साईकल फालेर पुष्कर शाह यूरोपमा दम्पट

dscf0589

 

(फोहोरको भाँडोमा मिल्काउन साईकल फुकाल्दै पुष्कर शाह)

झण्डै झण्डै विश्व भ्रमणको यात्रा सकिने बेलामा नेपाली विश्व साईकल यात्री पुष्कर शाह साईकल फालेर बेपत्ता भएका छन् । केहि समय अघि उनी यूरोप भ्रमण सकेर मध्यपूर्व पुगेका थिए । त्यहाँका केहि देश घुमेर मलाई भेट्न उनी फ्रान्स आए तपाइसित केहि विशेष गफ छ भन्दै । यहाँ आएका उनमा खुब निराशा थियो । हेर्नुस मैले सारा विश्व नेपाल चिनाउँदै हिँडें । निश्वार्थ भावनाले । जिवनमा केहि गर्नुपर्ने उमेर साईकलमा दुख पाउँदै बित्यो । अहिले मेरो न जागिर न दाम । सरकारले यत्रो काम गर्‍यो भनेर केहि गर्दैन । मेरापनि परिवार छन् । घर छ । ईच्छा र आकांक्षा छन् । खाली पेट भर्नै पर्छ । नांगो शरिर छोप्नै पर्छ । बच्चालाई स्कूल पठाउनै पर्‍यो । आखिर राज्यले केहि गर्दैन भने मैले त्यहाँ रित्तै हात गएर पो के गर्न सक्छु र ! अनि लौ मैले पनि त केहि कमाउनुपर्छ नी भन्दै उनले साईकल लगेर फोहोरमा फाले । र दम्पट हुन्छु भन्दै साईकल फुकाल्न थाले । म भए निशब्द । यसरि विश्व भ्रमणझण्डै पुरा गरिसकेका उनी साईकल फालेर यूरोपमा बेपत्ता भए ।

 

आज अप्रिल फुल ।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया