एन आर एन युरोपेली भेलामा हल रित्तै, बाहिर आआफ्नै बैठक

nrn-european-conference

   (हिजोको भेलामा सहभागि हेर्नुस् त कुर्सी खाली)

एन आर एनको युरोपेली भेला अस्ति साँझ देखि शुरु भयो । हिजोको कार्यक्रम कसरि सफल पार्ने भनेर अस्ति सामान्य बैठक बस्यो । अनि एन आर एन युरोपका संयोजक अर्जुन श्रेष्ठको अलि अलि हुर्मत लिए स्पेनका एन आर एनवालाले । अर्जुनले फेरि नेपालप्लसको अनुपस्थितिमा हुर्मत लिन खोजेपनि केहिले तत्कालै त्यहिँ प्रतिबाद गरे । सांस्क्रितिक कार्यक्रम भयो साँझ । सबै रमाए । तर हिजो मुख्य कार्यक्रम भएको दिन । बिजोकनै भयो । किनभने युरोपेली भेलाका लागि भनेर धेरै जसो गएपनि ति देखावटीका लागि मात्रै गएका रहेछन् । भित्र हलमा भटाभट कार्यक्रम भैरहेको थियो । तर हल भने खाली । सुन्नुपर्ने, कार्यक्रममा सहभागि हुनुपर्ने हरु छन त त्यहिँ थिए । तर हल बाहिर आआफ्नै संगठन र पार्टीका बैठकमा । त्यसैले युरोपेली भेला खाली कुर्सी र टेबलका बिचमा चलिराख्यो । बाहिर कुन कुन संस्थाको थियो त बैठक ? कोको थिए बाहिर ब्यस्त ? 

किनभने युरोपेली सम्मेलनलाई बेवास्ता गर्दै बाहिर छुट्टाछुट्टै तिन चार वटा बैठक थिए । नेपाली कांग्रेस समर्थकहरुको छुट्टै बैठक थियो । त्यसमा युरो कांग्रेसलाई के गर्ने भन्ने विषयमा चर्काचर्की बहस चलिरहेको थियो । कांग्रेसको त्यस्तो बैठक छोडेर एन आर एनको सम्मेलनमा कसले टाउको दुखाउने ?

एन आर एन युरोपेली सम्मेलनमा विशेष अतिथि बनेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाश शरण महतनै कांग्रेस बैठकमा थिए । एन आर एन पोर्चुगलको प्रतिनिधी बनेका पूर्ण हमाल कांग्रेस बैठकमै थिए । युरो कांग्रेसले नेदरल्याण्ड्स आउनकालागि प्रबन्ध मिलाएपनि सम्मेलन सम्मको जाने, बस्ने  र खाने खर्च भने एन आर एन युरोप समितिले ब्यहोरेको थियो महतलाई । तर तिनै महत सम्मेलन हल छोडेर कांग्रेस बैठकमा लागे । त्यहाँ उपस्थित हुनेमा इन्द्र क्षेत्री, जगन्नाथ डाँडा कटेरी, माधव सापकोटा, जानकी गुरुङ, जर्मनीका दिल गुरुङ, स्पेनका चिन्तामणी सापकोटा, स्पेनकै बेदराम कँडेल, सिता सापकोटा लगायत युरोपका कांग्रेस कार्यकर्ता थिए । अरुको त हलमा बस्नै पर्ने जिम्मेवारी भएन । तर एन आरएन प्रतिनिधी र रामशरण महतको ? ।

nrn-conference-spain-2

                   (पहिलो दिन, नाचगान चलेको बेला)

अर्को पट्टी युरोपका पत्रकारहरुको बैठक चलिरहेको थियो । समाचार संकलनकालागि भनेर गएर ति पत्रकारहरु हल बाहिर गुरुप्प परेर ति पत्रकारिताका अनेक आयाम र भाबी योजनाबारे छलफलमा ब्यस्त थिए । नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष महेश थापा, उपाध्यक्ष पुष्प बरुवाल, सदस्य भिम कमल केसी, बेलायतका पत्रकार राजेन्द्र भट्टलगायत छ सात जना थिए । केहि नेपाल पत्रकार महासंघ युरोपका सदस्य र केहि गैह्र सदस्य थिए । केहि पत्रकार  चाहिँ यता पत्रकारहरु बिचको छलफल र कांग्रेस बैठक दुबैतिर आवतजावत गरिरहेका थिए । किनकि ति पत्रकार र कांग्रेस कार्यकर्ता दुबै थिए ।

त्यसैगरि तेस्रो बैठक एन आर एन स्पेनकै गुनासोकर्ताहरुको थियो । ति जम्मा भएर आफ्ना गुनासाहरु केन्द्रले, एन आर एन युरोप समितिले नसुनेको । आफ्ना मेहनत फोक्कटमा गएको । भेला झुर भएको । मेहनत फोक्कटमा गएको । सम्मेलनका नाममा कसका कति मान्छे घुसे युरोपमा भन्ने छलफलमा ब्यस्त थिए । त्यसैले तिनलाई भित्र के भएको भन्नेमा मतलव थिएन ।

सामाजिक ब्यक्तित्वहरुको मान मर्दन

एन आर एन स्पेनको तयारि पहिलो दिन राम्रो अनुभव गरेका थिए । किनभने सांस्क्रितिक कार्यक्रम हुँदैपनि सहभागि र प्रतिनिधीहरु आउने क्रम थियो । तर कार्यक्रममा के के एजेण्डामा छलफल हुने भन्ने न त केन्द्रले न त एन आर एन युरोप समितिलेनै आयोजक एन आर एन स्पेनलाई प्रस्ट्याएको थियो । त्यसैले एन आर एन स्पेनका कार्यकारी समितिका केहि सदस्य रुष्ट थिए । कार्यक्रमको खाका र सबै स्पष्ठता माग्ने सुरमा थिए । तर साँझा आएका मुख्य हर्ताकर्ताले हारहुर गरे । केहि बताएनन् । त्यसपछि सम्मेलनमा भिसाका लागि सिफारिस गरिएका ब्यक्तिहरु मध्ये जो प्रति एन् आर एन स्पेनको शंका थियो त्यसका बारेमापनि खुलेर बताउन सकेनन् । बास्तबमा कति मानिस आए भन्नेनै निर्क्योल हुन सकेन ।

दोस्रो दिन (जुन ७) यो कार्यक्रम सफल पार्न अहोरात्र खटेका स्पेनकै केहि सामाजिक ब्यक्तित्वहरुको मानमर्दन गरियो । नेपाली जनसंपर्क समितिका स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा, नेपाली समाजका जगन्नाथ डाँडाकटेरी, जनप्रगतिशिल मोर्चा स्पेनका अध्यक्ष इश्वर नास्तिक शर्मा लगायत स्पेनका सामाजिक संस्थाका अध्यक्षहरुलाई समेत उचित स्थान दिइएन । अध्यक्ष जस्तो पद सम्हालेर नेत्रित्व दिएकालाई अन्य एन आर एनका सामान्य सदस्यलाई झैं ‘एन आर एन सदस्य’ लेखेको ब्याच दिएपछि धेरैले आफ्नो अपमान भएको महसुस गर्दै ब्याच मिल्काएर हिँडेका थिए ।

एन आर एन स्पेनका संस्थापक र निबर्तमान अध्यक्ष अनिल गुरुङसमेत सम्मेलनमा उपस्थित भएनन् । गुरुङले ‘सम्मेलनमा उपस्थित नहुनुनै जाति देखेकाले’ भन्ने ब्यहोरा फेसबूकमा लेखेर असन्तुष्टि पोखेका थिए । त्यसो त देखिहाल्नु भयो हल रित्तो । को हुने ? टाढाका र आआफ्ना राजनितिक सांगठनिक स्वार्थ, कार्यक्रम हुने त हल छोडेर त्यतै लागे । त्यत्रो दुखले तयारि गरेका स्पेनका नेपालीपनि किन नछिरेका हलमा ?

स्पेनमा सात हजार नेपाली छन् भनिन्छ । कसैको आँकडा छैन, अनुमान हो सबैको । तर बार्सिलोनामा नै तिन हजार पाँच सय जति भएको अनुमान छ । उसो भए कहाँ गए त ति नेपाली ? आगन्तुकहरु बाहिर ब्यस्त भएपनि स्पेनका नेपालीले चासो दिएको भए के हल भरिने थिएन र ? अँहँ स्पेनका नेपालीलाई ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भयो । किनभने एक त त्यहिँकै संघ संस्थाका नेत्रित्वकर्ताको मानमर्दन भयो । अर्को मुख्य एजेण्डा के के हुनेमै अलमल भए । अर्को, तिनका मुख्य समस्या सुनिदिने जिम्मेवार प्रतिनिधी देशको कोहि आएन । हिजो जुन सातका दिन ‘नेपालमा पार्क बनाउन कसले कति पैसा दिने ?’ भन्ने विषयमै होडबाजी, कसले बोल्छ भन्दै खोजतलास भैहाल्यो । आधा दिन त्यसैमा गयो । भकाभक लाख लाखका दरले बोल्दै गए । कोहि लौ अब नाम बोलाउलान् र बेइज्जत होला भनेर छेउकुना लागे । कसैले ‘जबर्जस्ति पैसा बोल्न बाध्य नपार्नुस् न’ हाकै भने ।

अर्को पक्ष भनेको कार्यक्रम स्थलमा एन आर एन युरोपका प्रतिनिधीहरुले राम्रो भूमिका खेल्न सकेनन् । एन आर एन सम्मेलनका नाममा पैसा खाएर वा त्यसका नाममा आफन्तलाई भिसा सिफारिस गराएर यतै दम्पट गराउने काम हुँदै आएकोमा शंका गरेका थिए । यो सम्मेलनको लागि भिसा सिफारिस गरिएकामा केहि एन आर एन युरोपका संयोजक, एन आर एन स्पेनका तर्फबाट सम्मेलन आयोजकमा बसेका एकराज गिरी लगाअतले केहि सहभागिको नाम भिसाकालागि सिफारिस गरेकामा सबैको चित्त बुझेको थिएन । पहिलो दिन हल बाहिर त्यस अनौपचारिक विषयमा छलफलपनि भएको थियो । त्यसैले गर्दा धेरै स्पेनबासीलाई “आ सम्मेलन सम्मेलन भन्दै आआफ्ना मान्छे युरोप घुसाउने त हुन्” भन्ने पर्यो । आफैं अपमानित भएपछि संघ संस्थाका अध्यक्षहरुले पनि स्थानिय सहभागिताका लागि अनुरोध जोड गरेनन् ।  त्यसैले गर्दा भित्र एन आर एन समेलन त चल्यो । तर हल खाली जस्तै भएर ।

(म उपस्थित नभएपनि अरु मेडियाले दिन नसकेका, नदेखेका, नपाएका, डराएका, चाकरि गर्ने भएकोले नदिएका भित्रि पाटा खोतलेर अझै दिने छु, नेपालप्लस हेर्दै गर्नुहोला)

 

तपाइँको प्रतिक्रिया