चुनाव बहिस्कार र मूल्यब्रिद्दीको बिरोधमा उपत्यका बन्द (फोटो ब्लग)

33 Parties & Limbuwan Bike rally in Ktm Valley (1)

सम्पूर्ण संवैधानिक र राजनीतिक मूल्य मान्यतालाई चुनौति दिएर निर्दलीय काम चलाउ सरकार बनेको आरोप ३३ दलिय मोर्चाको छ । त्यो सरकारले गर्ने निर्वाचनलाई ३३ दलिय मोर्चाको निर्वाचन भाँड अभियान जारि छ ।  निर्वाचन  सम्पन्न गर्ने नाममा अत्यन्तै अराजक र नोकरशाही एवं भ्रष्ट बन्ने प्रक्रियामा सरकार अगाडि बढेको आरोप लगाएका छन् ति दलले। झन पछिल्लो पटक सरकारले पेट्रोल लगायतका अन्य वतुको भाउ बढाएपछि त झन आन्दोलनकारिलाई बिरोध गर्ने प्रशस्त ठाउँ हुने भो । यसैको बिरोध गर्न आज उपत्कया बन्द गरेका छन् ३३ दलिय मोर्चाले । तिनले गरेको बन्दले आज उपत्यका प्रभावित भएको छ । आजको बन्दको आव्हान गर्न हिजो निकालेको मोटरसाईकल र्‍यालीमा लिम्बुवानीको प्रभाव थियो । 

33 Parties & Limbuwan Bike rally in Ktm Valley (2)

33 Parties & Limbuwan Bike rally in Ktm Valley (5)

33 Parties & Limbuwan Bike rally in Ktm Valley (8)

33 Parties & Limbuwan Bike rally in Ktm Valley (16)

33 Parties & Limbuwan Bike rally in Ktm Valley (18)

राजधानीमा यातायात ठप्प छ । बजार, पसल, शिक्षण संस्थाहरुपनि बन्द छन् । राजधानीमा सबैतिर बन्दकर्ताहरु छरिएर नाराबाजि गरेका छन् । तिनले उपत्यका बाहेक पूर्वका जिल्लापनि बन्द गरेका छन् । निर्वाचनको मुखैमा यसरि बन्द गरेर निर्वाचनको बहिस्कारको आव्हान थाल्दा निर्वाचनलाई प्रभाव पार्ने देखिन्छ । तिनले रेग्मी सरकारको बहिर्गमन र गोलमेच सम्मेलन गरेर राजनितिक पार्टीहरुकै तर्फबाट सरकार बनाई निर्वाचन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन थालेका हुन् । आजको बन्दपनि मूल्यब्रिद्दिको बिरोध र त्यसैका लागि हो ।

(फोटो- डिबी आङबुङ लिम्बु)

तपाइँको प्रतिक्रिया