रोममा बंगाली पारा ‘नो मनी नो पिक्चर’

Rome-09-JAN-2014 085

भारतिय, पाकिस्तानी र बंगालीहरु खेल देखाउन । जादू र अनेक नामका खेला देखाएर पैसो धुत्न । मान्छेलाई भ्रममा पारिदिन सिपालू हुन्छन् । उता सडक र गल्ली गल्लीमा चटकी देखाउने भारतीय र बंगालीहरुले यता युरोपमापनि छोडेका छैनन् । यिनलाइ लाग्दो हो, यो गोरेका जात पैसा कमाउन जान्दछन् । ज्यान दिएर काम गर्न सक्छन् । तर यि लाटागाँडा हुन्छन् । यिनलाई मज्जाले भ्रम पार्न, छक्याउन सकिन्छ । हेर्नुस् त यो पहेंलो बस्त्रधारीको करामत । 

यस्ता द्रिष्य रोममा छ्यास छ्यास्ती देखिन्छ । यो कानुनी होइन । कानुनले यसो गर्न बर्जित गरेको छ । यसरि पुरै पहेंलो बस्त्रमा बस्छन् । कुनै धर्म गुरु । कुनै देउताको रुपमा । शिवको रुप धारण गरेर । चुम्बकिय बिधी अपनाएर लौरोमा बस्छन् ।  हातमा मालाका गेडा गन्छन् । के के धार्मिक मन्त्र फलाकेझैं गर्छन् । केहि सुनिन्न । मुखमा सुपारी चपाएझैं मुख हल्लाउने मात्रै हुन् । नजिकै कोहि सहयोगी अर्को बसेको हुन्छ । कचौरामा पैसा नहाली फोटो खिच्न थाल्यो भने यसरि बस्नेको सहयोगी आएर भन्छ ‘मनी मनी, मनी फस्ट एन्ड टेक पिक्चर ओक् ? नो मनी नो पिक्चर ।’

Rome-09-JAN-2014 079

कतै एकै जना । कतै त एक जनाले समातेको लौरोमाथि अर्को बसेको । यस्तो देखाइदिएपछि त भगवाननै हो भन्ने ठान्छन् गोरेक जातले भन्ने भ्रम हुन्छ यि बंगालीलाई । रोममा पाकिस्तानी र भारतीय भन्दा बंगाली धेरै छन् । यिनको अखडानै छ रोममा ।

सडकमा घडी, जुत्ता, मोजा, कोरीबाटी, केरा र फलफूल, थोत्रा मोबाईल र उपहार बेच्ने यिनै छन् । एउटा कोठा लिन्छन् । त्यसमा एउटा खाटमाथि अर्को खप्ट्याएर राख्छन् । अनि एउटै कोठामा आठ दश जना बस्छन् । कुइरिमण्डल हुन्छ खाना पकाउँदा तेलको धुवाँले । अदुवा, लसुन र मसलाको वासना हरर सडकसम्म पुग्छ । सडकमै थाह हुन्छ, यो घरमा भारतीय वा बंगाली बसेको छ भन्ने । हामीलाई वासना आएपनि गोरेहरुलाई नाक ठोस्छ । नाक पोलेर मरक्क मरक्क टाउको बटार्दै हिँड्छन् ।

दिउँसो शिव भगवानको यो रुपमा बस्छन् । बाबाजी बनेर मन्त्र जपेझैं गर्छन् । साँझ लुगा फुकाल्यो । अनि सुपरमार्केटमा छिर्र्यो । बियरका क्यान ओसार्‍यो । झ्यापकी झ्याप । दिउँसोको शिव भगवान साँझ त जाँडले टन्न । अनि चर्को चर्को आवाजमा गित लगायो । कुर्लियो । बस्यो । बस, रेल, सडक जता हिँड्यो उहि कान फुट्ने पाराले चर्केर बोल्ने बानी हटाउनपनि धेरैले सकेका छैनन् । यता युरोपमा बसेपनि सानो बंगलादेशनै बनाएर बस्छन् ।

तपाइँको प्रतिक्रिया