कतारको एउटै ठाउँमा यति धेरै नेपालीको जमघट ?

-प्रदीप सुबेदी, कतार (तस्बिर र आलेख दुबै)

 

nepalis-in-qatar-5678

 

यहाँ कुनै बम पड्केर मानिसको जमघट भएको होइन । नेपालमा दिनौंजसो हुने कुनै राजनितिक पार्टीकोको जुलुस र आमसभा सुन्न आउनेको भिडपनि त होइन यो । त्यसो भए यहाँ किन यति भिडभाड भएछ त भन्ने जिज्ञासा लाग्न सक्छ । यो कतारमा नेपाली दाजु भाई हरेक शुक्रबार भेला भएर सुख दुख साटा साट गरेको एउटा बजारको एक दृश्य हो

 

nepalis-in-qatar-5679

 

हरेक शुक्रबार अलतियाको यस बजारमा हजारौ साथीभाईहरु जम्मा हुने गर्दछन यस मौका छोप्दै पसलेहरु ब्यापारको लागी तछाडमछाड गर्छन् । उनीहरुको प्रयत्न नेपालीको मन जितेर आकर्षण गर्ने हुन्छ। जसकारण महिना भरी कमाएको एकै दिन खर्च पनि हुने गर्छ केही साथीहरुको

 

nepalis-in-qatar-56711

 

यतिबेला सूर्ती, सीडी बेच्ने तथा तौल जोख्ने आदी काम गरेर आफ्नो खर्च जुटाउनेको समुहपनि निकै । यस्ता सामाग्री खुला रुपमा बेचेर कानुनको उल्लंघन गरेको आरोपमा जेल पर्ने खबर पनि बेला बेलामा छापाहरुमा आईरहन्छ

 

nepalis-in-qatar-56710

 

कोहि चाहिँ लौ है कति कोलो हुनु भएछ जोख्नुस्भन्दै काठमाडौंका गल्लीमा झैं जोख्ने कुरो राखेर बसिरहेका हुन्छन् ।

 

nepalis-in-qatar-56712

 

बिभिन्न ब्यक्ती तथा म्यानपावरद्धरा ठगिएर दुताबासको शरण लिनेको संख्या पनि दिनहुँ बढीरहेको । तर राज्यको सम्बन्धीत निकाय मौन बस्छ । यस्तो लाग्छ, बिदेशीएका नेपालीका पीडाप्रति सरकार संबेदनशिल छैन। खाली तिनको आयलाई बजेटमा सामेल गर्न पाए पुग्यो ।

 

nepalis-in-qatar-56713

 

हप्ता भरिको थकान मेट्ने नेपालीहरुको साझा चौतारी बनेको यो बजार यसरी नै रमाईरहन्छ हरेक शुक्रबार यिनै भिडभाडहरु सँगै थाह छैन कहिले सम्म हराईरहने हुन्न नेपाली मनहरु यसरी भिडहरुमा अर्काको भुमीमा

 

(सुबेदीको मूल घर ज्या: म्याग्दी हो)

 

 सम्पर्क:  [email protected]

प्रदीप सुबेदीको अघिल्लो फोटो फिचरपनि हेर्नुस-

 

 कतारको दुतावासमा गगनलाई सुनाए ठगिनेले पिडा

 

 

 

 

 

तपाइँको प्रतिक्रिया