एन आर एन स्विजरल्याण्डमा “खाए खा नखाए घिच” का बिरुद्द तिन पत्रकारको कडा आपत्ती

deepak-nirajan-gunaraj-swissएन आर एन स्विजरल्याण्डको निर्वाचन भएर हालसालै नयाँ समिति बनेको हो । तर नयाँ समिति बन्नासाथ बिबादमा परेर अहिले स्विजरल्याण्डमा भाँडभैलो देखिएको छ । रचनात्मक काम गर्नुपर्ने संस्थाले सल्लाह र ब्यक्तिको अनुमतीनै नलिइ समितिमा जबर्जस्ति राखेपछि अहिले त्यहाँ बिबाद र भाँडभैलो भएको हो । एन आर एन स्विजरल्यण्डमा त्यहाँका तिन पत्रकार गुणराज शर्मा, निराजन श्रेष्ठ र दिकप शर्मा खतिवडालाइ एन आर एन स्विजरल्याण्डको कार्य समितिमा  बिना सहमतीबिना राखेर मेडियामा प्रचारबाजी गरिदिएपछि उनीहरु क्रुद्द बनेका हुन् । आफूहरुसित कुनै सरसल्लाह नगरि, कुनै पूर्व जानकारि नदिई आफ्नो नाम मुछेर प्रचारबाजी गरिएको भन्दै तिन जनाले संयुक्त प्रेस बक्तब्यमार्फत आपत्ती जनाएका छन् । प्रेस बक्तब्य भनिएको छ “स्विटजरल्याण्डमा रहेको नेपाली समाजको समग्र नेतृत्व गर्छु भन्दै गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डका नेतृत्वमा रहनुभएकाले हामी संग कुनै सल्लाह र अनुमति नै नलिई सार्वजनिक संजालमा हाम्रो नाम र जिम्मेवारी दिनु हाम्रो आत्मनिर्णय गर्ने अधिकारलाई कुठाराघात गर्दै हाम्रो मौलिक अधिकार माथिको ठाडो प्रहार हो भन्ने हामीले महसुस गरेका छौ ।” 

बक्तब्यमा “हामीलाई जिम्मेवारी दिनुभन्दा पहिला, हामी माथि कुनै निर्णय गर्दा हामीलाई जानकारी दिन जरुरि थिएन र ?” एन आर एन स्विजरल्याण्डलाइ प्रश्न गर्दै भनिएको छ “न कुनै पुर्व आधिकारिक जानकारी, न कुनै सर-सल्लाह (ईमेल, फोनको सर्वशुलभ सुविधा भएको यो देशमा) विना नै कुनै राजनीतिक पार्टिले नेपालमा आफ्नो सक्रिय कार्यकर्तालाई दिने ठाडो आदेश जस्तो गरि होस् वा कुनै विभागको हाकिमले आफु मातहतको कर्मचारीलाई दिने आदेश जस्तै गरि समग्र गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डको विधानमा नै नभएको जिम्मेवारी सामजिक संजाल मार्फत सबै स्विसवासी नेपालीको आखाँमा छारो हाल्दै हामीलाई ठाडो आदेश दिनु भनेको सामान्य मानवीय मूल्य र मान्यताको चरम उपहास हो भन्ने हाम्रो बुझाई छ । अझै भन्ने हो भने “खाए खा नखाए घिच” भन्ने अवस्थाको सृजना गर्दै हाम्रो चासो नै नभएको विषयमा मिडिया मार्फत लाद्न खोज्नु गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डको नेतृत्व गर्छु भन्नेहरुको गैर जिम्मेवारी र नालायकी पन हो  । साथै हामीप्रति मानहानी भएको भन्ने हाम्रो ठहर छ ।”

प्रेस बक्तब्यको पूर्ण पाठ पढ्नुस्

सयुक्त्त प्रेस बक्तब्य

गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डको प्रथम बैठकका निर्णय भन्दै हामीलाई पुर्व जानकारी र सुचना बिना हाम्रो नाम जोडिएर प्रकाशित समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । स्विटजरल्याण्डमा रहेको नेपाली समाजको समग्र नेतृत्व गर्छु भन्दै गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डका नेतृत्वमा रहनु भएकाले हामी संग कुनै सल्लाह र अनुमति नै नलिई सार्वजनिक संजालमा हाम्रो नाम र जिम्मेवारी दिनु हाम्रो आत्मनिर्णय गर्ने अधिकारलाई कुठाराघात गर्दै हाम्रो मौलिक अधिकार माथिको ठाडो प्रहार हो भन्ने हामीले महसुस गरेका छौ । हामीले समग्र गैर आवासीय नेपाली संघ स्विटजरल्याण्ड र हामीलाई उहाँहरुकै भाषामा “नियुक्ति” गरिएको भनिएको जिम्मेवारीको अवमुल्यन गर्न खोजेका होईनौ किन कि कुनै पनि जिम्मेवारी पाउनु अथवा लिनु सामान्य कुरा होईनन । कार्य दक्षता संगै आफ्नो ईच्छा शक्ति हुन जरुरि हुन्छ भन्ने हाम्रो ठहर हो । जुन प्रक्रिया अपनाईयो त्यो प्रति हाम्रो असहमति हो । किनकि हामीलाई जिम्मेवारी दिनु भन्दा पहिला हामी माथि कुनै निर्णय गर्दा हामीलाई जानकारी दिन जरुरि थिएन र ? न कुनै पुर्व आधिकारिक जानकारी, न कुनै सर-सल्लाह (ईमेल, फोनको सर्वशुलभ सुविधा भएको यो देशमा) विना नै कुनै राजनीतिक पार्टिले नेपालमा आफ्नो सक्रिय कार्यकर्तालाई दिने ठाडो आदेश जस्तो गरि होस् वा कुनै विभागको हाकिमले आफु मातहतको कर्मचारीलाई दिने आदेश जस्तै गरि समग्र गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डको विधानमा नै नभएको जिम्मेवारी सामजिक संजाल मार्फत सबै स्विसवासी नेपालीको आखाँमा छारो हाल्दै हामीलाई ठाडो आदेश दिनु भनेको सामान्य मानवीय मूल्य र मान्यताको चरम उपहास हो भन्ने हाम्रो बुझाई छ । अझै भन्ने हो भने “खाए खा नखाए घिच ” भन्ने अवस्थाको सृजना गर्दै हाम्रो चासो नै नभएको विषयमा मिडिया मार्फत लाद्न खोज्नु गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डको नेतृत्व गर्छु भन्नेहरुको गैर जिम्मेवारी र नालायकी पन हो साथै हामीप्रति मानहानी भएको भन्ने हाम्रो ठहर छ । यसको जवाफ उहाँहरुले कुनै न कुनै समयमा यहाँको नेपाली समाजलाई दिनु पर्ने छ, त्यो दिन अवश्य आउने छ हामी त्यसको प्रतिक्षामा छौ ।

हामीले निर्णय संचार माध्यममा सार्वजनिक भए पछि पनि सम्वन्धित संस्थाका अध्यक्षलाई फोन मार्फत तपाईको अध्यक्षतामा बसेको बैठकले हामीलाई नसोधी किन निर्णय गरेको ? भनि जानकारी माग्ने प्रयास गरेका थियौ उहाँकै भाषामा ” यो मेरो एजेन्डामा नै थिएँन तर साथीहरुले प्रस्ताव गर्नु भयो त्यस अवसरमा मैले सबैलाई पहिला सोध्नुपर्छ अनि राखौ भनेको तर साथीहरुले “हाम्रो काम राख्ने अथवा निर्णय गर्ने हो उहाँहरु बस्ने नबस्ने उहाँहरुको कुरा हो” भन्दै सर्वसहमतीमा निर्णय गरेका हौँ । यदि “बस्न मन नभए मलाइ बस्न मन छैन भनेर लेखेर पठाउदा हुन्छ” भन्ने जवाफ दिनु भयो । यो कुराले पनि नियत के थियो र के गर्न खोजिएको ? भन्ने प्रष्ट हुन्छ ।

गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डको अधिवेसनको महिनौ अगाडी देखि लिएर अहिलेको कार्यसमिति निर्विरोध निर्वाचित भएको अन्तिम समय सम्म र संगै  त्यस पछि पनि वर्तमान अध्यक्ष लगायत कार्यसमितिका केहि पदाधिकारीहरु संग कार्यसमितिमा सहभागिता हुने नहुने कुरामा हाम्रो स्पष्ट धारणा राख्दै आएका थियौ, यति हुदाँ हुदै पनि आफनै कार्यसमितिका साथीहरुलाई हाम्रो धारणाको जानकारी नै नदिई उहाँहरु समेतलाई गुमराहमा राखी जुन जिम्मेवारी दिएको नाटक गरिएको छ,vवास्तवमै दुर्भाग्य पुर्ण हो भन्ने हाम्रो ठहर छ । यति हुदा हुदै पनि जो साथिहरु कार्यसमिति हुनुहुन्छ जसले हाम्रो नाम जुन नियतमा आए पनि अन्तरात्मा देखि अनुमोदन गर्नुभयो त्यसका लागि हामी हार्दिक आभार ब्यक्त गर्दै भविष्यमा पनि हजुरहरुको सद्भाव रहने छ भन्ने विस्वास लिएका छौ ।

अन्तमा हामी पनि यही समाजको एउटा हिस्सा हौ र हामी यहाको नेपाली समाज संग अलग हुनपनि सक्दैनौ । यसमा कुनै दुविधा नै छैन ।  हिजो जसरि नेपाली समाजमा सक्रिय भएका थियौ, भोलिका दिनहरुमा पनि त्यसरी नै रहने छौ । हामी कुनै पनि संघ संस्थामा आवद्द नहुने भन्ने हाम्रो आशय होईन र हुने पनि छैन साथै समग्र समाजले दिएको भूमिका जति बेला पनि निभाउन तयार छौ तर समाज र आफनै कार्यसमितिका साथीहरुलाई भ्रममा राख्दै सामान्य साधारण सदस्य माथि विधानमा नै नभएको कुरा लाद्न खोज्ने प्रबृति माथि हाम्रो असहमति हो । केहि गर्छु भन्दै गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डमा आउनु भएका साथीहरुको अनुभवको कमिको फाईदा उठाउदै समग्र नेपाली समाज माथि हैकमी प्रवृति लाद्न खोज्नेहरु प्रति सचेत हुनुहुन सम्पुर्ण स्विसवासी नेपाली समाजलाई हार्दिक अनुरोध गर्दै गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डले नेपाल, नेपाली र स्विसको नेपाली समाजका लागि गर्ने कुनै पनि सकारात्मक कार्यमा हाम्रो तर्फ बाट सहयोग समर्थन र सद्भाव सदैव रहने प्रतिवद्दता व्यक्त गर्दै सो निर्णय प्रति आपती जनाउदै सो पदमा बसेर काम नगर्ने जानकारी गराउदछौं |धन्यवाद|

-निराजन श्रेष्ठ

-गुण राज शर्मा

-दिपक शर्मा खतिवाडा

तपाइँको प्रतिक्रिया