ईटालीको मिलानमा अन्तर्राष्ट्रिय मेला, नेपालको छुट्टै आकर्षण

महिन्दो वाईबा / मिलान, ईटाली

milan-expo-5

ईटालीको मिलान शहरमा बर्षेनी लाग्छ, फाईरा मिलानो भन्ने भब्य कोटीको ब्यापारिक मेला । यो वर्षपनि फैरा मिलानो-२०१३ नोभेम्बर ३० देखी शुरु भैसकेको छ । यो डिसेम्बर ८ सम्म रहने छ । मेलामा नेपाल लगायत सयौ देशले भाग लिएका छन । नेपालीलेनै करिब ४५ वटा स्टल राखेका छन्  । बिशेस गरेर हस्त कलाका समानहरु यहाँ आकर्षणको रुपमा रहेको छ । (बाँकि तस्विरहरु भित्र गएर हेर्नुस्) ……….

milan-expo-1

बुद्धको मूर्ती, थान्का, पश्मिना, बिभिन्न कलात्मक बस्तुहरु, नेपाली चिया र नेपाली मौलिकता यहाँ देख्न पाईन्छ । एसिया, युरोप, अफ्रीका, दक्षिण अमेरिकादेखि झन्डै संसारभरिकै प्रतिनिधित्व यो मेलामा छ । नेपाल सँगै भारत, थाइल्याण्ड, तिब्बत र भियतनामका स्टलहरुपनि छन ।

milan-expo-2

बिशेष गरेर यो मेला क्रिशमसलाई लक्षित गरेर आयोजना गरिन्छ । इटालियनहरु क्रिशमसको उपलक्ष्यमा रिगालो (उपहार) दिन खुब मन पराउँछन । उपहारको रुपमा समान खरिद गर्न यो मेला उपयुक्त मान्दछन इटालियनहरु । प्रिथक सामान खरिद गर्न पाइने र सस्तो र आकर्षक सामान पाइने हुनाले पनि मेलामा उल्लेख्य भिड लाग्ने गर्दछ ।

milan-expo-3

अझ भनौ एसियन सामानहरु सस्तो र प्रिथक हुनाले पनि यहाँ भिडमभिड हुन्छ । गत सालको मेलामा पस्मिनाको बिक्री राम्रो भएकोले यो साल सबै नेपाली स्टलहरुमा पस्मिनाले स्थान ओगटेको छ । साथै यस्ता मेलामा नेपाली सिङ्गिङ् बल (सानो लठ्ठी जस्तो काठको ठुटोले वरिपरि घेरामा छुँदै जाँदा आवाज निकाल्दै जाने पित्तलको कचौरा) को बिक्री बितरण पनि राम्रो हुने गर्छ । मेला ९ दिन सम्म चल्ने छ ।

milan-expo-4

 

milan-expo-6

 

milan-expo-7

 

milan-expo-8

 

milan-expo-9

 

milan-expo-10

 

 

तपाइँको प्रतिक्रिया