फोटोमा कोशीको सेरोफेरो
● शम्भु घिमिरे
सप्तरी जिल्लाको कोशी नदी यसै प्रसिद्द छ । झन कोशीटापु वन्यजन्तु आरक्षले पूर्वी नेपाललाई थप सिँगारेको छ । मान्छेका मनमनमा । नेपालमा सबैभन्दा बढि पानी चरा बसाई सरेर आउने थलो । जंगली अर्ना पाइने एक मात्रै बासस्थान । सोंसको वासस्थानपनि कोशी नदी । कोशीटापू बन्यजन्तु आरक्षले काखबाट बग्न दिएको कर्णाली नदीकापनि आ आफ्नै विशेषता छन् । यसका धेरै बैभव छन् । पर्यटकिय आकर्षणको एक चिरपरिचित केन्द्रपनि हो यो । खासगरि प्राक्रितिक पर्टटनकालागि कोशी क्षेत्र प्रसिद्द छ । शहरको ब्यस्तता, कोलाहल, हल्ला र छटपटीलाई कोशीको छेउछाउ पुगेर बिसाउँदा प्राक्रितिक उपचारकै काम गर्छ । प्रक्रितिमा रमाउने, चरामा चासो र खोज गर्ने शम्भु घिमिरेले कोशी आसपासका प्राक्रितिक द्रिष्यलाई क्यामेरामा समेटेका छन् ।
नेपालमा निश्चित समयमा कोटा तोकेर, इजाजत लिएर निश्चित कहले जन्तु शिकार गर्नपनि पाइन्छ ।
भुँडीफोरहरु सिमलका अग्ला रुखमा बस्न रुचाउँछन् ।
कुकुर र गिद्द साथी साथी ! प्राय कुकुरले मार्न तम्सिने गिद्द एकैसाथ दूर्लभ रुपमा देखिए ।
जंगली मत्ता हाती
बगरमा पखेंटा तन्काउँदै हुट्टीट्याउँ
आकाशमा कावा खाँदै (तातो हावामा रमाउँदै) भूँडीफोर ।
काँडामा जेलिएर एक्लै बसिरहेको झेकझेक चरा ।
आकाशमा खेल्दै, रमाउँदै गिद्दका जोडी
मान्छे नजिक पुगेको चालपाएपछि सतर्कताकासाथ नियाल्दै लाटोकोशेरो ।
कोशीको आनन्द लिएर मख्ख परेका दुई पर्यटक ।
(शम्भु अहिले इटलीको मोन्तेज गाउँमा बस्छन्)
















