एन आर एन बेल्जियमको मत फेरि गणना हुने भो ? !

nrn-belgium-elected-bodyएन आर एन बेल्जियमको निर्वाचन भएर नयां समितिले काम थालिसक्यो । जितेर अबिर गह्सेकोपनि उहिल्यै हो । त्यो बेला बिबादपनि भएको हो । एक पक्षले हार्ने निश्चित भएपछि प्रतिद्वन्दि गंगाधर गौतमको पक्ष फर्जी मत परेको आरोपमा मतदान केन्द्र छोडेर भागेको आरोप लगाए । तर उता एन आर एन बेल्जियमको अध्यक्ष पदका उमेदवार गंगाधर गौतम र आ इसिसि पदका उमेदवार पिजी शेर्पा पक्षले भने लुभेनको एक मतदान केन्द्रमै ३८ मत फर्जि भेटिएकाले धाँधली भएको आरोप लगाउँदै फेरि निर्वाचन गर्नु पर्ने भनेर हिँडे । बिबाद लम्बिँदै गयो । हार्ने पक्ष भनिएकाले यो निर्वाचन परिणाम नामन्ने भनेर अड्डि कस्दै गए । बिबाद एन आर एनको केन्द्रमा पुग्यो । केन्द्रले केहि सदस्यलाइ सहजकर्ता खटायो । बुझ्न लगायो । तिनले सरोकारवालासित बुझे, बैठक बसे ।

अहिले एन आर एन संरक्षक, प्रबक्ता, केन्द्रका अध्यक्ष, उपाध्यक्ष, एन आर एन युरोप संयोजक कुमार पन्त सहितको टोलीले केहि सुझाव दिएको छ । जित्ने र हार्ने दुबै पक्षसित बैठक बसेर उपयुक्त उपाय अपनाउन केन्द्रको बैठकले निर्देशन र सुझाव दिएको छ । तर त्यो सुझावको एक महत्वपूर्ण बुँदा के छ भने ‘एनआरएन बेल्जियमको एकतालाई कायम गर्न संस्थापनपक्ष, सहजकर्ता र असन्तुस्ट पक्ष बिच छलफल गरी पुन मतगणना वा बिबाद समाधानका अन्य उपायहरु के के हुन सक्छन सो निर्क्यौल गरि सोहि अनुरुप अगी बढ्ने’ भन्ने उल्लेख छ । यसले सायद असन्तुष्ट पक्षले पुन मत गणना गर्नुपर्ने भन्दै आएको मागलाई सम्बिधन गर्न खोजेको देखिन्छ । यसरि पुन मत गणना गर्ने निर्णयलाई के जितेको पक्षले स्विकार गर्ला ? स्विकार नगरे के होला ? एन आर एन बेल्जियमको बिबाद सहजै समाधान होला जस्तो देखिन्न । केन्द्रले बैठक बसेर गरेका निर्णयहरु हेर्नुस् है त ?

श्री प्रेम गुरुङ, अध्यक्ष, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, बेल्जियम

श्री गंगाधर गौतम, पूर्व सल्लाहकार, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, बेल्जियम

विषय: राष्ट्रिय समन्वय परिषद बेल्जियममा सहकार्य गरि अघि बढ्ने सम्बन्धमा ।

राष्ट्रिय समन्वय परिषद बेल्जियमको निर्वाचन जुलाई ७, २०१३ मा सम्पन्न भए पस्चात निर्वाचनमा आइसिसिबाट प्रतिनिधि गरेका पर्यबेक्षक एनसिसि जर्मनीका तत्कालिन अध्यक्ष पुष्प थापाजीले पेश गरेको प्रतिबेदन र क्षेत्रिय संयोजक कुमार पन्तजीको प्रतिबेदन प्राप्त भएता पनि गंगाधर गौतमजी पक्षबाट सुनिन आएका असन्तुस्टिका आवाजलाई मध्यनजर राख्दै निर्बर्तमान अध्यक्ष, क्षेत्रिय संयोजक, निर्वाचन आयुक्त, निर्वाचन पर्यबेक्षक, आइसिसि प्रतिनिधिहरु (आईसीसी उम्मेदबार श्री पीजी शेर्पाजी बाहेक) समेतसंग भएको स्काईप मिटिङ पश्चात निर्बाचित समितिलाई नै अन्तर्राष्ट्रिय समन्वय परिषदबाट मान्यता प्राप्त भएको व्यहोरा अवगत गराउँदछौं ।

तर अध्यक्षका प्रत्यासी गंगाधर गौतम लगाएतको सकृयतामा २९ तारिक २०१३ का दिन भेला बोलाएको अवस्थामा सबै पक्ष एकै ठाउंमा बसेर समस्याको समाधान निकाल्ने बाहेक अर्को बिकल्प देखिएन ! त्यसैले आगामी महिना हुने विश्वसम्मेलनलाई मध्यनजर गर्दै निम्न अनुसार गर्नु हुन अनुरोध गरिन्छ ।

१- गैरआवासीय नेपाली संघ बेल्जियममा भैरहेको विवादका सम्बन्धमा छलफल गर्न सहजकर्ताको रुपमा एनआरएनए आइसीसीको तर्फबाट गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापाजीलाई नियुक्त गरिएको छ । संरक्षक श्री थापाजीलाई बिबादको समाधान निकाल्ने बिषयमा सबै प्रकारको सहयोग गर्नु हुन अनुरोध गर्दछौ !

२- एनआरएन बेल्जियमको एकतालाई कायम गर्न संस्थापनपक्ष, सहजकर्ता र असन्तुस्ट पक्ष बिच छलफल गरी पुन मतगणना वा बिबाद समाधानका अन्य उपायहरु के के हुन सक्छन सो निर्क्यौल गरि सोहि अनुरुप अगी बढ्ने ।

३- सहमति र सहकार्यको बतावरण तयार गर्नका लागि असन्तुस्ट पक्षले २९ तारिख २०१३ आइतवारका दिन बोलाएको भेलालाई तुरुन्त रद्द गर्ने ।

४- अक्टोवर १९ देखि २२ मा काठमाण्डौंमा हुने विश्व सम्मेलनमा सहभागी हुन चाहने सबै गैरआवासीय नेपाली संघ बेल्जियका सदस्यसाथीहरुलाई एक ढिक्का भएर सम्मेलन र महाअधिवेशनमा भाग लिन पाउने वातावरण तयार गर्ने । मापदण्ड पुरा गरेका सदस्यसाथीहरुलाई महाधिवेशनमा भाग लिन चाहेमा सो को सुनिश्चितता गर्न आईसिसिले भूमिका खेल्ने छ ।

संघका बिभिन्न महत्वपूर्ण मुद्दाहरुमा यहाँहरुको सकृय सहभागिताले नेपालीका लागि नेपाली भन्ने भावना सार्थक गराउन तपाईहरु विचको एकता अपरिहार्य भएकोले एकताको लागि हार्दिक आग्रह गर्दछौ । त्यसैले यस अभियानको भविष्य र हाम्रो एकताका लागि सामान्य विवाद भन्दा माथि उठेर निर्णय गर्नु हुन सबैमा हामी विनम्र अनुरोध गर्दछौं । धन्यवाद,

अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका तर्फबाटः १.जीवा लामिछाने, अध्यक्ष, अन्तरास्ट्रिय समन्वय परिषद , गैरआवासीय नेपाली संघ

२.क्या. हितमान गुरुङ, उपाध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ

३.रामेश्वर शाह, उपाध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ

४.तेञ्जी शेर्पा, महासचिव, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ

५.भवन भट्ट, कोषाध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ

६. डा. हेम राज शर्मा, प्रवक्ता, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ

बोधार्थ: राम प्रताप थापा संरक्षक एनआरएनए आइसीसी तथा बेल्जियम एनसीसी बिबाद समाधानका सहजकर्ता ! कुमार पन्त, युरोप क्षेत्रिय संयोजक, गैरआवासीय नेपाली संघ पि जि शेर्पा , सदस्य, एनआरएनए आईसिसि अर्जुन कुमार श्रेष्ठ, सदस्य, एनआरएनए आईसिसि रबिन्द्र मान श्रेष्ठ, सदस्य, एनआरएनए आईसिसि जानकी गुरुङ, निर्बर्तमान अध्यक्ष, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, बेल्जियम युबराज गुरुङ, पूर्व अध्यक्ष, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, बेल्जियम

तपाइँको प्रतिक्रिया