हिमालका टुप्पामा रेल गुड्ने स्विजरल्याण्डको सपना

सोमना थारु (स्विजरल्याण्ड घुमेपछि)

The_Glacier_Expres_2619820b

धर्तिको स्वर्ग भनेर कुन देशलाई भनिन्छ  ? यो प्रश्न हामीलाई सोधिएको थियो । २०४० सालमा । त्यति बेला म हाइ स्कुलमा नौ कक्षामा पढदै थिएँ । स्कुलमा हाजिरी जवाफ प्रतियोगिता थियो । प्रतियोगितामा चार समुहको सहभागिता थियो । सबै समुहको नाम दिइएको थियो । कुनै समुहको नाम नारायणी ।कसैको लुम्बिनी । कसैको कुमारवर्ति त कसैको देउचुली । म कुमारवर्ति समुहको नाइके थिएँ । हामी तेस्रो नम्बरमा परेका थियौं । माथिको प्रश्न सरले सोध्नु भयो । उतर दिने पालो पहिलो नम्बरमा पर्ने नारायणीलाई आयो । उनीहरुले अष्ट्रेलिया भनेर उतर दिए । सरले गलत भन्नु भो । त्यही प्रश्न दुई नम्बरमा पर्ने लुम्बिनीलाई सोधियो । उताबाट पास भने साथीहरुले । यतिन्जेल हामी कानेखुसी गरीरहेका थियौं । मेरा साथीहरु मध्ये एक जनाले अमेरिका भने । म आफुलाई सहि उतर थाहा नभए पनि अमेरिका भन्ने देशलाई मैले स्विकार गरिन । अर्का साथीले पास ‘भनम भो’ भने ।  हाम्रो समुहको टोली लिडर म नै थिएँ । उतर मैले नै दिनु पर्ने थियो । मेरा सहयोगीहरुले फेरी  मेरो कानमा विस्तारै भने ” स पास ।” उता उतर दिनुपर्ने समय सिमाको अन्तिम घन्टी बज्ने बेला हुन लाग्यो । मैले झटेरो हानें  “स्विजरल्याण्ड” भनेर । प्रश्न सोध्ने सरले “ठीक” भन्नु भयो । गडगडाहत ताली बज्यो ।  कालोपाटीमा हाम्रो समुहको नामको तल पट्टी एक नम्बर लेखियो । त्यति बेला देखि स्विजरल्याण्ड मेरो सपना बनेको थियो । नेपालका राजनीतिक दलका नेताहरुको सभासद बन्ने सपना जस्तै ।

unnamed (2)

धर्तिको स्वर्गको रुपमा परिचय बनाउन सफल देश स्विजरल्याण्ड हो । यो उखानबखान  विकसित देशहरुमा त्यति प्रख्यात छैन । तर नेपाल र नेपाली विचमा भने निकै प्रख्यात छ । भारतमापनि उस्तै छ । नेपाल र स्विजरल्याण्डको भौगोलिक बनावट एकै किसिमको छ र नेपालको बिकास गर्न सके एसियाको स्विजरल्याण्ड बनाउन सकिन्छ । यी कुराहरु हामीले बेला बखत सुनिराखेका हौं ।नेपालको राजनीतिक वृत्तमा पनि पहिला पहिला स्वीजरल्याण्डको कुरा खुबै घुम्थ्यो । प्रचन्डले पनि नेपाललाई खै कति वर्षमा स्वीजरल्याण्ड बनाउछु भनेका थिए । कतिको बनाए कुन्नी ? बन्दै पो छ कि ? आफु नेपाल नगएको पनि थुप्रै पो भयो त ।

unnamed (5)

स्वीजरल्याण्ड  ? आहा ! यो कस्तो देश होला भनेर हाजिरी जवाफ प्रतियोगिता देखि उत्सुकता लाग्न थाल्यो ।  समयको काल चक्कर र परिवेशले मानिसलाई कहाँबाट कहाँ पुर्याउछ ? कल्लाई के थाहा ? अर्कालाई विदेशिनु हुँदैन भनेर अर्ति उपदेश दिने म आँफै विरानो भुमी बेल्जियममा खुट्टा गाडन वाध्य भैइयो । यहाँको कागजको खोष्टो खल्तिमा परेपछि युरोपका धेरै देशहरुमा बिना रोकटोक घुम्न पाइने । हैन यति सजिलो छ । एक पटक स्वीजरल्याण्ड  किन नघुम्ने ? ‘नेपालको हिमाल नपुगे नि युरोपको हिमाल त पुगौं’ भन्ने कुरा मनमा खेल्यो । स्वीजरल्याण्डको बारेमा इन्टरनेटमा खोजतलाश गरें । होटेलहरु महँगा रहेछन । सबैभन्दा सस्तो आफ्नै टेन्ट लिएर जाँदा रहेछ । ओ हो टेन्ट ! ‘ल यो नयाँ अनुभव पनि गरौं’ मनमा खेल्यो । जाने को को त ? स्वीस घुम्न जान कसले रहर गर्ला ? यस्सो चिनेजानेका मित्रहरुलाई फोन घुमाइयो । एउटा टोली बन्यो स्वीस भ्रमणको लागि । चितवनका साथी प्रेम पाठक,चितवनकै पारस गौतम, वाग्लुङका कर्ण सुनार, मेरै छोरो बिष्णु थनेत र म । पाँच जनाको टोली तयार भो स्वीसको हिमालमा पाइला टेक्न । स्वीस जाने योजना त बन्यो । तर के कसरी जाने ? चिलगडीमा जाने कि ? रेलगाडीमा कि बसमा  ? यो कुरामा हामी अन्यौलमा परयौ ? प्रेम पाठकजीले एउटा उपाय निकाल्नु भयो ।

‘साथी हो गाडी लिएर जाउँ । जाँदा आउँदा अरु ठाउँहरु पनि घुम्न र हेर्न पाईन्छ । आफुलाई मन लागेको ठाउँमा रोकेर आराम गर्न पाईन्छ । हामी स्वतत्न्त्र भइन्छ ।’ वहाँको यो उपाय सबैलाई राम्रो लाग्यो । तर गाडी कहाँ लिने ? कल्ले हाँक्ने ? फेरी अर्को समस्या निस्क्यो । प्रेमजी म तिर फर्केर फेरी भन्नु भो ‘हँ सोमना दाई गाडी तपाईंले हाँक्ने । लाइसेन्स छ नि होइन र ?’

‘लाइसेन्स त छ नि । तर गाडी चलाएको छैन । बरु हाती चलाईदिन सक्छु । गाडी त अलि आँट आउँदैन हौ ।’

प्रेमजीले फेरी अनुरोध गर्नु भो ‘चलायो । चलायो दाई जे परे पर्ला ।’

unnamed (1)

म पनि के कमको मुर्ख ? ‘ल चलायो । चलायो भनेसी चलायो ।’ लौजा । आँट गर्यो ठिटोले । कति सधैं साइकलको पैडल मात्र घुमाउने ? कति सधैं बयल गाडाको गडिवानी मात्र गर्ने ? नेपालमा हुँदा गोरु गाडाको गडिवानी खुबै गरिएको थियो । यता युरोपमा तेलले चल्ने गाडाको गडिवानी गर्नु पर्ने भयो । जे परे पर्ला लौजा भनेर आँट गरें ।

unnamed (4)

भाडामा एउटा पजेरो लिइयो । उसलाई हाँक्ने गुरु आफैं। ल जाम साथी हो हिमाल चढन स्विजरल्याण्ड ।बेलुका सात बजे हामी बेल्जियमबाट प्रस्थान गर्यौ स्विजरल्याण्डको गन्तव्यमा । साथीहरु कर्ण सुनार र पारसजीले घरमा पकाउनु भएका खाजा ल्याउनु भएको थियो । राजमार्गको छेउछाउमा सुबिधा सम्पन्न पार्किङहरु बनाइएका रहेछन । बेला बेला त्यही आराम गर्दै खाजा खाँदै हामी स्विसको सिमानामा पुग्यौं ।

यतिन्जेल रातिको साढे दुई बजेको थियो । सिमाना पार गर्ने ठाउँमा बाटो साँघुरो थियो । साना गाडीहरुको छुट्टै लाइन रहेछ । ठुला गाडीहरुको छुटै लाइन । प्रहरिले प्रत्येक गाडीहरु चेक गर्दै थियो । स्वीस प्रवेश गर्नलाई शुल्क लाग्दो रहेछ । हाम्रो गाडीको जाँच गर्ने पालो आएको थियो । त्यहीबेला ठुला गाडीहरुको लाइनमा एउटा बसका यात्रुहरुले प्रहरी सँग वादविवाद गर्न लागे । हाम्रो अगाडि उभिएको प्रहरी पनि उतै गयो । गेट खुल्लै थियो । मलाई लाग्यो ‘प्रहरिले हामीलाई जा भनेर त होलानी गेट खुल्ला छाडिदिएको ।’ मैले गाडी हुँकाएँ । पछि के भयो अर्को लेखमा आउने छ ।

 

तपाइँको प्रतिक्रिया