लय फेर्न चरा बाध्य

● ददि सापकोटा

singing-birds-12चैत्र बैशाख सुख्खा हुन्थ्यो

हुन चाड्यो अब

वातावरण बदलियो

बिथलियो सब ।१।

सधैं उस्तै गित गाउनेलाई

हुन थाल्यो क्षय

आफ्नै जहडी रुख बुट्यानमै

हुन थाल्यो भय ।२।

सायद चराहरु अहिले यसैगरि आफ्ना दुख, आक्रोश र बेदना अनि परिवर्तनले ल्याएको असरको दुखेसो गर्दा हुन्  । मानविय विकास र परिवर्तनले ल्याएको प्रभावले गर्दा चराहरुमा नौलो बानी देखिँदै छ । त्यसो त त्यस्तो असर चरा र जिवजन्तुलाई मात्रै होइन । मानिसलाईपनि परिरहेको छ ।

कसैले छिमेकिको अघिल्लो घरमा माईकमा भजन लगाएको छ । स्पीकर चर्को पारेर गीत लगाइरहेको छ भने कोठामा रेडियो सुन्ने, गित गाएर ब्यायाम गर्नेलाई असर परिहाल्छ । कि त चुपचाप बस्नुपर्‍यो । कि त्यो स्पीकरभन्दापनि अझ चर्को स्वरमा सुन्नु, गाउनु पर्‍यो । जसले गर्दा बाहिरको आवाजलाई जित्न सकोस आफ्नो स्वरले । त्यसरि सधैंको भन्दा, आफूले चाहेको भन्दा चर्को स्वरमा गाउँदा पक्कैपनि स्वास्थ्यलाई असर पर्छ । दैनिक जिवनलाई खती पुर्‍याउँछ । आजकाल हाम्रा बस्ति वरिपरि बस्ने चराहरुलेपनि यस्तै समस्या भोगिरहेका छन् ।

शहरी जिवनमा बस्ने चराहरुलाई जंगली जिवन र शहरिय जिवनको प्रभावसित सामन्जस्य मिलाउन मुश्किल परिरहेको छ । त्यतिमात्रै कहाँ हो र ? ट्राफिक र उध्योग, कलकारखानाको चर्को ध्वनीले गर्दा तिनको अस्तित्वलाईनै बरु संकटमा पार्दै लगेको छ । ति अरुलाई तर्साउने, भयभित पार्ने, भयजनक गित कम गाउन बाध्य भएका छन्  । कि त त्यो हल्लालाई चिर्न सक्नेगरि चर्कोसित गाउनुपर्छ । किभने स्वर कतै नसुनिने गरि तर्साउने गित गाउनुपर्छ । तर त्यो उति प्रभावकारि हुन्न ।

भालेका गितहरु सबैनै यदि पोथीहरुले सुन्न सक्ने हो भने ति कामुक भालेतिर आकर्षक हुन्छन् । यदि तिनले कामुक गितहरु सुन्न पाएनन् भने जुन भालेको गित सुन्छन् त्यतै जानुपर्छ । यद्दपी त्यो मधुर आवाजकै किन नहोस् । यसो हुँदा तगडा, बलिया र निरोगी भालेहरुपनि पोथी नपाएर जिल्लिनुपर्ने हुन सक्छ । जबकि पोथीहरुले त्यस्तै भाले रुचाउँछन् । यसरि ध्वनी प्रदुषणले गर्दा पोथीहरुको प्रजनन् छनौटलाई दखल परेको छ ।

आधुनिक जिवनशैलीले ध्वनी प्रदुषण मात्रै फैलाएको छैन । बरु भुनभुनाहट, गुनगुनाहटपनि निकालेको छ । जुन एकदम कम आव्रित्ति (फ्रिक्वेन्सी) मा हुने गर्छ । यस्तो सानो आव्रित्तिमा धेरै जिवजन्तुले संचार आदानप्रदान गर्छन् । पछिल्ला वर्षहरुमा विशेषज्ञहरुले गाडी, डुंगा, पानीजहाज र उध्योग धन्दाबाट निस्कने आवाजले चरा लगायतका जिवजन्तुलाई पार्ने दखलका बारेमा अभिलेख गर्न थालेका छन् । नेदरल्याण्डको लेइडेन विश्व बिध्यालयका जिवजन्तु ब्यवाहरका विशेषज्ञ उल्टर हाल्फबेरिकले चिचिल्कोटे (ग्रेट टिट) चराका भालेहरुको आनीबानीबारे अध्ययन गरेका थिए । उनले के पाए भने आफ्ना यौनजन्य संकेतले भरिएका आवाज सुनाउनुपर्दा ट्राफिक गतिबिधीबाट आउने अप्राक्रितिक ध्वनीले गर्दा पोथीहरु चर्को स्वरमा गित गाउन बध्य भएका छन् । त्यस्तो ध्वनी प्रदुषणलाई दबाउने गरि ति भालेले आफ्ना यौनजन्य गित प्रभावकारि बनाउन सकेका छन् कि छैनन् भन्ने उनलाई आश्चर्य लागेको छ । प्राक्रितिक रुपमा वा आफ्नै बानी अनुसार गित गाउँदै आएका चराहरु आफ्ना लय र स्वरको मात्रा बढाएर गाउनु पर्दा तिनलाई कुनै न कुनै दखल परेको हुन सक्छ ।

यो तथ्य पत्ता लगाउन बैज्ञानिकहरुले ३० वटा भालेका गितहरु सूर्योदय अगाडि अभिलेख गरे । तिनले फरक फरक दिनमा रेकर्ड गराए । ति गित । उनीहरुले नेदरल्याण्डमा ति चराको ऋतुकालका बेला बसन्त ऋतुमा रेकर्ड गरे । तिनको अध्ययनले के पत्ता लाग्यो भने भालेहरुले संगितको भण्डारबाट मधुरो गित छानेर गाए । खासगरि पोथीहरुले फुल पार्ने बेलामा ।

फुल कोरलिसकेपछि आफ्ना बचेराको रेखदेख कति भालेले गर्ने रहेछन् भन्ने अध्ययनपनि गरे । फुल पारेका पोथीमध्ये कति वटाले भालेलाइ छक्याएर अर्को भालेसित संसर्ग गर्ने रहेछन् । त्योपनि अध्ययन गरे । कति सजिलैसित आफूले अँगालिरहेको भालेलाई ठग्छन् । उसित संभोग गरेपछिपनि । चाखलाग्दो तथ्य के फेला पर्‍यो भने जुन भालेहरुले उच्च स्वरमा गाउँछन् तिनीहरु आफ्ना पोथीबाट झन ठगिने पो रहेछन् । अर्थात् चर्को स्वरमा गित गाउने भालेका पोथीले बाहिरियाहरुसित लसपस लुकिचोरी संभोग गर्ने संभावना उच्च हुने रहेछ ।

माथिका दुई उदाहरणले के स्पष्ठ पार्छ भने मधुरो स्वरमा गित गाउने भालेहरु पो झन पोथीको निम्ति बढि आकर्षक ठहरिने रहेछन् । त्यस्तै, अर्को तथ्य केपनि देखियो भने भालेहरुले खाँचो पर्दा मात्रै गहिरो, सुरिलो, कामुक, यौनिक स्वर निकाल्ने, गाउने रहेछन् ।

Singing_rain-13

बैज्ञानिकहरुले आफ्ना गूँडमा लुकेर बसेका पोथीहरुलाई चर्को र मधुरो स्वर भएका भालेका गितहरुको रेकर्ड सुनाइदिए । वातावरण शान्त भएका बेला प्थीहरु प्राय : मधुर स्वरको गित सुन्न निस्किए । तर गितको प्रिष्ठभूमी मा जब विशेषज्ञहरुले न्युन आब्रित्तिको हल्ला मिसाईदिए तब पोथीहरुले चर्को लयको गितमा ध्यान दिए । यसले के सिद्द गर्छ भने ऋतुकालका बेला पोथीहरुको यौनजन्य क्रियाकलाप र संचार आदान प्रदान क्षमतालाई ध्वनी प्रदुषणले दखल पुर्‍याउँछ । केहि विशेषज्ञहरुले त केपनि पत्ता लगाए भने चर्को स्वरमा गित गाउने भालेसित संभोग गर्ने चिचिल्कोटे चराका पोथीहरुले फुल कम पार्छन् ।

चिचिल्कोटेहरु अरुभन्दा सामान्यत चर्को स्वरमा गित गाउने चरा हुन् । आफूलाई आवश्यक पर्दा वा चाहेका बेला गितको लय बदल्नपनि यि चरा खप्पिस मानिन्छन् । चराका सबै प्रजातिमा यो खुबी हुँदैन । यि कडा स्वभावका चराहरुमा ध्वनी प्रदुषणको समस्या अझ धेरै परेको हुन सक्छ ।

तर मधुर स्वरमा गित गाउने चराहरु जसको संगितको भण्डार कम हुन्छ । जसले त्यो भण्डारबाट छानी छानी गित गाउन सक्छ । जसले सामान्य खालको गित मात्रै गाउँछ अनि जसले गित तगडा सित सिक्नपनि सक्दैन । कोइली र ढुकुर जस्ता चराहरुको गितको प्रिष्ठभूमी बढि खप्टिएको हुन्छ । अर्थात् तिनको गितको प्रिठभूमीमा एक गितपछि अर्को गित खप्टिएको (ब्याकग्राउन्ड ओभरल्याप) बढि हुन्छ । यस्ता चरालाई गितको आब्रित्तिले बढि महत्व राख्छ । ध्वनी प्रदुषणले तिनले ऋतुकालमा देखाउने आकर्षणमा असर पर्छ कि पर्दैन भन्ने ।

अघिल्ला अध्ययनहरुले के देखाएका छन् भने यदि चराहरुले गित बदल्नुपर्‍यो भने धेरै प्रजातिलाई पिडित बनाउँछ । यसले के सुझाव दिन्छ भने सडकको आवाज, कल कारखाना र ग्याँसका चिम्नीहरुको आवाज कम गर्ने नयाँ उपाय खोजिनुपर्छ । अथवा मन्द खालका आवाजहरु जुन वरिपरिको वातावरण, वनमा अल्झिएर बस्छन् तिनलाई कम गरिनुपर्छ । कालोपत्रे गरेका सडकले कच्ची सडकले भन्दा कम आवाज निकाल्छन् । भित्तामा रबर जस्तो लेपन लगाउँदापनि त्यसले भित्तालाई लचिलो बनाउँने हुँदा सहयोगि हुन सक्छ । ध्वनी हराएर जानकालागि ।

(यो रिपोर्ट बेलायतबाट प्रकाशित हुने सत्यतथ्य मासिकको डिसेम्बर अंकमापनि पढ्न सकिन्छ) 

तपाइँको प्रतिक्रिया