राजनितिबाट मुक्त एनआरएन भन्ने अनि राजनितिक निर्णय गरेर आउने ?

महेन्द्र कँडेल / बेलायत

mahendra kandel-uk-2एनआरएन बेलायत फुटाउन लाग्नु भयो भन्ने मलाई आरोप लगाइएको छ । म त्यो आरोपलाई खारेज गर्दछु । एनआरएन बेलायत फुटाउन खोज्ने को को हुन भन्ने बिषयमा अव बेलायतका नेपालीहरुबिच छिपेको छैन । मैले कुनै चुनाबी भेटघाटमा एनआरएन संस्थाको बिरुद्ध बोलेको भए ति आरोप लगाउनेहरुलाई प्रमाण दिनको लागी चुनौति दिन्छु । आजका मितीसम्म म एनआरएन बेलायतलाई सबै बेलायतबसी नेपालीहरुको एनआरएन बनाउन प्रयासरत छु ।

मैले एनआरएन बेलायतलाई कसरी सबै बेलायतबासी नेपालीहरुको साझा बनाउन सकिन्छ भनेर गत चुनावमा बर्तमान अध्यक्ष कुल आचार्यलाई समर्थन गरेको हुँ । मलाई के लागेको थियो भने एउटा हिउँदले जाडो जाँदैन भने झै अर्को कार्यकालमा मेरो पालो आउँछ भनेर एक पटक आफुले मिलेर जाने संस्कार बसाएपछि यो प्रकृयाले निरन्तरता पाउने छ । आउने कार्यकालमा कम्तिमा अहिलेका कार्य समितीकासाथिहरुले यो पद्धतीमा अडिक रहनु हुनेछ भन्ने लागेको थियो । तर यहाँ ठिक उल्टो भयो । बेलयतका संपुर्ण संघ सस्था र जनता एनआरएन सबैको साझा भन्ने बिषयमा चिन्तित रहेको पाईयो । तर एनआरएन कार्यसमितीका सदस्यहरु नै एक बिरुद्ध अर्को भिडाउने र जसरी हुन्छ महेन्द्र कँडेललाई हराउने भन्ने एक सुत्रिय अभियानमा लाग्नु भयो । यो एनआरएन बेलायतकोलागी बिड्म्वना हो ।

मेरो मुख्य माग भनेको निर्वाचन समिती भङ्ग गरेर संपुर्ण संघ संस्थाको प्रतितिनिधी रहने गरी बिश्वसिलो निर्वाचन कमिटी निर्माण गरौं भन्ने हो । निर्वाचन कमिटी बनाउँदा अध्यक्षसंग पटक पटकको बैठकमा मैले यो बिषय निरन्तर उठाउदै आएको थिएँ । हामीहरु के बिषयमा सहमति भएका थियौं भने एनआरएन बेलायतलाई चुनावी प्रकृयाबाट भन्दा पनि बिगतमा जस्तै मिलाएर लैजाने । जव चुनावको प्रकृयानै हुँदैन यो निर्वाचन कमिटी केवल औपचारीकतालाई निर्माण गर्ने हो । तपाई यो बिषयमा किन शकां गर्नु हुन्छ भनियो । फेरी बैठकमा महेन्द्र कँडेल बिवाद मात्र सिर्जना गर्छ । पुरै कमिटीलाई बिश्वास गर्दैन भन्ने बिषयले बिवाद सिर्जना नहोस भनेर मैले बर्तमान निवार्चन कमिटी निर्माणमा सहमति गरेकै हुँ । मैले यहि बिषयमा ध्यान दिन नसकेकै हो ।  मैले झुट बोल्न हुँदैन ।

तर निर्वाचन कमिटीको निर्माण भएको भोली पल्टदेखीनै कार्य समितीका साथिहरुनै अर्को अध्यक्षको उमेद्धारको खोजिमा हिँड्नुभयो । बिगतदेखीको समझदारीलाई लत्याउनु भयो । मेरो भनाई यति मात्रै हो की चुनावमा गईसकेपछी उमेद्धावार जोपनि बन्न सक्छन । तर बिगतको राम्रो पक्षलाई यो कार्य समितीले निरन्तर दिने की नदिने ? बिगतमा मेरा मतदाताहरुलाई मनमा अमिलो बनाएर समझदारीमा एनआरएन चलाउ भनेर मैले गरेको कार्यलाई यो कार्य समितीले निरन्तरता दिने बिषयमा किन अडिन सकेन ? मुख्य समस्या यहिनै हो । यहि बिन्दुबाट समस्याको हल खोजिनु पर्छ ।

महेन्द्र कँडेललाई हजारौं एनआरएन सदस्यहरुले परिवर्तनका विशेष एजेण्डालाई साथ दिएका हुन । केवल सदस्य बन्नकैलागी साथ दिएका थिएनन् । किन बहुसंख्यक सदस्य ढोकामा पुगेर फर्के  ? किन बिश्वास गरेनन् सदस्य बन्नकोलागि  ? यो त सामन्य सदस्यको बिषय हो । यो महेन्द्र कँडेलकोमात्र बिषय होईन । एघार हजारलाई महेन्द्र कँडेलले रोकेर सदस्य बन्नबाट रोकिन्छ ? मात्र के हो भने ति एघार हजारले अहिलेका निर्वाचन कमिटी माथि गरेको शकां हो, अबिश्वास हो । मैले कहिलै नभेटेका सयौं सदस्यहरु निर्वाचन कार्यलयको अगाडी कार्य समितीको बिरोधमा फर्म दर्ता नगरी फर्कनु भएको थियो । किनकी संपुर्ण सदस्यहरु बिगतको परम्परालाई तोड्न चाहान्छन र परिवर्तनको मागलाई महेन्द्र कँडेलले नेतृत्व गरेकाले ब्यक्ति जस्तो बनाईएको हो ।

एनआरएन भित्र बिगतदेखी अहिलेसम्म केहि ब्यक्तिले आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्दै आएको प्रकृयालाई बिघटन गर्दै सम्पूर्ण बेलायतबासी नेपालीको एनआरएनलाई साझा संस्थाको रुपमा बिकास गर्नको लागी मलाई बिश्वास गरेका छन । मैले निर्वाचन कमिटी निर्माण प्रकृया गलत भयो भनेर निरन्तर आवाज उठाईरहेको थिएँ । १७ अगष्टमा सदस्यता दर्ता गर्ने अन्तिम दिन बिहानैदेखी निवार्चन कार्यलय भित्र केहि बिवादहरु देखीयो भनेर मलाई खवरहरु भयो । म लगभग १२ बजे मात्र कार्यालय आएको थिएँ । कार्यलयबाहिर लगभग दुई सयको संख्याले तत्कालिन कार्य समिती र निर्वाचन कमिटीको चर्को बिरोध गरीरहेका थिए । बिवाद यति बढेको थियो कि कार्यसमितीका कुनै सदस्य बाहिर आएर ति सदस्य फर्म लिएर बसेकाहरुको बिचमा आश्वस्त पार्न सकेका थिएनन् । मैले बेलायतको समाजमा उठेको आवाजलाई पनि संबोधन गर्नुपर्ने थियो । ति आवाजलाई मैले बेवास्ता गर्न सक्ने पक्षमा थिईन । चाहे ति मेरा पक्षमा हुन वा बिपक्षमा । निर्वाचन कार्यलय भित्र जाँदा बाहिर भन्दा त भित्र झन भद्रगोल रहेछ ।

निर्वाचनमा लड्छु भन्नेहरुनै सदस्यता फर्म चेक गर्ने कस्को पक्षको कती फर्म आयो । कुन नम्वरमा पर्छ भनेर लागत राख्ने काममै तिक्डम । यो सबै खेल महेन्द्र कंडेललाई हराउने हो भन्ने बुझाई भयो । फेरी पनि मैले कमसेकम बिगत देखी प्रस्ताव गरेका साथिहरुलाई निर्वाचन कमिटी राखौं ।  बाहिर देखीएको बिवादलाई पनि संबोधन गरौं भनेपछि पहिला त हुन्छ भनियो । फर्म बुझाउन लाम लागीयो । तर एक छिनपछि निर्वाचन कमिटीको सदस्यले केहि गर्न सकिँदैन । तपाई जे गर्न सक्नुहुन्छ गर्नुस भनेर ठुलो स्वर गरीयो । कार्य समितीका अन्य साथिहरुले भरखरै भएको सहमतिलाई लागु गर्न सक्नु भएन । मलाई मेरा मतदाताहरुले परिवर्तनको एजेण्डालाई लागु गर्नको लागी आफ्नो मतको फर्म दिनु भएको हो । मैले ति मतदाहरुको मतको कुनै ग्यारेन्टि देखीन । र कार्य समितीले म लगाएत बाहिर रहेका अन्य उमेद्धारहरुलाई पनि आश्वस्थ गराउन सकेन । त्यसैले हामीले सदस्यता दर्ता गर्ने क्रमबाट बाहिरिएका हौं ।

सर्वप्रथम त निर्वाचन कमिटी भङ्ग गरेर बेलायत स्थित बिभिन्न सामाजिक संघ संगठनको प्रतिनिधी मुलक निर्वाचन कमिटीको गठन हुनु नै अबको उत्तम बिकल्प हो । त्यो कमिटीले मात्र निर्वाचन धांधलीरहित हुन्छ भन्ने बिषयमा आश्वस्त पार्न सक्छ । समयको परिवर्तनसँगै समाजको आवश्यकता र मागमा पनि परिवर्तन आउँछ । सदस्यता वनाउने प्रकृयाको होडबाजीमा जुन बाटोको बिकास भयो यो संपुर्ण एनआरएन बेलायतको कार्य समितीको असफलता भयो । यो भर्खरै बेलायतको सदस्यता दर्तामा देखिएको समस्या हो । यहाँ भोट हाल्ने मात्रै हैन उमेद्धारी दिनको लागी कुन उमेद्धारले कति पैसा खर्च गर्यो भन्ने गलत कुराले मुख्य ठाउँ पायो । यो बिषयलाई कसरी हल गर्ने भन्ने तिर ध्यान दिने की नदिने ? हो म पनि त्यहि कार्य समितीमा रहेकोले दोषको भागी छु ।  तर प्रकृया त गलत भयो भनेको छु ।

उमेद्धारले पैसा तिरेर सदस्यता बनाउने प्रकृयालाई बन्देज लगाउने बिधी के हो भन्ने बिषयमा छलफल चलाउने की नचलाउने ? एनआरएन सदस्य धेरैमा तिन पाउण्डमा दर्ता गराउन पाउने गरेर लाखौं बेलायतबासी नेपालीहरुको साझ संस्थाको रुपामा बिकास गर्ने मेरो भुमिका रहने छ । बेलायतको एनआरएन सबैको एनआरएन बनाउने भुमिकामा आगामि दिनमा निरन्तर लागीरहने छु ।

पत्रपत्रिकामा मलाई एनआरन सदस्यहरुको पैसा खाएर हिँड्यो भन्ने आरोप लगाएकोपनि पाएको छु । जव परिवर्तनकारीहरु आन्दोलनलाई अगाडी बढाउँछन अनि प्रतिगामिहरुको निद हराम हुन्छ । बरवराउन थाल्छन । समाजलाई भ्रम पार्ने कोषिस गर्छन । बेलायतमा पनि त्यहि भएको हो । महेन्द्र कँडेललाई जुन बिश्वासले बेलायतबासीहरुले आफ्नो सदस्यता फर्म भर्नुभयो त्यो बिश्वास भनेको एनआरएन बेलायतलाई केहि ब्यक्तिको चुगुंलबाट बेलायतबासी नेपालीहरुको साझा बनाउने भन्ने मत थियो । अधिकांस मेरा मतदाताहरुले यदि हाम्रो मतको सुरक्षाको ग्यारेन्टि हुँदैन भने हाम्रो मत हामीलाईनै फिर्ता गर्नुपर्छ भन्ने माग पनि थियो । मैले त्यहाँ मतदाताको सुरक्षा देखिन र मतदातालाई फर्म नबुझाउनु भनेको हो । अहिले किन त्यत्रो दस हजार मतदाताको भावाना माथि खेलवाड गरीयो भनेर एनआरएन कार्य समितीलाई सोधीरहेका छन । दस हजार मतदातालाई तिमीहरु एनआरएन होईनौं भनेर कुनै निर्वाचनको नाटक गरीन्छ भने बाहिर रहेको मत र आवाजको नेतृत्व मैले गर्नुपर्छ ।

जहाँसम्म पैसा खायो भन्ने आरोप छ । म त हरेक दिन ति साथिहरुसंग अन्तर्क्रियामा छु । मैले फर्म नबुझाउनाका कारणहरुका बिषय मै अन्तकृयामा छु । कसैले पनि पैसाको बिषय त उठाएकानै छैनन् । यो कुन प्रकृयाबाट फर्म बुझाईयो र बुझाउने प्रकृयामा थिए भन्ने बिषयमा सबै ज्ञाता नै छन । त्यसैले पैसाको बिषय उठाएर भ्रम पार्न खोजिन्छ भने बेलायतबासी नेपालीहरुले तिनीहरुको जवाफ दिने छन ।

महेन्द्र कँडेलले उठाएको माग बेलायतबासी नेपालीहरुको माग हो । आज एउटा महेन्द्र कँडेल यो मागबाट भाग्यो भने अरु महेन्द्र कँडेलले यो मागलाई उठाउने छन । मुख्य कुरा मैले उठाएको बिषय बस्तु ठिक छ कि छैन भन्ने हो । मैले उठाएको बिषय एक दिन एनआरएनले अबलम्वन गर्नुनै पर्छ । जवसम्म मेरो माग एनआरएन भित्र लागु हुँदैन । यो दुई बर्षको कार्य समिती बन्छ । सकिन्छ । फेरी अर्को आउँछ । तर संपुर्ण बेलायतबासीको एनआरएन हुनै सक्दैन । किन बेलायतबासी नेपालीले आफ्नै हितकोलागी एनआरएन हो भनेर स्वीकारेको छैन । सदस्यता फर्म भर्दा सदस्यहरुले के बिषय उठाए भन्ने बिषयमा छलफल चलाउनुपर्ने जरुरी छ ।  मैले उठाएको आवाजले बेलायत मात्र नभएर अरु देशहरुमा पनि बहस सिर्जना गरेको छ । एनआरएन साझा हो की समस्या हो भन्ने पनि गरेका छन ।

एनआरएनले संपुर्ण संघ सस्थाहरुलाई बिबादमा होमिदिएको छ । अव केन्द्रमा पनि यो बिषयमा छलफल चलेको छ । सायद एउटा निश्चित बिधीको बिकास भएरै छाड्ला । चुनावबाट त हामी भागेका छैनौं । हामी त संपुर्ण बेलायतबासी चुनावमा सहभागी हुने बातावरणको सृर्जना गरौं भनेका छौं । अव हुने प्रकृयालाई रोक्नुपर्ने भन्ने लाग्दैन । किनकी दस हजार मानिस सदस्य हुने प्रकृयाबाट बाहिर बसेर संपुर्ण प्रकृया बन्द गरीदिनु भएको छ । अव बन्द भएको प्रकृयालाई निश्चित बिधी बनाएर सुरु गर्नु पर्छ ।

कसैले कसैलाई भोलि टिको लगाएर अध्यक्ष भईस भन्दैमा हुँदैन । यदि वनाईयो भने पनि बेलायतको समाजले मान्ने छैन । अहिलेको निर्वाचन कमिटीलाई त दशौं हजार सदस्यले बहिस्कार गरीसक्यो । यो त सबैले बुझेको बिषयनै हो । ति सदस्यलाई तिमीहरु सदस्य होईनौ भन्छन भने हामी हाम्रा सुभचिन्तकको बिचबाटै सबै कार्यक्रम बनाउने छौं ।

मलाई केहि केहिले बेलायतको माओबादीको नेता हो भन्छन । मैले सांचो बोल्नु पर्छ । बिगतमा मेरो पृष्टभूमि बामपन्थी नै हो । म परिवर्तनको पक्षमा आवाज उठाउने ब्यक्ति भएकोले नेपालमा माओबादीले लिएको कार्यनितीले नेपाललाई अगाडी बढाउँछ भनेर मैले समर्थन गरेको हो । जव म ब्यवसायतर्फ बढी समय दिन थालें अनि सामजिक काममा रुचि बढ्दै गयो । विशेषत एनआरएनमा आए पछि मैले आफुलाई सामाजिक रुपमा परिवर्तन गरें । हिजोका दिनमा राजनैतिकरुपले निकट साथिहरुसंग मेरो घनिष्टता कायमै छ । नेपालको राजनैतिक बिषयमा छलफल र बैचारीक बहस माओबादीका सथिहरुसंगनै हुने हुनाले माओबादी निकट देख्नुमा म अन्यथा ठान्दिन । तर म नेता चांहि होईन ।

मैले बिगत देखी उठाउदै आएको बिषयमा जनजातिका साथिहरुले उठाउनु भएको बिषयमा अहिले एकता भएको हो । त्यसैले हामी उठाएको बिषय मुख्य हो । यो जनजातिका साथिहरुले मात्र नभएर बिभिन्न राजनैतिक पार्टीका संगठनहरुले पनि उठाएको बिषय हो । यहि बिषयको वरीपरी बेलायतभरी रहेका संपुर्ण सामाजिक संघ सस्था र राजनैतिक पार्टीका संगठनहरुसंग कार्यगत एकता हुन सक्छ । यो कुनै नौलो बिषय हो भन्ने मलाई लाग्दैन । एनआरएनका सदस्यहरु कसरी एनआरएन बेलायतमा हाबी हुने कोशिस गर्दै छन भन्ने बिषयमा हामीसँग प्रशस्त प्रमाणहरु छन । राजनैतिक पार्टिको बैठकले निर्णय गरेर कुन पदमा को को एनआरएनमा पठाउने भनेर निर्णय गरेर पठाउँछन । अव भन्नुहोस राजनितिबाट मुक्त एनआरएन भन्ने अनि राजनितीबाट निर्णय गरेर आउने यो कसरी मिल्यो ? अनि ति साथिहरुनै राजनिती भयो भन्ने । यदि म कुनै संगठनको निर्णयबाट अध्यक्षको प्रत्यसी भएको प्रमाण लिएर आउन ति साथिहरुले चुनौति दिन्छु ।

अहिले उठेको बिषय भनेको समाजलाई कसरी एकता बनाई राख्ने भन्ने हो । बेलायतको सवालमा जनजातिको समस्या मुख्य हो । जनजातिलाई भोट बैंकका रुपमा बुझ्ने जुन समस्या छ त्यो बिषयमा जनजातिले आफ्नो माग राख्न नपाउने ? प्रकृयामा भएको त्रुटि सच्याउने कि भाग्ने ? अहिलेको समस्या उत्पन्न भएपछि म आठ दस वटा अन्तकृयामा सहभागी भईसकेको छु । तर अरु साथिहरु कता हुनुहुन्छ ? संपुर्ण जनजाति र संघ संगठनलाई बाहिर राखेर कस्तो एनआरएन बनाउन खोज्दै हुनुहुन्छ ?

(क्रान्तिकारि पत्रकार संघ युरोपका संयोजक दधीराज घिमिरेले लिएको अन्तर्वार्ताको मुख्य अंशलाई संपादनसहित लेखका रुपमा प्रस्तुत गरिएको । कँडेल एन आर एन बेलायतका उपाध्यक्ष हुन् )

 

 

 

तपाइँको प्रतिक्रिया