको अन्तर्राष्ट्रिय मेलामा भ्रस्टाचार, ठगि वा मानव ओसारपसारबारे नेपालप्लसको प्रश्न र संयोजकको जवाफ 

एसेन्टा मेलामा दुतावासलाई मुछ्ने झुठको फेरि पर्दाफास

तपाइँको प्रतिक्रिया