एन आर एनका अहिलेसम्मका बिबादबारे के के निर्णय गरिएछ ? (एकमुष्ट पढ्नुस्)
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष, संरक्षकहरु, सल्लाहकारहरु तथा समस्त गैरआवासीय नेपाली संघ परिवार,
गैरआवासीय नेपाली संघ यूकेको पाचौं महाधिवेशनका क्रममा विकसित भएका घटनाहरुबारे बिभिन्न सञ्चार माध्यम तथा संघ भित्र देखिएको चासो, चिन्ता र दुविधाबारे हाम्रो ध्यानाकार्षण भएको छ। अहिले देखिएको समस्याको कारण, विगतमा भएका सहमतीका प्रयास र अब लिन सकिने बाटो के के हुन सक्छन यसबारे हामी स्पष्ट गर्न चाहान्छौ।
गैरआवासीय नेपाली अभियानको उद्गम स्थल बेलायतमा देखिएका असहज परिस्थितिले यस अभियानलाई विश्वव्यापीरुपमा पार्ने प्रभावमा हामी सचेत छौ।त्यसैले सबै पक्षलाई मिलाएर लैजाने संरक्षक प्रो सूर्य सुवेदि तथा उपाध्यक्ष क्याप्टेन रि हितमान गुरुङ लगायत हामी सबैले शुरुका दिन देखि अथक प्रयास गरि राखेका थियौं र यो प्रयास जारि रहने प्रतिबद्दता व्यक्त गर्दछौं। मिति १३ सेप्टेम्वर २०१३ मा संघका सबै संरक्षक र सल्लाहकारकोगरेको अनुरोध अनुसार सेप्टेम्वर १५ तारिखमा सम्पन्न भएको अधिवेशनले सहमतीको लागी वैधानिक बाटो खुलाएकोले सबै असन्तुष्ट साथीहरुलाई मुल प्रवाहमा ल्याउन सकिने कुरामा हामी विश्वस्त छौ। संरक्षक तथा सल्लाहकारको अनुरोध, वेलायतमा सदस्यहरुको सँख्या पनि बढ्दै गएको रअसन्तुष्ट साथीहरुलाई पनि समावेस गर्नु पर्ने कारणले दुई उपाध्यक्ष, एक सचिव तथा नौं सदस्यहरु हालको कार्य समितिले मनोनय गर्न पाउने अधिकार महाधिवेसनले दिएको छ । आईसिसिको लागी युवा प्रतिनिधि र महिला प्रतिनिधिको हैसियत पदाधिकारी सहर गर्ने निर्णय भएको र यी सबैपदहरु खाली रहेका छन। हामि बिचको एकता कायम राख्नको रिक्त पदमा असन्तुष्ट साथीहरुलाई मिलाएर लैजान नयाँ कार्यसमितिलाई आग्रह गर्दछौं र बाहिर रहनु भएका साथीहरुलाई पनि विधि विधान र प्रकृया भित्र रही मुल प्रवाहमा आउन अनुरोध गर्दछौ।
दुबै पक्षलाई मिलाउन विभिन्न तहमा छलफल हुदै आएका छन। पूर्व अध्यक्षहरु, यूकेबाट प्रतिनिधित्व गर्ने आईसिसि पदाधिकारी हुदै पछिल्लो चरणमा प्रो सुर्य सुवेदी र क्या रि हितमान गुरुङको तहबाट सहमतीको प्रयास भएको छ। महाधिवेशन हुनु भन्दा एक दिन पहिलेले पनि हामीहरु सबैको उपस्थितिमा दुबै पक्षलाई मिलाउने अन्तिम प्रयत्न भएको थियो। दुबै पक्षलाई मिलाउन लगभग कतै व्यवहारमा नभएका ‘अध्यक्ष लगायत सबै पद दुईबटा हुने’ सम्मका मोडेलहरु प्रस्ताव भएका थिए। तर एक पक्षले बाहिर भने झै सदस्यहरु र सदस्यता शुल्क प्रस्तुत गर्न नसकेको र अर्को पक्षले कार्यसमितिमा रहने केही व्यक्तिहरु बिच असहमती देखाएकोले सहमतीको प्रयास विफल भयो।१५ सेप्टेम्वर २०१२ मा पुर्व कार्यसमितिका लगभग सबै जना, सबै पूर्व अध्यक्षहरु, यूकेबाट आईसिसिमा प्रतिनिधित्व गर्ने उपाध्यक्ष, प्रवक्ता, क्षेत्रीय उपसंयोजक, दुई सदस्यहरु, बेलायतका लागी नेपाल राजदूत, सँस्थाका प्रतिनिधीहरु, यूरोप क्षेत्रीय संयोजक लगायत विभिन्न देशबाट आउनु भएका प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन सम्पन्न भई सकेको छ। यसै दिन असन्तुष्ट साथीहरुले छुट्टै भेला गर्नु भएको छ। तर पनि हामीहरु अझै पनि असन्तुष्ट साथीहरुलाई मुल धारमा आउने प्रसस्त बाटोहरु देखेका छौ।यसै अनुसार हाम्रो तर्फबाट सहमती ल्याउने प्रयास गर्ने छौ।
अहिले सम्म भएका घटनाक्रमका यसै साथ संलग्न गरिएको छ। यो रिपोर्टसहमती गराउन संलग्नहरुको परामर्शमा तयार गरिएको हो।
हितमान गुरुङ, उपाध्यक्ष, गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनएन आईसिसि)
डा हेम राज शर्मा, प्रवक्ता, एनआरएनएन आईसिसि
लक्ष बहादुर गुरुङ, सहसंयोजक, युरोप एनआरएनएन आईसिसि
विश्व आदर्श पण्डित, सदस्य, एनआरएनएन आईसिसि
शंकर भण्डारी, सदस्य, एनआरएनएन आईसिसि
महन्त श्रेष्ठ, सँथापक अध्यक्ष, एनआरएन यूके
मेजर रि डमर घले, पूर्व अध्यक्ष, एनआरएन यूके
सुर्य गुरुङ, पूर्व अध्यक्ष, एनआरएन यूके
कुल आचार्य, निवर्तमान अध्यक्ष, एनआरएन यूके
२१ सेप्टेम्वर २०१३
अहिले सम्म भएका घटनाक्रमका गतिविधिहरु निम्न प्रकार छ।
1) ११ मे २०१३ मा भेटघाट रेस्टुरेन्ट अल्डरशटमा भएको पूर्ण बैठकले एनआरएन आइसीसी प्रबक्ता डा. हेम राज शर्मा प्रमुख रहने गरी ७ सदस्यिय निर्वाचन कमिटी गठन गरेको।निर्वाचन प्रतिस्पर्दी हुने आकलन गरी पूर्व, अध्यक्ष, महासचिव, अक्सफोर्ड विध्व विधालयका अनुसन्धानकर्ता, महिला, समाजसेवी, प्राविधिक ज्ञान भएका सबैको प्रतिनिधित्व रहने गरी उच्च स्तरीय समितिको निर्माण गरिएको थियो।उक्त बैठकमा कार्य समितिका सल्लाहाकार कर्ण शाहीलेसंयोजकको प्रस्ताब गर्नु भएको थियो भने निर्वाचन समितिलाई बैठकलेसर्वसम्वत अनुमोदन गरेको थियो। जुन निर्णय प्रकृयामा महेन्द्र कडेलजी र राजेन्द्र कँडेलजीको पूर्ण सहमती थियो।
2) १७ जुन २०१३ मा निर्वाचन समितिको आयोजनामा कार्यसमितिका सबैजसो सदस्यहरु, आइसीसी सदस्यहरु, संघ संस्थाका प्रतिनिधिहरु, मेडिया र सर्बसाधारण समेतको ब्यापक सहभागितामा निर्वाचन बिषयक अन्तर्कृयामा सम्पन्न भएको थियो। यस अन्तर्कृयामा योगेन क्षेत्री तथा महेन्द्र कँडेल स्वयम उपस्थिति हुनु भएको र निर्वाचन प्रकृयाका बारे जानाकरी लिनुका साथै निर्वाचन प्रकृयामा केही सुझाहरु पनि प्रस्तुत गर्नु भएको थियो। निर्वाचन समितिले उहाँको सुझावको संवोधन पनि गरेको थियो।
3) जुलाईका बिभिन्न मितिमा निर्वाचन समिति तथा कार्यसमितिले निर्वाचनतथा सदस्यता सम्बन्धी सूचना प्रकाशित गरी सर्बसाधारण एवम संघ संस्थाहरुलाई जानाकारी गराइएको थियो। बेलायतमा भएका सबै छापा अनलाईन, टिभि, संघको वेभसाईटबाट जानाकारी गराईएको उक्त सूचनामा निर्वाचन कार्यविधि, आचार संहिता प्रकाशित गरिएको थियो। यसैलाई स्विकार गर्दै सबै पक्ष निर्बाचनको तयारीमा लागेका थिएँ।
4) ५ जुलाई २०१३ एनआरएन यूकेको १४ औं बैठक सम्पन्न, बिशेष रुपमा १५ सेप्टेम्बर २०१३ मा हुने एनआरएन यूकेको साधाणसभा भब्यताका साथ सम्पन्न गर्ने एवम निर्वाचनलाई कसरी चुस्त, द्रुस्त एवम पारदर्सी बनाउन सकिन्छ भन्ने बिषयमा बैठक केन्द्रीत भएको थियो।
5) ११ अगस्ट २०१३ मा उपाध्यक्ष महेन्द्र कंडेलको प्रस्ताबमा साधारण सभा र निर्वाचन बिषयमा केन्द्रित रहि एनआरएन यूकेको बिशेष बैठक सम्पन्नभएको थियो। उपाध्यक्ष महेन्द्र कंडेलको प्रस्ताबमा निर्वाचन कमिटीको सहयोगार्थ उमेद्वारी दर्ता भए पश्चात थप २ जना थप्न निर्वाचन कमिटीलाई अधिकार प्रदान गरेको थियो।औपचारिकरुपमा उम्मेदवारी दर्ता नभई सक्दा कसकसको सिफारिसमा समितिमा मानिस राख्ने निर्णय लिन नसकिने र निर्वाचन समितिको काम सदस्यताता प्राप्त भई सके पछि शुरु हुने भएकोले पछि दुईजना थप गरिने निर्णय गरिएको।यस पूर्व निर्वाचन समिति र निर्वाचन प्रकृयाका बारे कतैबाट प्रश्न नउठेको।
6) तत्पश्चात सुर्य नेंबाङले पुरै निर्वाचन समिति भङग गरी संघ सँस्थाका प्रतिनिधी रहने गरी नयाँ निर्वाचन समिति बनाउनु पर्ने माग अध्यक्ष कुल आचार्यलाई गरेको।तर कार्यसमितिले सर्वसम्वतरुपमा निर्माण गरेको उच्च स्तरीय समितिलाई भङग गर्दा झन निर्वाचन गर्न कठिन हुने र निर्वाचन कार्यविधिमा सबै सहमती भई अगाडी बढेको स्थितिमा पुरै समिति भङग गर्नु पर्ने कारण नदेखिएकोले समिति भङग गर्न नसकिने तर निर्वाचन सम्वन्धी प्रकृया र कार्यविधीमा केही सुझाब भए छलफल गर्न सकिने जानाकारी दिएको। निर्वाचन सम्वन्धी प्रकृया र कार्यविधीका संवन्धमा निर्वाचन समितिलाई लिखितरुपमा कुनै सुझाव प्राप्त नभएको।
7) १७ अगस्ट २०१३ निर्वाचन कमिटीको पूर्व प्रकाशित सूचना बमोजीमबिहान १० देखि दिउसो १४ बजे सम्म भौतिकरुपमा उपस्थित भएरसदस्यता दर्ता गराउने व्यवस्था गरिएको थियो। हुलाकबाट भने यस पूर्व पनि सदस्यता दर्ता गर्न सकिने व्यवस्था थियो। हुलाकबाट आएका सदस्यताहरु सुरक्षित हुन भनेर एनआरएन यूकेको नाममा एउटा छुट्टै पोष्टबक्स खोलिएको थियो। निर्वाचन प्रकृयालाई र निर्वाचन समितिलाई स्विकार गरी सबै पक्ष आ-आफ्नो सदस्यता बुझाउनको लागि निर्वाचन समितिको कार्यालयमा जम्मा भएको र लाम बन्द गरेर शान्त वातावरणमा सदस्यता दर्ता गराईएको थियो। यसै बिच एक पक्षले बुझाउन ल्याएको सदस्यता फाराम सदस्यता बुझाउने समय भन्दा १० मिनेट पहिले बिभिन्न कारण देखाई सदस्य नबुझाई फर्केको थियो।
8) सदस्यता नबुझाउने कारण मध्य सदस्यता फाराम बुझाउने ठाउँमा कार्यसमितिका महासचिव तथा अध्यक्ष पदका प्रत्यासी राम शरण सिखडाको उपस्थिति भएको भनिएको छ। सदस्यता वितरण गर्ने तथा व्यवस्थापन गर्ने पूर्ण अधिकार कार्य समितिलाई रहेको र महासचिवको हैसियतले उनको उपस्थितिलाई निर्वाचन समितिले अन्यथा लिएको थिएन र सदस्यता दर्ता गर्ने कार्यालयमा कार्यसमिति, निर्वाचन समिति र आईसिसि पदाधिकारीलाई उपस्थिति हुन खुला गरिएको थियो। सुरक्षाको दृष्टीले अन्य ब्यक्तीलाई प्रवेश गर्न दिईएको थिएन। कार्यालयमा राम शरण सिखडाका साथमा राजन कडेलको पनि समय समयमा उपस्थित भएको र सदस्यता दर्ता सम्वन्धी जानाकारी लिनु भएको थियो।
9) २२ अगस्ट २०१३, उपाध्यक्ष महेन्द्र कंडेलको अनुरोधमा पुन एनआरएन यूकेको बिशेस बैठक बोलाइएको थियो। बैठकमा उपाध्यक्ष महेन्द्र कंडेलले फिर्ता लगिएका भनिएका ७५०० सदस्यता कसरी दर्ता गर्न सकिन्छ र उहाँहरुलाई कसरी एनआरएन यूकेको मुल धारमा समायोजित गर्न सकिन्छ भन्ने बिषयमा पूरा दिन भर छलफल भएकोथियो। महेन्द्रजीले सो बैठकमा निर्वाचन समिति भङग गर्नु पर्ने अडान लिएको तर कार्यसमितिले आफैले बनाएको समिति आफैले कुनै कारण बिना भङग गर्दा झन स्थिति बिग्रन सक्ने भएकोले बैठकले एक स्वरमाउक्त अस्विकार गरेको थियो। यसै बैठकमा सहमतीमा आउने भए २५ र २६ तारिखमा सदस्यता खुलाउने सहमती भएको थियो। सोही दिन साँझ पूर्व अध्यक्षहरु, योगेनजी र महेन्द्रजी लगायतकाको अनौपचारिक बैठकमा चक्रिय प्रणालिमा जाने, यसका लागि सदस्यताबाट आएको शूल्कले योगेनजी र महेन्द्रजीको नाममा नेपालमा च्यारिटिको परियोजना लैजाने, यसलाई मुर्त रुप दिन २३ तारिख पुन बैठक बस्ने निर्णय भएको थियो।
10) २३ अगस्ट २०१३, माथी उल्लेख भए वमोजिम चक्रिय प्रणालीमा छलफल गर्न बैठक बस्यौ र दुबै पक्ष सहमत भयो। तर बाहिर गएको १० मिनटमा नै महेन्द्रजीले विशेष साधरणसभा बोलाउनु भएको ईमेल सर्कुल भएको थियो।
11) यसै बिच २५ अगस्ट २०१३, उपाध्यक्ष महेन्द्र कंडेलद्वारा एनआरएनको नाममा बिशेष साधारण सभा बोलाई समानान्तर एनआरएन यूके गठनार्थ निर्वाचन कमिटीको घोषणा गरेकोले स्थिति झन जटिल बन्दै गयो।आईसिसिका अध्यक्ष जीबा लामिछानेजीलाई समानान्तर निर्वाचन समिति गठन नहुने खाली हामी कसरी अगाडि जाने भन्ने विषयमा छलफल मात्र हुने आस्वासन राजन कँडेलजीले गराउनु भएको थियो।
12) २६ अगस्ट २०१३, एनआरएन यूकेद्वारा एनआरएनए आइसीसी उपाध्यक्ष हितमान गुरुङ्, प्रबक्ता डा. हेम राज शर्मा, युरोपका सहसंयोजक लक्ष्य गुरुङ्, एनआरएनए आइसीसी सदस्यहरु, सबै पूर्व अध्यक्षहरु,समिति, सल्लाहाकार, बुद्दीजिबि, समाजसेबी एवम सर्बसारणकोउपस्थितिमा विकसित परिस्थिति वारे छलफल गर्दा निर्वाचन प्रकृयालाई पुर्व निर्धारि समयमा नै गर्ने र सहमतीको प्रयास पनि जारी राख्ने निर्णय गरिएको थियो। उक्त कुराको जानाकारी सोही दिन पत्रकार सम्मेलन गरि जानकारी गराइएको थियो ।
13) २६ अगस्ट २०१३, निर्वाचन समितिद्वारा अन्तिम नामावली प्रकासन गरिएको थियो ।
14) २६ अगस्ट २०१३, महेन्द्र कंडेलद्वारा कम्पनी हाउसमा नयाँ एनआरएनए दर्ता (थोरै मात्र परिवर्तन गरेर) गरेको तथा एनआरएन यूके छुट्टै वेबसाईट खोलेको तथा आफैले गठन गरेको निर्वाचन समितिको नाममा नेपालीपत्रमा गलत सूचना प्रकाशित गरेकोले आदि कारणले झन सहमतीको वातावरण खल्बलिएको थियो। उक्त वेभसाईटमा पहिले भनिए भन्दा कम ६३०० सदस्यहरुको नामावली प्रकाशन गरिएको थियो।
१२) सदस्यता नामावली प्रकाशन गर्नु भन्दा पहिले र उम्मेदवारी दर्ता गर्नु भन्दा पहिले सर्बसम्मत नेतृत्च चयन गर्न निम्न प्रयास भएका थिए।
• ०६ अगस्ट २०१३, संरक्षक प्रो. सूर्य सुबेदी, एनआरएन यूकेका बर्तमान अध्यक्ष कुल आचार्य,निबर्तमान अध्यक्ष सूर्य गुरुङ्, भु पु अध्यक्ष द्वय महन्त श्रेष्ठ, मेजर रिटार्यड डमर घलेको रोहबरमा अध्यक्षका प्रत्यासी र उनका एक एक जना प्रतिनिधि समेतलाई राखी सहमतीको लागि छलफल।
• २३ अगस्ट २०१३, एनआरएन यूकेका बर्तमान अध्यक्ष कुल आचार्य, निबर्तमान अध्यक्ष सूर्य गुरुङ्, भु पु अध्यक्ष द्वय महन्त श्रेष्ठ, मेजर रिटार्यड डमर घलेको रोहबरमा अध्यक्षका प्रत्यासी महेन्द्र कन्डेल, सूर्य नेम्वाङ र योगेन छेत्रीलाई राखी समस्याको निराकरण एवम सहमतीको लागि छलफल गरिएको ।
• २४ अगस्ट २०१३, नेपालि मेलाको अवसरमा संरक्षक प्रो. सूर्य सुबेदि,एनआरएन आइसीसी उपाध्यक्ष हित मान गुरुङ्,युरोपका सह संयोजक लक्ष्य गुरुङ् र एनआरएन यूकेका बर्तमान अध्यक्ष कुल आचार्यको रोहबरमा पुनः महेन्द्र कंडेल, सूर्य नेम्वाङ् र योगेन छेत्रीसँगको छलफल भएको थियो। सहमतीका ९ औ बुदाँ सम्म दुबै पक्षको हस्ताक्षर भएको १० औ बुदाँमा महेन्द्र कंडेलको असहमती भएकोले बैठक यसै टुंगिएको । सहमतीका बुदाँहरु प्रो सुर्य सुबेदीसँग सुरक्षित छन।
• उम्मेदवारी दर्ता हुनु भन्दा एक दिन पहिले प्रो सुवेदीले पुन एक पटक दुबै पक्षलाई सहमतीमा ल्याउन प्रयास गरेको तर छोटो समयमा सूचना भएकोले आवश्यक तयारी गर्न नसकेको तथा भोली मनोनयन हुने उम्मेदवारहरु विच छलफलको कार्यक्रम पहिले नै तय भएको भनीयोगेनजीबाट जानाकरी प्राप्त भएकोले बैठक सम्पन्न हुन नसकेको।
15) ३१ अगष्ट सेप्टेम्वरमा पुर्व निर्धारित समय अनुसार उम्मेदवारीको दर्ता गराएको र योगेन क्षेत्रीको अध्यक्षतामा सबै पद निर्विरोध रुपमा चयन भएको थियो। यसै विच महेन्द्र कँडेलजीको अध्यक्षतामा अर्को समितिको घोषणा गरिएको थियो।
16) १-१३ सेप्टेवर २०१३ विच दुबै पक्षलाई मिलाउन दिनँहु जस्तो छलफल भयो। प्रो सुबेदी देश बाहिर रहनु भएकोले बाँकि हामीले योगेनजीलाई राखी सहमतीको जान हदै सम्म लचक हुन आग्रह गरे पछि उहाँले आफ्नो समिति वैधानिकरुपमा निर्वाचित भई सकेकोले पहिलो एक वर्ष आफ्नो टिमले चलाउने र सबै टिमले राजिनामा गरी दोश्रो वर्षका लागिमहेन्द्रजीको टिमलाई बाटो खोल्न सहमती जनाउनु थियो। यसको लागी महेन्द्रजी दावी गरेका ६३०० सदस्यहरुको फाराम र सदस्यता शुल्ल बुझाउनु पर्ने सर्त थियो। यसको जानाकारी आईसिसि अध्यक्ष जीवाजीलाई लिखितरुपमा दिईएको थियो। यसै बिच महेन्द्रजीले जीवाजी मार्फत आँफू सदस्यता शुल्क बुझाउन तयार भएको तर आँफू अध्यक्ष हुनु पर्ने, योगेनजी कार्यबाहक अध्यक्ष र सुर्य नेबाङ एसिस्टेन्ट अध्यक्ष हुनु पर्ने प्रस्ताव गर्नु भएको थियो – नरेन्द्र कडेल मार्फत।
17) १४ सेप्टेवर २०१३ मा दुबै पक्षलाई राखी दुबै तिर बाट आएका प्रस्तावमाथि छलफल भएको थियो, त्यसस बैठकमा शंकरजी बाहेक हामी सबै उपस्थित थियौ। एक एक वर्ष गर्ने वा दुबै टिमलाई मर्ज गर्ने वा चिट्टा तान्ने वा अध्यक्ष कोही पनि नरहने दुबै सह अध्यक्ष रहने विभिन्न मोडेलमा छलफल भयो (दिउस ३ बजे देखि राती १ बजे सम्म)।योगेनजीका अनुसार आँफू सबै कुरा मान्न तयार भएको, चिट्टा थुतेर अध्यक्ष हुन पनि सहमत भएको तर दुईवटा कुरा महेन्द्रजीले मान्नु पर्ने आग्रह गर्नु भयो- पुरै ६३०० सदस्य र सदस्यता शुल्क बुझाउनु पर्ने र उपाध्यक्षमा प्रस्तावित सुर्य नेबाङलाई आईसिसि सदस्यमा जानु पर्ने। महेन्द्रजी यी दुबै कुरामा असमहत हुनु भयो, पुरै ६३०० सदस्यतको शुल्क तिरेर आँफू चिट्टा नतान्ने बताउनु भयो। यो प्रस्ताव असफल भई सके पछि प्रो सुर्य सुबेदी, योगेनजी र महेन्द्रजीको तीन जना मात्र बसेर एउटा नयाँ मोडेलमा सहमत हुनु भयो। यस्तो मोडेलले अभियानमा सकरात्मक सन्देश नजाने ठान्दा ठान्दै पनि सहमती र एकताका लागी हामीले शिरोधार्य गरेका थियौं। त्यो मोडेल थियो-दुबै टिम मर्ज गर्ने दुबै अध्यक्ष हुने, अन्य सबै पद दुबै हुने। तर यो सहमती लागु हुन पनि महेन्द्रजीले पुरै सदस्यता बुझाउन तयार नहुनु भएको र योगेनजीले सबै सदस्यता शुल्क बुझाउनु पर्ने अडान लिनु भए पछि -वार्ता टुङगिएको थियो। योगेनजी बाहिरिए पछि तीन हजार सदस्यको शुल्क दिन महेन्द्रजी तयार हुनु भएको थियो तर यसका लागि महाअधिवेशन उहाँहरुले तोकेको स्थानमा हुनु पर्ने, उहाँहरुले गठन गरेको निर्वाचन समितिलाई पनि मान्यता दिनु पर्ने, विश्व सम्मेलनमा दुबै अध्यक्षलाई समान हैसियत दिनु पर्ने आदि कुराहरु आएको थियो।सार्वजिक भएका सदस्यहरु मध्य कस्कसको फित्ता गर्ने र यसरी फिर्ता गर्दा अभियानमा नराम्रो असर गर्ने तथा अर्को पक्षको अनुपस्थितिमा भएको सहमतीको कार्वान्यन गर्न नसकिने भएकोले बैठक टुङगिएको थियो।
18) १५ सेप्टेवर मा पूर्व निर्धारित कार्यक्रम अनुसार हामी सबै जना (प्रो सुवेदी स्वस्थ्यको कारणले उपस्थित हुन सक्नु भएन) उपस्थिति भएर महाअधिवेशन सम्पन्न भयो। माथी भने झै आईसिसिको अनुरोध अनुसार विधान संशोधन गरी थप पद सृजना गरिएको छ। सोही दिन अर्को भेला गर्नु भएका असमहत साथीहरुलाई मुल समितिमा ल्याउन बाटो खुलेको छ। हामी सबै यसको प्रयत्नमा लागेका छौ ।




