कसले भन्छ महिला कमजोर ?
आज मार्च आठ । अन्तर्राष्ट्रिय महिला दिवश । अरुबेला कम भएपनि मार्च ८ को सेरोफेरोमा महिला अधिकार, न्याय, अन्याय, अत्याचार र महिला स्वतन्त्रता, लैंगिक समानताका विषयमा निकै चर्चा गरिन्छ । त्यो चर्चा महिलाहरु असाध्यै स्वतन्त्र छन् भन्ने गरिने मुलुकहरुमापनि हुन्छ । किन ? हामीले सुन्दै र पढ्दै आए जस्तो विकशिल भनिएका महिलापनि स्वततन्त्र छैनन् । तर त्यसो भन्दैमा महिलाहरु कम पनि छैनन् । विश्वका शक्तिशाली मुलुकमा महिलाले पुरुषले भन्दा अझ धेरै चुनौतिपूर्ण काम गरेर देखाएका छन् । राष्ट्रलाइनै शक्तिशाली र सम्पन्न बनाएका छन् । विश्वका यि चार शक्तिशाली महिलालाई हेर्ने हो भने महिलाहरु अवशर पाएमा पुरुषभन्दा अझ सफल हुन्छन् भन्ने देखिएको छ ।
विश्वकै सबैभन्दा शक्तिशाली महिला भनेर अहिले जर्मनीका चान्सलर एन्जेला मार्करलाई चिनिन्छ । उनी जर्मनीको चान्सलर त बनिन नै विश्वका आठ प्रमुख औध्योगिक राष्ट्र(जि ८) को तर्फबाट संयुक्त राष्ट्र संघमा पहिलो पटक शक्तिशाली भूमिका खेल्ने महिलापनि हुन् । उनलाई संयुक्त राष्ट्र संघमा देखिने संकटलाई समाधान गर्न मुख्य भूमिका ख्ल्ने ब्यक्तिका रुपमापनि लिइन्छ । उनले आफ्ना समकक्षी भन्दा दुई गुणा बढि शसक्त भूमिका खेलेको भनेर प्रशंसा गरिन्छ ।
त्यसो त जर्मनीलाई अहिले सबैभन्दा बढि द्रुतदरमा विकाशमा लजाने दुरदर्शी नेताका रुपमा पनि लिइन्छ । पूर्वी र पश्चिम जर्मनीका बिचमा रहेको आर्थिक, सामाजिक र राजनितिक खाडल तथा बिभेदलाई कम गर्न नाटकिय सुधार गरेको जसपनि दिने गरिन्छ । त्यसो त समग्ररुपमा युरोपेली परिषदको राजनितिमा मार्केल शक्तिशाली छिन् । फ्रान्स यिनै मार्केला एन्जेलको शसक्त भूमिकालेनै युरोपेली परिषदको राजनिति हाँकेका छन् । अहिलेको युरोपको आर्थिक संकटलाई पुरा गर्न मार्केलका योजना, निति र अडानहरु शसक्त छन् ।
सेप्टेम्बर २००५ मा जर्मनीको पहिलो महिला चान्सलर बनेकि उनको भूमिका शक्तिशाली नभएको भए आर्थिक संकटबाट नराम्रोसित फसेको ग्रिस निस्कन नसक्ने भनेर ब्याख्या गरिन्छ । उनको राजनितिक दूरद्रिष्टिकै कारण ग्रिस बचेको र त्यसको कारणले गर्दा युरोपेली युनियनको एकतामा महत्वपूर्ण भूमिका पुगेको भन्दै उनको चर्चा गरिन्छ ।
अमेरिकी नेत्रि हेलारी क्लिन्टन अर्कि शक्तिशाली महिला हुन् । अमेरिकी प्रसिद्द पत्रिका न्युज विकले त अमेरिकाकै ईतिहासमा सबैभन्दा शक्तिशाली महिला भनेर क्लिन्टनलाई ब्याख्या गरेको छ । तर उनको सफल नेत्रित्व वा समर्पण सन् २००० बाट मात्रै राजनितिमा सक्रियरुपमा देखा परेको हो । उनी न्युयोर्क शहरकी सेनेटेर बनेदेखि उनको लोकप्रियता विश्वमा व्हात्तै बढेको हो । सन् २००८ को राष्ट्रपतिय निर्वाचनमा बाराम ओ बामासित उनले पराजय भोगेपनि उनको राजनितिक उचाई बढेको बढ्यै छ । उनी सन् २००९ देखि सन् २०१३ सम्म अमेरिकी सरकारको मुख्य सचिव रहिन् । यो बेला उनले विश्वका अनेकै राष्ट्र भ्रमणगरि राजनितिक भूमिकामा भाग लिईन । सन् २०१६ मा अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचन क्लिन्टन उम्मेदवार बन्दै छिन् । यो निर्वाचनमा यिनले जित्ने धेरैले अनुमान गरेका छन् ।
तेस्रो शक्तिशाली महिला हुन् फ्रान्सकी क्रिस्चियन ला गार्द । सर्वसाधारणमा उनको नाम कमै चर्चा भएपनि विश्व नेत्रित्वमा उनको नाम अग्र स्थानमा छ । विश्व मुद्रा कोषको अध्यक्ष उनले अहिले युरोपमा देखिएको आर्थिक संकटलाई टार्न महत्वपूर्ण भूमिका खेलेकि छन् । यो संकटलाई टार्न उनले पूर्ण रुपमा सक्लिन कि नसक्लिन ? धेरैले उनको प्रतिक्षा गरेका छन् । तर हालसम्म उनको भूमिका महत्वपूर्ण देखिएको छ । कतिपयले त ‘यदि लगार्दले त्यो आर्थिक संकट टार्न नसके अरु कसले पो सक्ला र ?’ भन्ने चर्चापनि गर्छन् । यिनी अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रथम महिला अध्यक्ष पनि हुन् । पोर्चुगल र पछिलो चरणमा युक्रेनमा देखिएको आर्थिक संकटलाई टार्न क्रिस्चियनले खेलेको भूमिकाको विश्वभरि अहिले प्रशंसा गरिन्छ । पूर्व फ्रान्सेली राष्ट्रपती निकोला सार्कोजीकि निकट भनेर चिनिने यि महिला फ्रान्सको राष्ट्रपती हुन सक्ने भनेर धेरैले चर्चा गरेका छन् ।
विश्व हाँक्न सक्ने सूचीमा रहेकि अर्कि महिला हुन् ब्राजिलकी दिलमा रुसेफ । एक जनावरी २०११ मा ब्राजिलको राष्ट्रपति पदमा निर्वाचित महिला अर्थशास्त्रीपनि हुन् । त्यस अघि उनी सन् २००५ मै मन्त्री परिषदको अध्यक्ष समेत बनेकि थिईन । उनी ब्राजिलको प्रथम राष्ट्रपती बन्न महिला हुन् । सन् १९६४ देखि सन् १९८५ मा ब्राजिल सैन्य तानाशाहको शासनका बेला उनलाइ जेल हालिएको थियो । त्यो बेला उनले तिन वर्ष सैनिक तानाशाहीको जेलनेल भोगेकि थिईन् र जेलबाटै ब्राजिलमा प्राजातन्त्रकालागि लडेकि थिईन् । सैन्य तानाशाहका बिरुद्द चुनौति दिएकि थि ईन । उनलाई एकदम क्रान्तिकारी महिलाको रुपमा लिईन्छ । ब्राजिल अहिले विश्वकै आर्थिक रुपमा सातौं बलियो स्थानमा छ । ब्राजिलको आर्थिक ब्रिद्दी भैरहेको छ । ब्राजिलमा अहिले माथि गैरहेको यो आर्थिक ब्रिदी मा यिनै देल्माको योगदानलाई लिइन्छ । संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्ने क्रममा उनले अमेरिकि नितिको तिब्र आलोचना गरेकि छन् । एक पटक त उनले अमेरिकाको तय भैसकेको राजकिय भ्रमण समेत रद्द गरेर अमेरिकालाई चुनौति दिएकि थिइन् । अबको विश्व यिनै शक्तिशाली महिलाहरुले नेत्रित्व गर्छन् भन्ने चर्चापनि गरिन्छ ।






