जिवजन्तुमापनि बुढाकै नेत्रित्व
● ददि सापकोटा
नेपाली कांग्रेसका सभापती रहेका शुसिल कोइराला उमेरले सत्तरी नाघे । तैपनि प्रधानमन्त्री बनेर देशकै नेत्रित्व लिन तम्सेका छन् । नेकपा एमालेका नेता झलनाथ खनाल, केपी ओली र माधव नेपाल नेत्रिवकै हानथापमा छन् । ड्यास र क्यास माओवादी, नेपाल मजदूर किसान पार्टी देखि अधिकांश मधेशी दलका नेतापनि बुध्यौली लागेकै छन् । तरपनि नेत्रित्व छोड्न चाहँदैनन् । उमेर अनुसार अनुभव बढ्दै जाँदा नेत्रित्व सम्हाल्ने यो लोभ, पद्दती जनावरमापनि उस्तै रहेछ ।
तर जिव जन्तुमा पाकाहरुले नेत्रित्व सम्हालेपनि मानिसमा भन्दा अलि फरक छ । हाम्रा नेताहरुले पार्टी र देशलाई सहि दिशा दिन नसकेपनि नेत्रित्व भने छोड्दैनन् । जनावरमा भने सक्षमले मात्रै नेत्रित्व लिन्छन् । बाँदर, हात्ती, व्हेल माछामा गरिएको अनुसन्धानले यो तथ्य देखिएको हो । त्यसो त हाँस लगायत अन्य चरामा यस्तो हुन्छ । यि जिवमा बुढाहरुले सहि नेत्रित्व गर्छन्, समूहकै । त्यसको कारण के हो भने प्रक्रितिमा यि जिवका शत्रु धेरै हुन्छन् । पाकाहरुको लामो अनुभवले आफू र आफ्नो र आफ्नो समूहमाथि आइपर्ने त्रास, जोखिम र धम्की पत्ता लगाउन सहज हुन्छ । त्यस्तो पत्ता लगाउन सक्ने, डटेर सामना गर्नेलाई नेत्रित्व छान्छन् ।
ठूलो मस्तिस्क हुने हात्तीको मात्रै होइन साना मस्तिस्क हुने ह्वेल र बाँदरकोपनि उमेर ढल्किँदै जाँदा अनुभव बढ्दै जान्छ । त्यो अनुभवले प्राक्रितिक वासस्थानमा हरेक वैयक्तिक जिवन लाई सुरक्षित र सहज बनाउँछ । हात्तीहरुको यो तथ्य पत्ता लगाउन केन्याको आम्बोसेली राष्ट्रिय निकुञ्जमा अनुसन्धान गरियो । ५८ वटा भिन्न पारिवारिक सामाजिक बथानमा रहेका करिब एक हजार पाँच सय हात्तीहरुको अध्ययनले यो देखियो ।
त्यो पत्ता लगाउन अनुसन्धानकर्मीहरुले गाडीमा सिंहको आवाज भरिएको लाउडस्पिकर जोडे । हाती भएको क्षेत्र नजिक गएर भाले र पोथे सिंहको आवाज खोलिदिए । हात्तीको प्रतिक्रिया बुझ्न तिन वटा सिंहको गर्जन (Roar) एकैसाथ खोलिदिएका थिए ।
केन्यामा हात्तीका प्रमुख शत्रु मानिस पहिलो त हुँदै हो । त्यसपछि सिंह मुख्य प्राक्रितिक शत्रु हुन् । शक्तिशाली भाले सिंहहरु पोथीभन्दा सक्रिय शिकारी हुन् । भाले सिंहहरु पोथीभन्दा औशतमा ५० प्रतिशत ठूला हुन्छन् ।
सबै हातीले सामूहिक रुपमा सिंहको आवाजलाई गम्भिरताकासाथ प्रतिक्रिया जनाए, त्यो रेकर्डर खोलिदिँदा । तर समूहकी बुढी नेत्रित्वकर्ता हात्तीले भने भाले सिंहको आवाजलाई अझ बढि जोखिमको रुपमा लिएको पाइयो । समूहको नेत्रित्वकर्ता पोथी हात्ती औशतमा ६० वर्ष नाघेकि हुन्छे । उसले त्यो भालेको आवाजलाई ध्यान दिएर सुन्छे । त्यसपछि आफ्नो समूहलाई मुकाबिला गर्न तयारी भएर बस्न सतर्क गराउँछे । आक्रमण गर्ने बेला रुखका हाँगा भाँचेर हल्लाउने, मिल्काउने, समूहनै कुदेर सिंहलाई आक्रमण गर्छन् हात्तीहरुले । आक्रमण गर्न गएर सकभर सिंहलाई भगाउने र तर्साउने उनीहरुको निति हुन्छ । सिंहलाई हतोत्साहित बनाउन अनेक अक्किल निकाल्छन् ।
यस्ता बुढा जनावरमा आफ्ना शत्रुसित कसरि बच्ने, तिनको वासस्थान कसरि जान्ने, ति आएको अक्सरि चाल पाउने, कसरि आक्रमण गर्ने भन्ने ज्ञान धेरै हुन्छ । अन्तर्ज्ञान वा अन्तर्द्रिष्टीको प्रक्रिया (Cognitive process) उमेर ढल्किँदै जाँदा घट्दै गएपनि अध्ययनहरुले के देखाएका छन् भने मानिसमापनि उमेर पुगेका, बुढाहरुको नेत्रित्वले सामाजिक द्वन्दलाई घटाउँछ ।
आधुनिक समयमा समाजमा युवाहरुको संस्क्रितिलाई उल्टो बनाइन्छ । वा प्रतिकूलता थपिन्छ । इतिहास र हालसम्मपनि बुढा सदस्यहरु ब्यक्तिकरुपमा कुनै काम गर्न विशेष क्षमता, ज्ञान भएको रुपमा देखा पर्छन् ।
बुढाहरुको नेत्रित्व हात्तीमा मात्रै होइन, स्पर्म ह्वेल, किलर ह्वेल र बाँदरमा त लागू हुन्छ नै । भोटे काग (रेभन), ब्रोड विङ्ड हक भनिने बाज, हाँस र अन्य चरामापनि लागू हुन्छ । तर फरक के भने मानिसहरुमा पारिवारिक र निजि स्वार्थ, ब्यक्तिगत टक्कर, आर्थिक लोभ, शक्तिको मोह, ब्यक्तिगत मान र प्रतिष्ठाले प्रभावित पार्छ । तर जनावरमा भने आफ्नो समूह र सामूहिक स्वार्थले वास्तविक अनुभवका आधारमा ।
(यो लेख बेलायतबाट प्रकाशित हुने सत्य तथ्य मासिकको मार्च अंकमापनि पढ्न सकिन्छ ।)







