क्या रमाइलो चराको संसार
हामी जसरि आफ्नै दुनियाँमा रमाउँछौं त्यसैगरि आफ्नै दुनियाँमा रमाउँछन् चरापनि । आफ्नै पीडा । आफ्नै बेदना । समस्या आफ्नै । रमाइलो, झगडा । गुनासो । माया प्रेम । बिछोड । हत्या, बलात्कार के हुँदैन चराको जिवनमा ? सब थोक हुन्छ । फरक त हामीले तिनलाई बुझ्न र हेर्न सक्छौं कि सक्दैनौं भन्ने हो । त्यो सबै हेर्न, बुझ्न र पत्तो पाउन तिनैको संसारमा छिर्नुपर्छ । आज तिनै चराका केहि रमाईला तस्बिर हेरेर राजनितिबाट दिमाखलाई अलगै राखे कसो होला ? सबै तस्बिर ददि सापकोटाले क्लिक गरेका हुन् । म सित यस्ता सयौं तस्बिर छन् । बेला बखत राख्दै जाउँलापनि । तपाईहरुसितपनि छन् भने नेपालप्लसमा स्वागत छ ।
(ल यसरि पानीमा उभिन सक्नुहुन्छ त तपाई ? यो चरालाई निलटाउके भनिन्छ वा निलसर । अंग्रेजीमा चाहिँ Mallard Duck भनिन्छ । रक्ताक्षी भाले वा पोथीबिचको संसर्गबाट कोरलिएमा यस्तो टाटेपाङ्ग्रे हुन्छ ।
निलसरका भाले । नजिकै एउटा पोथी थियो अनि यि दुईटा । कसले कब्जा जमाउने त त्यो पोथीमाथि भनेर लडाई गर्दै थिए यि दुई मोराहरु ।
यो खोया हाँसको परिवार । टन्न खाएपछि गाँड भरिन्छ चराको अनि ति मध्यान्हमा यसैगरि त्यो गाँडको आहारा पचाउन सुत्ने गर्छन् ।
ल हेर्नुस् त आमाको माया ! आफ्ना बच्चा प्रति कति माया हुने रहेछ चरामा पनि ! आफु भोकै भएर पनि सायद यो आमाले बचेरालाई खुवाउँदैछ ।
माया प्रिती गाँसिन गाँसिन लाग्दा यि भाले र पोथी वर वर सर्दै थिए । यि पनि खोया हाँस (Bar Headed Goose) कै जोडी हुन । अहिलेसम्मको अध्ययन अनुसार सबै भन्दा बढि उचाईमा उड्ने चरा खोया हाँस हो । यि हाँस सात हजार मिटर भन्दापनि अग्ला नेपालका हिमाल नाघेर नेपालमा बासाई सरेर आउँछन् वर्षा याम सकिएपछि ।
प्रणाम ! बिहान सूर्योदय हुने बेलामा दुई निलसर पूर्व फर्किएर सूर्यलाई प्रणाम गरेझैं गर्दै थिए ।
खबरदार कोहि आउला ! बचेरा जोगाउन सतर्क खोया हाँसका जोडी ।
यस्तै छ है नेपालको राजनिति ? सधैं बिपरित दिशातिर गए जस्तो लाग्ने ! निलसरका दुई भाले तलाउमा घोप्टिएर आहारा खोज्दै । यसले नेपालको बिग्रँदो राजनितिलाई संकेत गर्दैन त ?
प्रेममा फसेपछि हो यहाँनिर खोच्छ के ! निलसरको पोथी छातीमा घोच्दै।
अरे कहाँ फुत्कियो हँ ? आहारा खोज्ने तल्लिनमा अंग्रेजीमा यूरोपियन स्टार्लिङ भनिने चरो । डाङ्ग्रेकै जात अन्तर्गत पर्छ र नेपालमा पनि पाइन्छ ।
प्राक्रितिक हिटरकालागि खाँदाखाँद । धेरै जाडो भएपछि चराहरु एक अर्कामा टाँस्सिएर न्यानो हुन खोज्छन् । यि निलसरका हुर्कँदो अवस्थाका बचेरा हुन् ।
क्या सुन्दर है ? हेर्नुस त प्रक्रितिको रचना ! अमेरिकन वाईगन बर्ड भन्छन् क्यारे यिनलाई । यि चरा अमेरिकामा पाइन्थे पहिले । अहिले त यूरोपमापनि पाइन्छन् पूनर्स्थापित गरिएकाले ।
सेतो टिका निधारमा टलक्कै टल्कियो ! चिखा (Common Coot) भन्छन् यो चरोलाई । यि चराहरु हामी मान्छेले झै एक, दुइ, तिन, चार, पाँच आदि गरेर गन्न सक्छन् । यसबारे छुट्टै आलेख लेखौंला कुनै दिन है त ?