भोट माग्ने नौटंकी कला

election-1

जनताको भोट लिएर संविधान बनाउन भन्दै भत्ता खाएका नेताले संविधान त के दिन्थे । बरु जनतासित माफीपनि मागेनन् । जनताको भोट पाएर संविधान सभामा छिरेपछि कति नेता त जनताका घर दैलो, गाविस भवन सम्म पुगेनन् । राजधानीमै बसे । मस्ति  गरे । बरु केहि पटक बिदेशको यात्रा गर्न भ्याए । भत्ता लिए, तलब थापे । आफूले लिने र पाइने जति केहि छोडेनन् । तर जनतालाई केहि दिएनन् । रपनि तिनले माफी सम्म मागेनन् जनतासित । हामीले गल्ति गर्‍यौं भनेर । अहिले फेरि संविधान सभाको चुनाव घोषणा गरिएको छ, मंसिर चार गते । फेरि ति जनताको घरमा भोट माग्दै गएका छन् । सभासद बनेपछि तलब र भत्तामै ध्यान दिएका, जनतालाई सेवा र सुबिधा केहि दिन नसकेका तिनै दल अहिले जनताका घर घर अनेक नौटंकी देखाउँदै भोट माग्न पुगेका छन् ।

election-8

हेर्न लायकको छ तिनको भोट माग्ने कला । सधैं प्राडो र पजेरोमा दगुर्नेहरु कोहि साईकलमा चढेर देखाएका छन् । कोहि घोडामा चढेर नाटक गर्दै छन् । कोहि मुलुक र जनता सम्पन्न बनेझै हेलिकोप्टर चढी चढी दुखि जनताका आँगनमा पुगेका छन् । ल हेर्नुस् नेताहरुले कति नाटक गर्न सक्दा रहेछन् भोट माग्न । कुनै दल विशेष भन्दापनि पाएका फोटोहरु यहाँ राख्न खोजेको हुँ । फोटोहरु मैले पत्रकार तिर्थ कोइरालाको फेसबूकबाट लिएको हुँ ।

election-13

election-16

election-35

election-34

election-5

election-10

election-34

election-9

election-12

election-14

election-18

election-23

       (बाँकि फेरि राख्ने छु)

तपाइँको प्रतिक्रिया