छुट्टै एन आर एन गठनकालागि गोप्य बैठक, २५ देशमा अलग्गै गठन हुने
गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) अब विश्वब्यापि रुपमै फुट्ने निश्चित जस्तै बनेको छ । अब छुट्टै एन आर एन गठन हुँदै छ । त्यसको लागि केहि गोप्य बैठक भएका छन् । बैठकहरु स्काईपमा गरिएको छ । एन आर एनको अन्तर्राष्ट्रिय सम्मेलन यहि अक्टोबर महिनामा काठमाडौंमा हुन लाग्दा छुट्टै एन आर एन गठनकालागिपनि तिब्र भएको हो । खासगरि बर्तमान एन आर एन ले बिदेशका नेपालीको हक र हितलाई सुरक्षित गर्न नसकेको । आर्थिक अनियमितता गरेको । बिदेशका नेपालीको हकलाई भन्दा राजनितिलाइ बढि प्राथमिकता दिएको । आदिबासी जनजाति, अछुत, मधेशी र अन्य पछाडी परेका वर्ग, महिलाहरुलाई बेवास्ता गरेकाले त्यसलाई टक्कार दिँदै अर्को एन आर एन गठन गर्न लागिएको हो ।
छुट्टै एन आर एन गठनकलागि अस्ति बुधाबारपनि स्काईप बैठक बसेको थियो । त्यसमा करिब २५ जना सहभागि थिए । पहिले एन आर एन अन्तर्राष्ट्रिय समिति गठन गरिहाल्ने कि रष्ट्रिय एन आर एन हरु (देश देशका एन आर एन कमिटी) गठन गर्ने भन्ने बैठकमा छलफलहरु भएका छन् । तर्कहरु बिभिन्न तरिकाले गरिएको छ । केहिले अन्तर्राष्ट्रिय कमिटी गठन गरेर राष्ट्रिय कमिटीहरु गठन गर्नुपर्ने तर्क गरेका छन् भने केहिले जुन जुन देशमा एन आर एनको समस्या बढि देखिएको छ, अलग्गै एन आर एनको अलगि तयार देखिएका छन् त्यहाँ तत्कालै गठन गर्ने र फैलाउँदै लगेर पछि अन्तर्राष्ट्रिय कमिटि गठन गर्नुपर्ने तर्क गरेका छन् ।
अहिलेसमम भएको छलफलमा नाम यहि राख्ने भन्ने टुंगो लागेको छैन । फरक फरक सहभागिले नामका विषयमा अनेक प्रस्ताब गरेका छन् । तर भेलामा जुन जुन देशमा संभव छ तत्कालै अलग्गै एन आर एन गठन गर्नुपर्ने विषयमा अधिकांश सहभागि सहमत देखिएका छन् । अब जर्मनी, बेलायत, अष्ट्रेलिया, पोर्चुगल, बेल्जियम, ईटाली, स्पेन, अमेरिका, जापान लगायतका देशमा तत्कालै गठन गर्ने बताइएको छ । बेलायत, पोर्चुगल, बेल्जियम, कोरिया, कतार, जर्मनीमा भित्रि रुपमा समिति गठन भैसकेको छ । बेलायतमा महेन्द्र कँडेलको नेत्रित्वमा समाबेशी एन आर एन गथन गरेर तयार पारिएको छ । जर्मनीमा त्यहि अवस्था छ । जर्मनीको त झन बिभिन्न शहरमै एन अर एनका प्रतिनिधी चानिसकिएको छ र केहि ठाउँमा नामहरु संकलन हुँदै छ । अहिले तत्कालै २५ देशमा गठन गर्न संभव भएको आँकलन गरिएको छ ।
यसरि हुँदै छ नेत्रित्व
सहभागिहरुले नेत्रित्वमा मारापिट, तानातान र समाबेशी नगराउनुनै अहिलेको बिबादको एक मुख्य कारण रहेको मूल्यांकन गरेका छन् । त्यसैले नयाँ एन आर एनको नेत्रित्व र कार्य समितिलाई समाबेशी बनाउनुपर्ने चर्को आवाज उठेको छ । त्यसैमा ग्रिहकार्य गरिने भेलामा सहभागिले नेपालप्लसलाई बताएका छन् । उनीहरुले जर्मनी र बेलायतबाट समाबेशी सामनान्तर एन आर एन गठन हुने बताएका छन् । त्यो समाबेशी एन आर एनको ढाँचा यस्तो हुने छ ।
पहिलो कार्यकाल
अध्यक्ष : जनजातीबाट
उपाध्यक्ष : दलितबाट
महासचिब : बाहुन-क्षेत्रिबाट
दोश्रो कार्यकाल
अध्यक्ष : बाहुन-क्षेत्रिबाट
उपाध्यक्ष : जनजातीबाट
महासचिब : दलितबाट
तेश्रो कार्यकाल
अध्यक्ष : दलितबाट
उपाध्यक्ष : बाहुन-क्षेत्रिबाट
महासचिब : जनजातीबाट
बिदेशमा मधेशीहरुको उपस्थिति न्यून रहेको अवस्था भएपनि सकेसम्म मधेशी लगायत अल्प-संख्यकहरुको समावेशितालाई मध्य-नजरमा राखिने छ । सकेसम्म सबै जातजाति, समूदाय र महिलाबाट प्रतिनिधित्व गराइने छ । राजनितिक दलमा लागेपनि स्पष्ठ, ईमान्दार र कसैको पक्ष बिपक्षमा नलागेकाले पछादि परेका, हेपिएका, कारवाही गरिएका सक्षमलाई कुनै न कुनै भूमिकामा ल्याएर सम्मानितसाथ राख्ने योजनापनि बनाएका छन् । अहिले कतिपय देशका एन आर एनमा ब्यापक भ्रस्टाचार, अनियमितता र पारदर्शी काम भएकाले त्यसलाई कडाईकासाथ पारदर्शी गरिने बताइएको छ ।
तर समाबेशी समूहमा सकेसम्म अक्टोबरमा हुने एन आर एन अन्तर्राष्ट्रिय सम्मेलनमापनि आफ्नो तर्फबाट बलियो उमेदवारि दिएर बिजयीहुनुपर्छ भन्ने तर्क गर्नेपनि छन् । केहिले त्यहि दिन समाबेशी समूहको अर्को एन आर एन गठन गर्नुपर्छ पनि भनेका छन् । केहिले भने अहिलेनै तत्कालै अन्तर्राष्ट्रिय कमिटि गठन गरेर राष्ट्रिय समितिहरु गठन गरि अक्टोबरमै भेला गर्नुपर्ने तर्क गर्नेहरुपनि छन् । तर न्युनतम सहमती केमा छ भने अहिले संभव भएका अकरिब २५ देशमा तत्कालै नयाँ गठन गर्ने । तिनको भेला गरिहाल्ने । नयाँ समितिले एन आर एनको अर्कमण्ड्यताकै कारण एन आर एन दर्ता हुन नसकेको भन्दै नयाँ एन आर एनलाई छिटो दर्ता दर्ता गरेर आधिकारिता लिनुपर्ने आवाज पनि उठेको छ ।
नेत्रित्व कसले गर्ने ?
नयाँ अन्तर्राष्ट्रिय समितिको नेत्रित्वमा धेरैले एन आर एन प्रमुख संरक्षक देवमान हिराचनलाई प्रस्ताव गर्नुपर्ने बताएका छन् । हिराचनलाई मनाउन सकिने धेरैको तर्क छ । यदि हिराचनले नमानेमा केहिले टेण्डि शेर्पालाई उठौअनु पर्ने तर्क गरेका छन् । त्यो नभए अन्य बिकल्प खोज्ने भनिएको छ ।
यो हो जर्मनीको बैकल्पिक समाबेशी एन आर एन समिति
जर्मनीमा अध्यक्ष -बिजय मोक्तान,उपाध्यक्ष -दाबा शेर्पा वा आ इसिसि सदस्य र पुष्प थापालाई सचिव वा उपाध्यक्ष बनाउने योजना छ । बाँकि पदमा छलफल भैरहेको छ ।
Hamburg :
१. दावा सेर्पा
२. सरोज श्रेष्ठ
३. प्रेम पोमु
४. नारायण श्रेष्ठ
५. निमान्सु सेर्पा
६. लाल बा .गुरुङ
७. पासाङ्ग डेण्डि
८. श्रीमती छिरिंग राई
९. गंगालाल श्रेष्ठ
१०. विजय साही
११. चिरन श्रेष्ठ
१२. निलप बराल
१३. श्रीमती सानु श्रेष्ठ
१४ बिपिन श्रेष्ठ १५ सुरेन्द्र श्रेष्ठ
Münster :
१. लब थापा
२. तारा थापा
३. प्रकाश लोहनी
४. सेर बाहादुर तुम्बापो
५. श्रीमती सान्ति श्रेष्ठ
Essen :
१. श्रीमती निलु पौड्याल बोयारा
२. सुरेन्द्र श्रेष्ठ
३. धिर ना राई
४. अरुण मनान्षर
५. दयाराम पौड्याल
Gelsenkirchen
१. श्रीमती सरिता आचार्य
२. हरि अर्याल
३ डोमा धेर्पा
४ राम बा राई
Herne :
१. विजय मोक्तान
२. प्रकाश शर्मा
३. रबि महर्जन
Oberhausen :
१. पन्च रत्न घिमिरे
२. प्राप्ति घिमिरे
Lübeck:
१. सुस्पी घोल्सेन
München :
१. सेकराज सुनुवार
२. विजय श्रेष्ठ
३. सन्चमान जबेगु
४. मधुलाल न्यौपाने
५ होम नाथ ढकाल
६ बिनोद तिवारी
Frankfurt :
१. सेर बहादुर सुनार
२. सानु गुरुङ
३ मोहन अर्याल
४ रमेश सिवाकोटी
५ सेर बा सुवारा
६ सानु गुरुङ
७ किरण कन्वर
८ विजय गुरुङ
Berlin :
१. मनोज भण्डारी
२. सोनाम गुरुङ
3. बसन्त पाण्डे
ब्रेमन
१ बेल गुरुङ
२ मिलन पन्थ
३ सुमन पोख्रेल
४ दीपक अधिकारि
Student :
१. सन्जिब शिंह । “अहिले सम्म जामा ५६ जनाको नामावली संकलन भयो । यसलाई कसरि अन्तिम नामावली बनाउले सल्लाह र सुझाब दिनु होला । र तपाई हरुको कोहि नाम समावेस गर्नु पर्ने भए कृपया पठाउन अनुरोध गर्दछु” भन्दै अनुरोध गरिएको छ ।




