सिंह र बँदेलको घम्साघम्सी (फोटो फिचर)

b3d2850e-ba5e-4453-aa03-48cf84dee0f7-620x427

अफ्रिकामा वार्थग भन्ने एक खाले बँदेलको हुन्छ । हो यो बँदेल देख्दै डर लाग्दो । लामा न लामा दाह्रा भएको हुन्छ । दक्षिण अफ्रिकाको केप प्रान्तको एलाफेन्ट पार्क भनिने निकुन्जमा गोरेटो पार गर्दा एक दिन वारथग (बँदेल) ले गलत दिश लिँदा भोको सिंहको आँखामा पर्छ । सिंह देख्नासाथ ऊ लुक्न त खोज्छ । तर सिंगका आँखा गड्छन् ऊमाथि । मूलत हात्तीहरुको संरक्षणकालागि भनेर सन् १९३१ मा स्थापना गरिएको यो निकुञ्जमा अहिले करिब ४५० हात्ती र अन्य जनावर छन् ।

d1e3dd1a-f8b4-4e2d-a6f4-3ca7effef799-620x427

 

बँदेलका जाति बेस्सरि दगुर्नसक्छन् भन्ने सिंहलाई जानकारि हुन्छ । त्यसैले उसले किला जस्ता उसका नंग्रा निकालेर शरिरमा गाडिहल्छ, दगुर्नबाट रोक्नलाई ।

2e492a1a-291f-487a-b074-74c9c595b749-382x480

मर्ता क्या नहिँ कर्ता भने झैं बँदेलपनि के कम ? उसले सिंहबाट उम्किन आफ्ना दाह्राले सिंगलाई घोपिदिन्छ । तर उसको प्रयास सफल हुन सक्दैन ।

d6bdb3ce-a10b-471b-ba7e-f8a88eed4800-620x426

जति गाड्न खोजेपनि, उम्किने प्रयास गरेपनि बँदेलको कुऐ सिप चल्दैन । सिंहले पुरै नियन्त्रणमा लिएर पूर्णरुपमा घाइते पार्छ ।

166cc6ff-52aa-4a43-a36c-a5c0e1eb7169-620x436

बँदेल पक्रने भाले सिंहले आफूले मारेको शिकारमाथि आँखा गाड्न आउने अर्को भाले सिंग देख्छ । उसले अर्को भालेमाथि जाइलाग्छ ।

88224226-c3dc-425d-a5c3-2c578e68db30-620x465

आफ्नो भाग खोस्न आउनेलाई लघारेर उसले शिकार अलि पर लैजान्छ । बँदेललाई बेरेर एक्लै खाने तरखरमा लाग्छ । वार्थग भनिने बँदेलहरु अफ्रिकाको सब सहारा मरूभूमीमा पाइन्छन् । खासगरि इथियोपिया, केन्या र सोमालियामा । यि नेपालमा भने पाइन्नन् ।

(फोटो-डा ट्रिक्स जोन्केयर, कार्टर्स न्युज एजेन्सी)

 

तपाइँको प्रतिक्रिया