एन आर एनको युरोपेली भेला र युरोपका नेपालीको अपेक्षा

सन्तोष न्यौपाने  / बेल्जियम

journalist-santosh-nyaupane(belgium-0068987690विभिन्न तामझामका साथ भोलि देखि स्पेनको बार्सिलोनामा एन आर एन युरोपियन सम्मेलन सुरु हुन गैरहेको छ । यसको केहि दिन अगाडि मात्रै युरोपियन संयोजक तथा सह संयोजक लगायत एन आर एनहरु  ब्याक फोर्स जम्मा गर्नका लागि विभिन्न देशहरुको परिक्रमा गरे । आफना नयाँ योजनाहरु सुनाए। भाषण ठोके । र मेडियामा आआफ्नो पहिचान स्थापित गर्न प्रयत्नरत रहे । तर नतिजा भने कुनै फरक नरहने पक्कापक्कि छ ।

गत सम्मेलनलाई रि क्याप गर्नेहो भने स्विजरल्याण्डमा सम्पन्न एन आर एनको कार्यक्रमले एउटा हाँस्यास्पद छाप छोडयो । त्यो हो, दार्चुला बाढि पिडितहरुको लागि उधारो दान । केहि समय पश्चात मेडियाको चौतर्फि दबाबको कारण उत्त रकम नेपाल सरकार मार्फत दाखिला गरे । जुन आफैमा हाँस्यास्पद मात्र नभएर लज्जास्पद पनि बन्यो । यस्तै गरेर भोलि देखि स्पेनमा हुन गइरहेको सम्मेलनमा पनि विभिन्न योजनाहरु अर्थात अगाडि सारेको छ ।  कार्यक्रम लगायत योजना सफल पार्नका लागि जम्मा खर्च रकमनै ३५ हजारभन्दा बढि युरो अनुमानित गरिएको छ । आगामि योजनाहरुले कत्तिको सार्थकता पाउने हुन त्यसको लागि भने केहि समय अवश्य कुर्नुपर्ने देखिन्छ । 

एन आर एनका संयोजक अर्जुन कुमार श्रेष्ठले केहि समय अगाडि दिएको अन्तर्वाता द्धारा युवा शशत्तिकरण र महिला शशत्तिकरण बारे ब्यापक छलफल हुने बताएका थिए । तर के कसरि गर्न सकिन्छ, जान सकिन्छ भन्नेमा उनको तर्क त्यति पर्याप्त भने थिएन ।

नेपालका युवाहरुलाई बढि भन्दा बढि विभिन्न माध्यमद्धारा युरोपियन मुलुक छिराएर युवा शशत्तिकरण हुने हो वा अन्य कुनै योजनामुताविक उनले अगाडि बढाउने हुन भन्नेमा पनि स्पष्ठ थिएन । यदि युरोपमा रहेका नेपाली युवाहरुलाई गोलबद्ध गरेर अगाडि जान खाजेको हो भने त्यो एन आर एनलाई फलामको चिउरा चपाउनु सरह नै हुनेछ । किनकि एन आर एन अधिवेशनताका त्यस्ता युवाहरु जसले सहयोगको अपेक्षा राखेका थिए तर केहि समय पश्चात उनिहरुनै अपहेलित हुन पुगे । यदि एन आर एन ले युवाहरुको लागि केहि गर्न चाहन्छ भने समस्यामा गुज्रिरहेकाहरुको पहिला मन जित्न सक्नुपर्दछ । श्रेण्ठ बसोबास गरिरहेको देश बेल्जियममा पनि उनले आज सम्म धेरै गर्न सक्थे । तर आजसम्म त्यसलाइ सफल पार्ने एउटा छनकपनि दिन सकिरहेका छैनन । महिलाहरुका सम्बन्धमा पनि उनले के कति कामहरु बेल्जियममा गरे त ? त्यसको लेखाजोखा सबैले गरिरहेका छन । गत महिला सम्मेलन कार्यक्रम पनि बडो तामझामका साथ महँ रकम खर्च गरेर बेल्जियममै गरियो । अन्तत : भाषण र खानपिनमा मात्रै सिमित रहयो । के त्यहिनै थियो त एन आर एनको महिला सम्मेलनको उुदेश्य ? सोचनिय विषय बनेको छ । अर्को तर्फ स्थाइ बसोबासका लागि प्रयत्नरत युवाहरुको लागि उनले के गरे ? अहिले के गर्दैछन ? यसबारेमा उनले स्पष्ठसित बोल्न सक्नुपर्छ । अन्यथा जनमानसमा दिन प्रतिदिन गिरिरहेको उनको शाख फेरि जुर्मुराउन सक्दैन ।

त्यस्तै,र सहसंयोजक सोम सापकोटाका कुराहरु पनि उस्तै रहे । उनका विषेशत सामुहिक लगानि र सुरक्षित आप्रवास अहिलेको सम्मेलनमा मुख्य एजेन्डा रहेका छन । सामुहिक लगानि कति हदसम्म सफल हुन्छ भन्ने कुरा विगतले दर्साइसकेको छ । तसर्थ अलि लगानि गर्न सक्नेहरुले यो विषयमा छलफल गर्नु उपयुत्त देखिन्छ । नत्र मध्यम वर्गका युरोपेली नेपालीहरुका लागि यस्ता योजनाहरु त्यति फलदायी हुँदैनन । ग्रासरुटदेखि इत उच्च आर्थिक स्रोत जुटाउन सक्नेहरुका लागि कुनै कार्यक्रमहरु छन भने सापकोटा जस्ता पदाधिकारिहरुले अगाडि सार्दा बरु जायज हुनसक्छ । त्यस्तै, युरोपमा बसेर सुरक्ष् आप्रवास सम्बन्धि कुराहरु अगाडि ल्याउनु आफैमा मुर्खता हुन सक्छ । युरोपेली मुलुकमा बस्ने सबै नागरिकहरुलाई प्रत्येक देशले सुरक्षित रुपमै आप्रवास दिइनैरहेका छन । बरु विभिन्न देशहरुमा दुख पाइरहेका नेपालीहरुको लागि कुनै योजनाहरु अगाडि सारेर काम गर्नेहो भने एन आर एनले जस पाउनेमा दुइमत छैन ।

हरेक समयमा गरिने एन आर एनको युरोप स्तरिय सम्मेलनमा खालि एउटै मुद्धाहरु उठान गरिन्छन । केहि नयाँ योजनाहरु ल्याएपनि ति कागजमा मात्रै सिमित रहन्छन । कार्यन्यवन हुँदैनन । आखिर किन एन आर एनवालाहरुले यस तर्फ ध्यान दिन सकिरहेका छैनन ? खालि दोहोरो नागरिकताको सवालमा उनीहरु अल्झिरहेका छन । नेपाल सरकारले धेरै सेवा सुविधाहरु एन आर एन कार्ड मार्फत दिइरहेको छ ।  तर पनि हरेक कार्यक्रममा दोहोरो नागरिकताकै प्रमुख सवाल बन्नु आफैमा अर्मुत जस्तै छ ।

अर्कोतर्फ एन आर एनका पदाधिकारिहरु तथा अन्य एन आर एनवालाहरुले नेपालबाट ओसार पोसार गर्ने कार्य तत्काल रोकिनु पर्दछ । सुन्नमा आए अनुसार ३० भन्दा बढि ब्यत्तिहरु भोलिदेखि सुरु हुने एन आर एन सम्मेलनमा ल्याइँदैछ जुन नफकर्ने मनस्थितिका रहेका छन । यदि यो साँचो ठहरिएको खण्डमा एन आर एन सम्मेलनको अर्को रुप पनि बाहिरिनेछ । अहिलेका एन आर एन संयोजकले  विगतमा आयोजना गरेका एसेन्टा महोत्सवमा पनि धेरै नेपाली आएर भागेको विभिन्न संचार माध्यममा आएकै हो । अहिले पनि उहि हालत दोहोरिएको खण्डमा एन आर एन पदाधिकारिहरु मानव दलालको रुपमा घोषित हुन कत्ति पनि समय लाग्ने छैज । यस तर्फ एन आर एन सजक बनोस ।

त्यस्तै, नेपालदेखि थुप्रै मन्त्रि,ब्यापारि तथा पत्रकारलगायत ब्यत्तिहरु बोलाएर खर्च गर्नुभन्दा सो रकमले युरोपमै बिभिन्न समस्या भोगिरहेका  नेपालीहरुमा प्रयोग गर्न सकेको खण्डमा धेरै नेपालेको प्रशंसा पाउन सक्छ एन आर एनले । भोलि देखि दुई दिन सम्म चल्ने सम्मेलनले एन आर एन प्रति रहेको वितृण्णा कत्तिको हटाउन सक्षम होला भन्ने चाहिँ हेर्न बाकिनै छ । एन आर एन त्यसमा सफल होस् । शुभकामना !

तपाइँको प्रतिक्रिया